Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

नौमूले गाउँपालिका अध्यक्ष

         ||   40 Views   ||   Published Date : 15th April 2018 |

भदे (भविराम) बुढा
नौमूले क्षेत्र तत्कालिन द्धन्द्धमा धेरै समस्या भोगेको क्षेत्र हो । अहिले ८० प्रतिशत कामहरु धमाधम सुरु भएका छन् । तामेखोला देखि नौमूले गाउँपालिका जाने सडक ९ मिटर चाख्लो निर्माण गरिएको छ । नौमूलेमा रहेका पर्यटकिय क्षेत्रको विकासका लागि योजनाबद्ध कामहरु सुरु गरिएको छ । शिक्षा क्षेत्रको विकासका लागि मा.वि.,नि.मा.वि., प्रा.वि. तहहरुको व्यवस्थापन गर्दै विद्यालय मर्ज गर्ने अभियान पनि थालिएको छ ।


कृषिका बिभिन्न संभावनाको खोजी गरेर अगाडी बढेका छौं ।
नौमूलेलाई जडिबुटी क्षेत्र, हाईड्रोहव क्षेत्र बिस्तार गर्ने तयारी छ । पर्यटकिय क्षेत्रहरुमा मध्ये द्धारी झरना, नौमूल जस्ता बिभिन्न कार्यहरु अगाडी बढाएर नौमूले क्षेत्र दैलेखका ११ वटै स्थानीय तहहरु भन्दा धेरै आम्दानी हुने गाउँपालिका निर्माण गर्ने कार्य योजना बनाएका छौं । नौमूलेमै सुरु भएका तीनवटा जलविद्युत आयोजना मध्ये एउटा निर्माण सम्पन्न पश्चात विद्युत उत्पादन भैसकेको छ । अन्य निर्माण कम्पनीहरुलाई समयमै काम सक्न ताकेता गरेका छौं । नौमूले गाउँपालिका सवैभन्दा छिटो आर्थिक संम्बृद्धिमा कसरी अगाडी बढ्छ भनेर छलफल र बहस संचालन सँगै काम अगाडी बढाएका छौं ।
नौमूले सदरमुकाम देखि कालिकासम्म सडकको स्तर उन्नती निर्माण गरेर जाजरकोट सम्म पुग्ने सडक, द्धारी सडक, धार्मिक पर्यटकिय क्षेत्र महावु जोड्ने बाटोको बारेमा गुरु योजनामै राखेर काम सुरु गरेका छौं ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com