Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महावु गाउँपालिका अध्यक्ष

         ||   25 Views   ||   Published Date : 15th April 2018 |


जंगबहादुर शाही
गाउँपालिका भरी ८० प्रतिशत काम सम्पन्न भएको छ । गाउँपालिकालाई कृषि र पर्यटनको क्षेत्रमा बिस्तार गर्ने योजना अनुसार काम संचालन भैरहेको छ । दैलेखको सबैभन्दा अग्लो स्थानमा संभवत ६ नं. प्रदेशको सबैभन्दा अग्लो ४ हजार १ सय ४८ मिटर अग्लो स्थानमा रहेको शिवको मुर्ती भएकोले पनि दैलेख महावु हुँदै जुम्ला जाने सडक विस्तारको लागि केन्द्र सरकारसँग माग गरिएको छ ।


गाउँपालिकाको भवन निर्माण सम्पन्न भैसकेको छ । पशु सेवा कार्यालयको भवन सँगै स्वास्थ्य समस्या समाधानका लागि ४ वटा ईकाई थप गरेर काम सुरु गरिएको छ । अहिले गाउँपालिकाले ६ वटा नियमावली र १८ वटा ऐन निर्माण गरेर काम सुरु गरिरहेको छ ।
बिभिन्न बिषयगत कार्यालय, उपभोक्ता समिति र वडा कार्यालय मार्फत गाउँपालिका भरी ३ सय ६० वटा योजनाहरु सुरु भैरहेका छन् । गाउँपालिकामा जेठ १५ भित्र केन्द्रीय विद्युत लाईन मार्फत सेवा विस्तारको तयारी भैसकेको छ ।
महावु धार्मिक पर्यटकिय संभावनाको क्षेत्र हो । बाँसीको गुफा, गिताचौर धर्मशाला, जगनाथ महावैको उद्गम थलोको रुपमा काँशिकाँध परिचित भएकोले पनि यो क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउने अभियान थालिने भएको छ । महावु धामको बिशेष महत्वको प्रचार प्रसार गर्ने काममा पनि गाउँपालिका लागेको छ ।
गाउँपालिकाले संभाब्यता अध्ययन गरेर आगामी दुई वर्षभित्र ३ मेगावाट विद्युत उत्पादन गर्दै गाउँपालिकामै स्थानीय रोजगारी सृजना गर्ने अभियान थालिएको छ ।
कानुन नियम र नियमावली नआएका कारण कतिपय अवस्थामा चुनौतीहरु आएका छन् । अहिलेपनि पुरानो संस्कार कायमै रहेकोले यस्तो संस्कार परिवर्तन गरेर हरेक नागरिकहरुलाई गाउँपालिकाको संम्बृद्धि सँगै जिल्ला प्रदेश र केन्द्रको विकासका लागि लाग्नुपर्ने भन्ने कुरा र नयाँ परिवर्तनलाई संस्थागत गर्ने कुरामा भने कता कता चुनौतीहरु देखिएका छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com