Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

समाज परिवर्तनमा धमाका र संचारकर्मीको भूमिका

         ||   58 Views   ||   Published Date : 15th April 2018 |

भिम सिजापती
धमाका राष्ट्रिय दैनिकलाई जन्म दिनको करोडौँ शुभकामना दिन चाहन्छु साथै दैलेखमा मैले देखेका सुनेका र भोगेका केहि विचारहरु यहा राख्न चाहन्छु । वि.सं. २०६२÷०६३ मा भएको दोस्रो जनआन्दोलन पश्चात नेपालमा थुप्रै सञ्चार माध्यामहरु स्थापना भए । संचारमाध्यामका साथै पत्रकारिता पेशामा आउने संचारकर्मी पनि त्यसको अनुपातमा उल्लेख्य मात्रामा आए । तिनै पत्रकार तथा संचारकर्मीले निर्जिव संचार माध्यलाई प्रभावकारी बनाउने काम पनि गरे । संचारकर्मीको जस्तो विचार र दृष्टिकोण छ संचार माध्यम त्यस्तै हुन्छ ।

राष्ट्रिय स्वाधिनता र जनतन्त्रको ग्यारेन्टी गर्नमा संचारमाध्यमको गहन भुमिका हुन्छ । त्यसै अनुरुप धमाका राष्ट्रिय दैनिक पनि अघि वढेको मेरो ठम्याई छ ।
स्वाधिन, स्वतन्त्र सूचना र जनपक्षीय विचारको निर्वाध, निशंकोच प्रवाह बिना राष्ट्रिय स्वाधिनता र लोकतन्त्र अवथा जनतन्त्रको रक्षा सम्वभ हुदैन भन्ने कुराको हेक्का सवैले राख्न जरुरी छ । र यो पनि धमाका दैनिक विगत एक दशक देखी यसैमा रहेको मैले पाएको छु । स्वतन्त्र प्रेसलाई सूचना, संचार माध्यम र प्रविधिका साथै राष्ट्रिय स्वाधिनता, सामाजिक उत्तरदायित्व र नैतिक पक्षको फराकिलो दायराबाट हेर्नुपर्दछ ।
जनताद्धारा निर्मित तथा नियन्त्रित संचारले मात्र वास्तविक रुपमा देश र जनताको समृद्धि र सेवा गर्न संभव हुन्छ । राष्ट्रिय स्वतन्त्रता नभएको पराधिन देशका नागरिकले लोकतन्त्र तथा जनतन्त्रको भोगचल न गर्ने अवसर नै हुदैन । संचारकर्मी र संचार माध्यमको मुख्यध्यये भनेको राष्ट्रियता एकता राष्ट्रिय अनुशासन कायम राख्नु, विधिको शासन असल शासनका लागि जनमत तयार गर्नु, शासन व्यक्ति होइन, विधिको बनाउन खबरदारी गर्नु, राजनीतिलाई देशको समग्र नीतिको प्रधान नीति बनाउनु नै हो । दैलेख जिल्लाको हकमा धमाका राष्ट्रिय दैनिक सँगै दैलेखका क्रियाशिल संचारकर्मीको भुमिका एक कोशेढुंगा नै सावित भएको छ ।
जहां प्रेस स्वतन्त्रता र प्रेस संरक्षण नीति कमजोर हुन्छ, त्यो समाज र रानजीति व्यवस्थामा राष्ट्रिय र लोकतन्त्र दुवै कमजोर हुन्छन् । नेपालको वर्तमान सन्दर्भ केलाउदा संचारकर्मी र संचार माध्यमले व्यवसायिक नैतिकता र पत्रकार आचार संहिताको पालना गरेका छन् । व्यवसायिक पत्रकारिताको नाममा गरिने खाईजीविका मुखि पत्रकारिताले स्वतन्त्रताको नाम स्वच्छता मात्र कायम गर्न सक्दछ । उसबाट राष्ट्रिय दायित्व र सामाजिक जिम्मेवारी, असल क्रान्तिकारी देशभक्त पत्रकारिताको भुमिका पाउन सकिदैन । नेपाली संचारको वर्तमान चरित्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाल र नेपालीको हित गर्न संभव छैन ।
संचारकर्मीको काम सत्ताको दलाली होइन, शासन सत्तामा रहेका खराब प्रवृत्ति नीति, व्यवहार र चरित्रको कडा शब्दमा आलोचना गर्नु नै हो । दैलेख जिल्लाको हकमा धमाका दैनिक र दैलेखका संचारकर्मीले सञ्चार क्षेत्रले क्रान्ति त ल्याएको छ तर साकारात्मक र सार्थक भुमिका निर्वाह गर्न नसकेको हो की भन्ने महसुस भएको छ ।
लोकतन्त्र भनौ वा जन्तन्त्रको एउटा मूलमर्म सूचनाको हक र अभिव्यक्तिको स्वतन्त्रता हो । प्रेस जगत जहिले पछि शासन सत्ताको विपक्षमा, देश र जनताको सर्वाेत्तम हितको पक्षमा दृढतापूर्वक उभिनु पर्दछ । विज्ञापन कसैको दया र निगाह होइन, नैसर्गिक अधिकार हो भन्ने बुझ्नु पर्दछ । पीत पत्रकारिता एउटा अधर्म हो । संचार माध्यमले जनतामा भय र भ्रम छर्नु हुदैन । सत्य र न्यायको निरन्तर वकालत गर्ने संचारकर्मी र संचार माध्यमले देश भित्रको मिलन विन्दुमा रहेर द्धन्द व्यवस्थापनमा सदैव चनाखो रहनु पर्दछ । शासन सत्ता राजनीति व्यवस्थाको राम्रो पक्षको अवलम्बन गर्ने र गलत पक्षलाई निरन्तर औल्याउने प्रवृत्ति विकास गर्नु पर्दछ । जनताको न्यायपूर्ण आन्दोलनमा प्रेस जगतले सदैव सघाउनु पर्दछ । राष्ट्रियता, जनतन्त्र र संचारको सम्बन्धलाई ठिक ढंगले संयोजन गर्नुपर्दछ । दलाल र अवसरवादी संचारकर्मीले कहिले पनि आफ्नो व्यवसायिक नैतिकता कायम राख्न सक्दैन भन्ने लागेको छ ।
देशमा विद्यमान सबैखाले द्धन्द, समस्या, विकृति, विसंगति, भ्रष्टाचार प्रति प्रेस जगत सदैव चनाखो बनेर सुसूचित गर्नुपर्दछ । नागरिकको आवाज जस्ताको तस्तै पस्कनुलाई नागरिक पत्रकारिता भनिन्छ । सामाजिक संजालले लुकेका सबै सूचना बाहिर ल्याउने काम गरेको छ । कहि कतै कसैबाट हुने गरेको ज्यादती हिजो आज संचार माध्यमले तुरुन्त तुरुन्तै प्रकाशमा ल्याउने भएका छन् । ठुला संचार माध्यमका केहि संचारकर्मीले समाचार लुकाउने, सिण्डिकेट भर्ने काम भने अझै जारी छ । संचारमाध्यम जति सशक्त छ, त्यति नै भ्रष्टिकरणको डर पनि छ । संचार माध्यमको जन आवाजलाई राज्यपक्षले, उपेक्षा गर्ने काम जारी नै छ । जति लेखे पनि, जति बोले पनि, शान्तिपूर्ण संघर्ष गरे पनि संघीय लोकतान्त्रिक नेपालको संसद्रुपी व्यवस्थाले ‘हुने विरुवाको चिल्लो पातको संकेत गर्न सकेको छैन ।
संघीय लोकतान्त्रिक गणतन्त्ररुपी संसदीय व्यवस्था यथा स्थितिको निरन्तरता सिवाय केहि हुन नसकेको र संचारमाध्यमले आफ्नो पेशागत धर्मलाई विर्सिएर यस दलाल संसदीय व्यवस्थालाई सघाउनु भनेको छदेश रजनतालाई धोखा दिनु हो । कुनै पनि राजनीति व्यवस्था र संविधान आफैमा खराब हुदैन । पार्टीका नेता तथा कार्यकर्ताले जनताहरुका बीचमा देखाई रहेका चरित्र र कार्यशैलीले देशको आवश्यकता पूरा हुने, जनताको चाहना पूर्ति हुने कुनै लक्ष्ण नदेखेकोले नेपाली प्रेस एक जुट भएर उनीहरु माथि हस्तक्षेपकारी भुमिका नखेल्ने हो भने पत्रकारिता निरर्थक सावित हुनेछ ।
नागरिकको बारेसका रुपमा संचारले राज्यको निगरानी ९धबतअज म्यन० को भुमिका निर्वाह गर्छ नकी ९ीबउ म्यन० को । नेपालमा शक्तिलाई दुरुपयोग गरेर स्वार्थी समुहहरुले ठुलो भ्रमको खेती गरी रहेका छन् । विश्वका शक्तिशाली संचारले विश्वभरी भाषा र संस्कृति माथि अतिक्रमण गरिरहेका छन् । दैलेख जिल्लाको हकमा धमाका दैनिक र दैलेखका संचारकर्मीले पनि यो कार्य गर्न जरुरी रहेको छ ।
ठुला र राष्ट्रिय स्तरका भन्दा साना आकारका र स्थानीय स्तरका संचार माध्यामले निर्भिक, स्वतन्त्र, सत्यतथ्य विचार र सूचना सम्प्रेषण गरिरहेका छन् । संचार माध्यममा पित पत्रकारीतावाट रोकिनु पर्दछ । जसले सूचनालाई शासक, प्रशासक वर्गहरुका हितमा दलाल पुंजीपतिहरुको स्वार्थका पक्षमा त्यो असल पत्रकारिता होईन । पत्रकारिता नाफा मुलक व्यवसाय होइन । तर नेपालको पत्रकारिताको चरित्रलाई ठोस रुपमा केलाउने हो पत्रकार ले जे–जे गर्न नहुने हो त्यो गरेर पत्रकारिताको आडमा केहि पत्रकारहरुले नाजायज पैसा कमाई पेशाको बदनाम गराई रहेका छन् ।
लोकतन्त्र भनिएका देशहरुमा संचारमाध्यम मार्फत बहुलवाद नियन्त्रण भइरहेको छ । आजको वर्ग विभाजित समाजमा हरेक वस्तु र घटनालाई मान्छेले आफ्नो स्वार्थ अनुरुप बुझ्छ र प्रयोग गर्न खोज्छ । खोजी गर्नु, थाहा पाएर हिड्नुु पत्रकारिताको काम हो । आजको समाजलाई पूंजीवादी उपभोक्तावाद गाजेको छ । पत्रकारहरु पनि पूंजीवादी, उपभोक्तावादी र अवसरवादी बन्न खोज्दैछन् । परिवर्तनकामी जनता र देशभक्त शक्तिका पक्षमा पत्र पत्रिका, रेडियो एफएम, अनलाईन, टेलिभिजन लगायत सम्पूर्ण संचारमाध्यमले साकारात्मक क्रान्तिका लागि जनमत बनाउन, क्रान्ति विरोधी भ्रम चिर्न र वैचारिक राजनीतिक दिशा निर्देश गर्न ध्येय मुलक संचार माध्यम अनिवार्य छ । दैलेखका संचारकर्मी र संचार माध्यामले देश र समाजमा रहेका कुरीति कुसंस्कार हटाउन महत्वपुर्ण भुमिका खेल्नु पर्दछ र खेलि पनि रहेका छन् । फेरी पनि धमाका राष्ट्रिय दैनिक दैलेखको जन्मदिनको करोडौ शुभकामना ।
(लेखक–सिजापति, रेडियो धु्रवतारा एफ.एम.का कार्यक्रम प्रमुख हुन्)

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com