Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

टाँठीकाँध गाउँपालिका अध्यक्ष

         ||   20 Views   ||   Published Date : 15th April 2018 |


धिरबहादुर शाही

काम गरेपछि मात्र कामको बारेमा जानकारी गराउने भनेर म संचार माध्यामहरुमा त्यती धेरै आउन मन लाग्दैन । अहिले हाम्रो गाउँपालिकाले १ सय १३ वटा योजना सुरु गरेको छ । ५ वटा महत्वपूर्ण सडकका लागि रकम बिनियोजन गरिएको छ । २ वटा ठूला खानेपानी योजनाहरुको लागि पनि रकम बिनियोजन गरिएको छ । गाउँपालिकाको भवन निर्माणको ठेक्का भैसकेको छ । २ वटा वर्थीगं सेन्टर निर्माणको लागि पनि पहल थालनी भएको छ ।


टाँठीकाँध गाउँपालिकामा रहेका तामाखानी, निलम खानी, फलाम र पत्थर खानीको उत्खनन्का लागि पहल थाल्ने योजना निर्माण गरेका छौं ।
अव ६ महिनापछि हाम्रो गाउँपालिका भित्रका कुनैपनि स्थानहरुमा पुराना कपडा, प्लाष्टिक, बोतल, चप्पल, जुत्ता भेट्नुहुने छैन् । फोहर मुक्त अभियान थालनी गरेका छौं ।
वन जोगाउने अभियान थालिएको छ । १५ लाखको अलैची बिरुवा रोप्ने अभियान छ । स्थान अनुसार अनार, कागती, सुन्तला, ओखर जातका बिरुवा रोप्ने काम सुरु भएको छ ।
हरेक टोलमा समूहगत रुपमा कृषि उत्पादन कार्य सुरु गरिएको छ ।
गाउँपालिकामा काम गर्दा अहिलेपनि दक्ष कर्मचारी छैनन्, प्राविधिकहरु नभएका कारण कामहरु समस्यामा छन् । वडामा वडा सचिवहरु नभएका कारण समस्या झनै बढेको छ । कर्मचारीहरुको निकै चुनौती भएपछि अहिले करारमा कर्मचारी नियुक्ति गरेर काम अगाडी बढेको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com