Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

विद्यालय मर्ज गर्ने भगवतीमाई दैलेखको पहिलो गाउँपालिका १२ विद्यालय गाभिए ८१ शिक्षक रिक्त

         ||   99 Views   ||   Published Date : 17th April 2018 |


बिष्णु शर्मा
वैशाख ३ दैलेख


दैलेखको भगवतीमाई गाउँपालिकाले जिल्लामै पहिलोपटक १२ वटा विद्यालय मर्ज गरेर पहिलो गाउँपालिका बन्न सफल भएको छ । निजी क्षेत्रमा शिक्षक राख्ने, आफ्ना मान्छेलाई जागिर खुवाउन विद्यालय संचालन गर्ने बिगतको प्रचलन तोड्दै भगवती माई गाउँपालिकाले १२ वटा विद्यालयलाई बिभिन्न स्थानमा समायोजन गरेको छ ।
गाउँपालिकाको शैक्षिक अवस्था सुधार सँगै शिक्षा क्षेत्रमा भएको फजुल खर्च रोक्ने अभियान अन्र्तगत विद्यालय मर्ज गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए । विद्यालयको दुरी, शैक्षिक अवस्था, विद्यार्थी र शिक्षकहरुको अवस्थाको बारेमा गहन अध्ययन, छलफल र बहस पश्चात विद्यालय मर्ज गरिएको हो ।
गाउँपालिकाद्धारा गठिन शैक्षिक सुधार कार्यदलको प्रतिवेदनलाई आधार मानेर स्थानीय सरकार संचालन एने २०७४ को दफा ११ (ज) २ तथा भगवतीमाई गाउँपालिकाको शिक्षा ऐन २०७४ को दफा (१०) को उपदफा १ बमोजिम विद्यालय मर्ज गरिएको हो ।
मर्ज हुने विद्यालयहरुमा ः १ देखि ३ सम्म संचालिन आधारभूत विद्यालय भगवती वगौरालाई शरस्वती मा.वि. गन्ममा गाभिएको छ । १ देखि ५ सम्म संचालन भएको रानीचौर विद्यालयको ४ र ५ कक्षा जनता मा.वि. रुपमा गाभिएको छ । १ देखि ५ सम्म संचालन भएको नेरामावि चिउरालाई जनता मावि रुपमा गाभिएको छ । १ देखि ८ सम्म संचालन भएको कुल्सेबुंचीलाई १ देखि ५ सम्म राखिएको छ ६ देखि ८ लाई कालिका मा.वि. डौरी मन्घरमा गाभिएको छ । सरस्वती आधारभूत विद्यालय कैलाशडाँडामा रहेको १ देखि ५ सम्मको विद्यालयलाई १ देखि ३ सम्म कायम गरिएको छ । ४ र ५ लाई तप्लुगंमा गाभिएको छ । गाउँपालिका भरिका १२ विद्यालय गाभिएको हो । गाभिएका विद्यालय मध्येका शिक्षकहरुलाई समेत सोही अनुसार समायोजन गरिएको छ । निजी स्रोतबाट विद्यार्थी पढाएका ८१ जना मध्ये बिषयगत आधारमा पुनः परीक्षा लिएर केहीलाई मात्र राख्न सकिने गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिएका छन् । प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर बुढाले भने विद्यार्थी न्यून भएका विद्यालयहरुमा शिक्षक तलव लगायत भौतिक पुर्वाधारमा हरेक बर्ष लाखौं रकम खर्च हुने र उपलब्धि न्यून देखेपछि गाउँपालिकाले ४ महिनादेखि विद्यालयको गोप्य अनुसन्धान गरेको र प्राप्त नजिताका आधारमा सर्वदलिय बैठक आयोजना गरेर समस्या समाधानका लागि विद्यालय गाभ्ने काम सुरु गरिएको बताए ।
भर्खरै सम्पन्न भएको कक्षा ८ को नजिकाको मुल्याँकन गर्दा शैक्षिक अवस्था निकै नाजुक भएको प्रारम्भिक नजिता प्राप्त भएपछि गाउँपालिका भित्रका सवै विद्यालयका शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, राजनीतिक दल, गाउँ शिक्षा समिति, नागरिक समाज सवैसँग चरणबद्ध छलफल र बहस पश्चात १२ वटा विद्यालय मर्ज गरिएको अध्यक्ष थापाले बताए । बिद्यालय मर्ज गर्दा निजी स्रोतबाट पढाउँदै आएका ८१ जना शिक्षकहरुको जागिर जाने देखिएको छ , धेरै दवाव दिन थालेका छन् । तै पनि आतिएको छैन् , गाउँको शिक्षा, स्वास्थ्य, पुर्वाधार बिकासमा कडाई नगरे गाउँपालिकाको बिकास संभव नभएको ठहर गाउँसभाले गरिरसकेको छ । सोही अनुसार अगाडी बढेका छौं थापाले भने ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com