Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

विकास र सम्बृद्धिको अभियानमा धमाका दैनिक कस्ता छन् स्थानीय सरकार प्रमुखका विकास योजना

         ||   73 Views   ||   Published Date : 15th April 2018 |

डुङ्गेश्वर
गाउँपालिका अध्यक्ष
नगेन्द्र बहादुर मल्ल
धमाका दैनिक पत्रिका स्थापना कालदेखि नै दैलेखको कृषि, पूर्वाधार, पर्यटन, हाईड्रो लगायतका क्षेत्रमा प्राथमिकताका साथ कलम चलाउँदै आएको पत्रिका हो । अहिले स्थानीय सरकारहरुले काम थालनी गरेको १० महिना पुग्दैछ । स्थानीय सरकारका कामहरु कसरी प्रवाह भएका भनेर बिशेषाँकको अवसरमै दैलेखमा रहेका ११ वटा स्थानीय तहहरुमा विकासका कसरी कामहरु चलिरहेका छन् । काम गर्दा कस्ता चुनौतीहरु आएका छन् । गाउँपालिका वा नगरपालिकाका संभावनाहरुलाई सकरी स्थानीय सरकारले अगाडी बढाएको छ । यस्ता बिषयमा गरिएका कुराकानीहरुको महत्वपूर्ण अंशहरु आजको बिशेषाँकमा प्रस्तुत गरेका छौं ।


गाउँपालिकाको आर्थिक अवस्था सुधार गर्नका लागि ऐन जारी गरेर काम सुरु भैरहेको छ । गाउँपालिकाको दोस्रो हिउँदे अधिवेशन समेत सम्पन्न भएको छ । २२ वटा ऐनहरुको दायरा फराकिलो राखेर गाउँपालिकाले गर्न सक्ने कामहरुलाई अगाडी बढाएका छौं । दैलेखका ११ वटा तहमध्ये जनसंख्याको हिसाव र भुगोलको हिसावले सानो गाउँपालिका हो सवै बस्तिमा जानका लागि सडक निर्माण कार्यक्रम सुरु भएका छन् ।
गाउँपालिकाको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउनका लागि सरकारी जागिर खाएका व्यक्तिहरु र शिक्षकहरुलाई अनिवार्य आफ्ना बालबालिकाहरुलाई सरकारी विद्यालयमा पढाउनुपर्ने जस्ता नीतिहरु पारित गरेका छौं ।
गाउँपालिका भरीमा संचालित योजनाहरु मध्ये १६ योजनाहरु सम्पन्न भएकाछन् जसमा धेरैजसो सडक निर्माण कार्यमा परेका छन् । १७ वटा योजनाहरु संचालनमा छन् । ८ वटा योजनाहरु सम्झौता हुन बाँकी रहेको छ । बजेट खर्चमा कर्मचारीहरुको अभाव भएकोले केही ढिलो भएको भएपनि अव धमाधम सुरु हुने छन् ।
गाउँपालिकालाई कृषि र पर्यटनको क्षेत्रमा बिकास गर्ने सोच राखिएको छ । गाउँको आर्थिक अवस्था सुधार गर्ने महत्वपूर्ण पाटो भनेको गाउँपालिकामा राजश्व संकलन न्यून मात्रामा भएकोले स्थानीय स्तरमा आम्दानीका स्रोतहरु बढाउने अभियानलाई महत्वका साथ अगाडी बढाउने बारे ऐन पारित गरिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com