Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

जिल्ला स्तरीय सरोकारवाला टोलीद्धारा बडाखोलामा अनुगमन

         ||   83 Views   ||   Published Date : 16th April 2018 |


धमाका संवाददाता
वैशाख २, दैलेख


महाबु गाउँपालिका वडा नम्बर २ बडाखोलामा मानव अधिकारको अवस्था बारेमा जिल्ला स्तरीय सरोकार वालाहरुको टोलीले अनुगमन गरेको छ । टोलीले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दैलेख द्धारा संचालित मानव अधिकार र आत्म सम्मानका लागि सामुहिक आवाज परियोजना अन्र्तगत वडाखोलामा भएका क्रियाकलाप र मानव अधिकारको अवस्थाको बारेमा अनुगमन गरेको हो । महाबु गाउँपालिका वडा नम्बर २ वडा खोलालाई २०७५ साल बैशाख ११ गते भित्र मानव अधिकार मैत्री वडा घोषणा गर्ने तयारी भईरहेको सन्र्दभमा सरोकारवालाको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले विगत भन्दा अहिले मानव अधिकारको अवस्थामा सुधार भएको, मानव अधिकारका बारेमा नागरिकले खुलेर आवाज उठाउन सक्ने भएको भेटिएको बताएको छ । यस्तै अनुगमन टोलीले वडाखोलालाई मानब अधिकार मैत्री वडा घोषणा कार्यक्रमलाई भव्य र सव्य बनाउन मानव अधिकार पैरवी सञ्जालले गाउँपालिका र जिल्ला समन्वय समिति संग थप समन्वय गर्न सुझाब दिएको छ । अनुगनम टोलीमा निमित्त जिल्ला समन्वय अधिकारी पदम सापकोटा,गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्री,महिला तथा बालबालिका कार्यालयका गिता विसी,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दैलेखका अध्यक्ष रेशम विश्वकर्मा लगायत रहनु भएको आवाज परियोजनाका जिल्ला कार्यक्रम संयोजक चित्र विश्वकर्माले जानकारी दिए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com