Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

भैरवी गाउँपालिका अध्यक्ष

         ||   105 Views   ||   Published Date : 15th April 2018 |


प्रेमबहादुर बुढा
दैलेखको महत्वपूर्ण धार्मिक पर्यटकिय क्षेत्रको रुपमा रहेको र वैज्ञानिक रुपबाट पनि पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्ठि भैसकेको शिरिस्थान क्षेत्र भैरवी गाउँपालिकामा पर्ने भएकोले भैरवीलाई दुईवटै पर्यटकिय क्षेत्रको रुपमा बिस्तार गर्ने गाउँपालिकाको पहिलो योजना रहेको छ । प्रदेश र केन्द्र सरकारले तत्काल शिरिस्थानमा रहेको पेटूोलियम पदार्थ उत्खनन्का लागि पहल थाल्न अनुरोध गरेर पठाएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिएका छन् ।

भैरवी तिर्थस्थलको रुपमा परिचित महत्वपूर्ण धार्मिक पर्यटकिय क्षेत्रकै नामबाट गाउँपालिकाको नाम राखिएकोले भैरवीलाई बिशेष गरेर धार्मिक पर्यटनको क्षेत्रमा विकास गर्ने योजना गाउँपालिकाको रहेको छ ।
भैरवी गाउँपालिकामा अहिले ३ सय ४२ वटा योजनाहरु सुरु गरिएको छ । सवै योजनाहरु सम्झौता भै सकेका छन् कतिपय तालिम र गोष्ठि गर्ने कार्यक्रमहरु मात्रै पुरा गर्ने समयअवधिका आधारमा काम गर्ने तयारीमा रहेका छन् । असार अगावै सबै कामहरु सम्पन्न हुने तयारी गाउँपालिकाले गरेको छ ।
अहिले गाउँपालिकामा ५० लाखको लागतमा गाउँ सभाहल निर्माण गरिएको छ । ३० लाखको लागतमा दुईवटा ठूला सडकहरु निर्माण गरिएको छ । भैरवीका ३ वटा वडाहरुलाई कृषि पकेट क्षेत्रको रुपमा बिस्तार गरेर काम सुरु गर्ने योजना रहेको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com