Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

दैलेखको पर्यटन विकासका लागि हाम्रो अभियान निरन्तर चलिरहन्छ

         ||   85 Views   ||   Published Date : 16th April 2018 |

दैलेखको इतिहास नबुझेर पनि होइन, दैलेखको इतिहास नभएर पनि होईन, दैलेखको ऐतिहाँसिक मौलिकतालाई हामिले परिचय गराउन नसकेर मात्र हांै दैलेख पछाडी परेको । हुँदै नभएका स्थानहरुमा अहिले मानव निर्मित पर्यटकिय क्षेत्रहरु निर्माण भएका छन् । जसको महत्व धेरै बनाइएको छ । लाखौं पर्यटकहरु मानव निर्मित क्षेत्रहरुमा आएर मनोरञ्जन लिइरहेका छन् । हामी सँग अथाह संभावना छ, अथाहा संभावना भएकै कारण दैलेख पछाडी परेको छ किनकी अथाहा संभावनाहरुलाई एकै पटक बिकास गर्न कुनै हालतमा पनि सकिदैन् । हामी सँग एउटामात्र कमजोरी भएको छ । त्यो कमजोरी भनेको पर्यटन बिकासमा कनिका छराई मात्र भएको छ ।


योजनाबद्ध रुपमा पर्यटन बिकासका लागि न त अहिलेसम्म पूर्वाधार विकास भएको छ नत अहिले सम्म बाटोघाटो नै राम्रो बनेको छ । शिरिस्थान पुग्ने पर्यटकहरुका लागि गाधि घर छैन्, सवै पर्यटकहरु खर्चिला हुन्छन् भन्ने पनि छैन्, कतिपय धार्मिक पर्यटकहरुका लागि धार्मिक स्थलहरुमै बासको व्यवस्थापन हुनुपर्दछ । यस्ता समान्य कुराहरुको समेत अहिलेसम्म बिकास हुन सकेको छैन् । अथाहा संभावनाभित्र कुन महत्वको हो र त्यसलाई कसरी विकास गर्ने भन्ने तर्फ अहिलेसम्म कसैको एकमत देखिएन्, बिगत देखि चलेको क्षेत्रिय राजनीति दैलेखको पर्यटनमा पनि हावी भएको छ । क्षेत्र नं. १ र क्षेत्र नं. २ भन्ने भित्रि सोचका कारण दैलेखको बिकास हुन नसकेको स्पष्ट देखिएको छ । चाहे त्यो पर्यटनमा होस् चाहे त्यो बाटोमा होस् चाहे त्यो शिक्षा वा स्वास्थ्य सवै क्षेत्रमा क्षेत्रिय राजनीतिक नदेखिने ढंगले घुसेका कारण केवल खुट्टा तान्ने बाहेक राम्रो कामलाई साथ र सर्मथन दिने काम अहिलेसम्म भएको छैन् ।
यती मात्र हैन् नेतृत्वमा पहुँच पुग्न नसकेका कारण पनि दैलेख अहिलेसम्म अन्यौलमै देखिएको छ । जस्तो परिस्थिती छ, त्यसैमा राम्रो गर्नुपर्छ भन्ने सोचको बिकास हुनुपर्दछ, क्षेत्रका पर्यटकिय क्षेत्रहरुमा योजनाबद्ध बिकास हुनुपर्दछ भन्दै राम्रो कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्दै निरन्तर खवरदारी गर्ने हाम्रो अभियान चलिरहने छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com