Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

५५ बर्षे जयबहादुर सुनार कक्षा १ मा भर्ना नयाँ भर्नाहुन आउने विद्यार्थीलाई एक वर्षको तिरो निःशुल्क र एक हजार बोनस

         ||   52 Views   ||   Published Date : 16th April 2018 |


धमाका संवाददाता
वैशाख २, दैलेख


५५ बर्षे जयबहादुर सुनारका दारी र जुँगा फुलिसकेका छन् । कक्षा १ मा नाम लेखाइसकेपछि उनलाई जुँगा र दारी काटेर विद्यालय आउनुहोला भनेर शिक्षकहरुले सुझाव दिए । नाम लेखाईसकेपछि “गाडखोलामा रोपाँई भयो अर्नि लैजाऊ खेत, ५५ वर्षको भएँ बल्ल आयो चेत, भन्दै गित पनि गाए ।”
एक महिना अघि कोहलपुर उपचार गराउन गएका उनले अस्पतालको नाम चिन्न सकेनन्, मोवाईल नम्बर भए पनि डायल गर्न सकेनन्, अलपत्र परेंपछि बल्ल सोचे पढाईको निकै महत्व रहेछ । ४ भाई छोरा र २ बहिनी छोरी छन् चार पाँच कक्षा सम्म बढें त्यसपछि माथि पढ्न सकेनन्, अहिले नातिनीको नाम कक्षा १ मा लेखाउने तयारी भएको थियो आफुपनि नातिनीसँगै पढ्ने सोच बनाएँ र नाम लेखाएँ ।
आईतबार नारायण नगरपालिका २ जाहारकोटमा रहेका ३ वटा विद्यालयहरुले सामुहिक रुपमा भर्ना अभियान संचालन गरिरहँदा नाराजुलुस सहित लाईनमा भर्ना अभियान सफल पार्न हिडेका ५५ बर्षे जयबहादुर सुनारलाई नारायण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रेशमबहादुर थापाले खड्क प्रा.वि.मा कक्षा एकमा नाम लेखाई दिएका छन् ।
नारायण नगरपालिका वडा नं. २ मा रहेको जनता माध्यामिक विद्यालय कोटथाप्लामा निजि विद्यालयमा अध्ययन गर्ने १५ जना र अन्तर विद्यालयका ३६ जना गरि ५१ जनाले आईतबार नयाँ भर्ना गरेको विद्यालयका प्र.अ. रोशन रापकोटाले जानकारी दिएका छन् ।
आसपासका सरकारी विद्यालयहरुको एकताले प्रयास सफल ः
एउटै वडामा रहेका र दुरी नजिक रहेका सरकारी विद्यालयहरुमा आपसी समझदारी कायम नभएका कारण आफ्नो विद्यालयमा कक्षा सकाएका विद्यार्थीहरु कोही निजी विद्यालय त कोही पाएक पर्ने अर्को विद्यालयमा जाने गर्दथे तर नारायण नगरपालका २ जाहारकोटले भने यो वर्ष वडा भित्र रहेका विद्यालयहरुका लागि सहजता कायम गर्दै वडा भित्रैका पाएक पर्ने सरकारी विद्यालयमै नाम लेखाउने अभियान संचालन गरेपछि भर्ना अभियान प्रभावकारी भएको वडा अध्यक्ष रेशम थापाले बताए ।
नारायण नगरपालिका वडा नं. २ भित्र रहेका ५१ जना नयाँ विद्यार्थीहरुले जनता मा.वि. कोटथाप्लामा संयुक्त रुपमा भर्ना भएका छन् । जाहारकोटमा रहेको जनता प्रा.वि.कुसाँडाबाट पाँच पास भएका २६ जना विद्यार्थीहरु र खड्ग प्रा.वि. का पाँच पास भएका १० जना विद्यार्थीहरुले कोटथाप्लामा भर्ना गरेका हुन् । त्यस्तै निजी विद्यालयमा पढाउँदै आएका १५ जनाको पनि सरकारी विद्यालयमा नाम लेखाइएको छ । अभिभावकहरु सहमत भएपछि यस्तो काम थालीएको हो अव पढाईलाई प्रभावकारी र शिक्षकको नियमित उपस्थितीका लागि थप प्रयासहरु सुरु गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश थापाले बताए । यसअघि १ सय ९५ जना विद्यार्थीहरु रहेको विद्यालयमा यो वर्ष भर्ना अभियानलाई प्रभावकारी बनाएर ३ सय विद्यार्थी पु¥याउने लक्ष्य रहेको थापाले बताए ।
नयाँ विद्यार्थीलाई एक हजार बोनस र बर्षभरीको तिरो निशुल्क ः
नारायण नगरपालिका वडा नं. २ वडा अध्यक्ष रेशम थापाले अन्यत्र विद्यालयबाट आउने विद्यार्थीहरुलाई पोसाक किन्न सजिलो होस भनेर १ हजार रुपैयाँ बोनस प्रदान गरिएको र वडा भित्रका अभिभावकहरुलाई १ वर्षको जग्गाको तिरो निःशुल्क गरिएको बताए ।
जिल्लाभर अभियान प्रभावकारी ः
दैलेख जिल्लाभर अहिले अभियानले तीव्रता पाएको छ । स्थानीय सरकारहरु अभियानमा निकै सक्रिए भएर लागेका कारण विद्यालय बाहिरका अधिकाँस विद्यार्थीहरुले नाम लेखाउने संकेत देखिएको जिल्ला शिक्षा अधिकारी बिष्णु अधिकारीले बताए ।
विगतका वर्षहरुमा यस अघि विद्यालयहरु जनता माध्यामिक विद्यालय कोठथाप्लामा भर्ना गरेका छन् भने उनलाई आफु बिरामी हुँदा अस्पतालको नाम नचिनेको र मोवाईलको नम्बर थिच्न नजानेपछि परेको समस्या सम्झिए, अनि विद्यालय भर्ना भए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com