Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

मानवअधिकार शिक्षा अभियानको दोस्रो चरण अन्तर्गत जिल्लाका सात स्थानमा कार्यशाला गोष्ठी सम्पन्न

         ||   40 Views   ||   Published Date : 19th April 2018 |

धमाका संवाददाता
वैशाख ५,दैलेख
दैलेख जिल्लाका विभिन्न सात स्थानमा दोस्रो चरणको मानव अधिकार शिक्षा अभियान सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दैलेख द्धारा संचालित मानव अधिकार र आत्म सम्मानका लागि सामुहिक आवाज परियोजना लागु भएका जिल्लाका सात स्थानमा दोस्रो चरणको अभियान अन्र्तगत वडा स्तरीय मानव अधिकार शिक्षा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । आवाज परियोजनाको दोसो चरण अन्र्तगत दुल्लू नगरपालिका वडा नम्बर ११ कालभैरब,वडा नम्बर १३ मालिका,नारायण नगरपालिका वडा नम्बर ११ विन्ध्यावासिनी , भगवतीमाई गाउपालिका वडा नम्बर ७ बडाभैरव, महाबु गाउ“पालिका वडा नम्बर २ बडाखोला, वडा नम्बर ३ बासी र वडा नम्बर ४ रानिवनमा मानव अधिकार शिक्षा अभियान अन्र्तगत वडा स्तरिय मानव अधिकार शिक्षा कार्यशाला गोष्ठी संचालन भएको हो ।

२०७४ चैत ३० गते बाट सुरु भएको दोस्रो चरणको मानव अधिकार शिक्षा अभियान २०७५ बैशाख ३ गते सम्पन्न भएको बताइएको छ । वडा स्तरीय मानव अधिकार शिक्षा कार्यशाला गोष्ठीमा मानव अधिकारका सिद्धान्त,मानव अधिकारको वर्तमान अवस्था,मानव अधिकारका सुचकका साथै जातिय विभेद र लैगिंक विभेदका बारेमा छलफल भएका थियो । दोस्रो चरणको मानव अधिकार शिक्षा अभियान अन्तरगत भएका वडा स्तरीय मानव अधिकार शिक्षा कार्यशाला गोष्ठीमा राजनितिक दलका प्रतिनिधि,सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि महिला संजाल,मानब अधिकार पैरवी संजालका सदस्य लगायतको सहभागिता रहेको थियो । आवाज परियोजनाका सामाजिक परिचालक लोकेन्द्र विश्वकर्मा र मिना भण्डारीले सहजीकरण गर्नु भएको कार्यशाला गोष्ठीको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दैलेखका अध्यक्ष रेशम विश्वकर्मा र आवाज परियोजनाका जिल्ला कार्यक्रम संयोजक चित्र विश्वकर्माले अनुगमन गरेका थिए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com