Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

भगवतीमाई गाउँपालिका अध्यक्ष

         ||   45 Views   ||   Published Date : 15th April 2018 |

दानबहादुर थापा

भगवतीमाई गाउँपालिका भरी रहेका ९३ वटा योजनाहरु सम्झौता सँगै कामहरु संचालन भैरहेका छन् । एउटा योजना सम्पन्न भैसकेको छ । बिशेष गरेर गाउँपालिका भित्र रहेका खानीहरुको खोजी कार्यलाई गाउँपालिकाले प्रमुखताका साथ अगाडी बढाएको छ । गाउँपालिको आर्थिक अवस्था सुधार हुने खालका कामहरु सुरु गरिएको छ ।

अहिले ६ वटा पत्थर र स्लेट खानी खोजी भैसकेको छ अव यसको उत्खनन् र प्रशोधनका लागि पहल थालिने भएको छ ।
बिदेश गएर गाउँमा फर्केका युवाहरुसँग प्रत्यक्ष भलाकुसारी गरि ५ जना युवाहरुलाई व्यवसायिक कृषिका लागि योजना माग सहित गाउँपालिकाबाट ५० हजार अनुदान दिने योजना छ । ६० जना युवाहरुलाई भकारो सुधारका लागि तालिम सँगै जनही १० हजार रकम प्रदान गर्ने काम सुरु गरेका छौं । व्यवसायिक बाख्रा पालनका लागि ७५ वटा खोर निर्माण गरेका छौं । बिभिन्न समूहमा ४८ वटा बोयर जातको उन्नत बोका बितरण गरेर उन्नत खसी बोका उत्पादन कार्यक्रम सुरु गरिएको छ ।
उपभोक्ता समिति र बिभिन्न ठेक्का मार्फत काम संचालन सुरु गरिएको छ । गुणस्तर सुधारका लागि अनुगमनलाई तीव्रता दिईएको छ । अहिले सम्म विद्युत, संचार र बंैक सेवाको समस्या रहेको भगवतीमाई गाउँपालिकामा असार भित्र तीनवटै काम सम्पन्न हुने तयारीमा रहेका छन् । दैलेखका ११ वटै स्थानीय तहमध्ये भगवतीमाई गाउँपालिकाले पहिलोपटक राजपत्र समेत प्रकाशन गरिसकेको छ । अहिले शनिवार र शुक्रवार नभनेरै कर्मचारी र जनप्रतिनिधिहरु काममा खटिएका छन् । वैशाख १० गते भित्र सबै विद्यार्थीहरुको हातमा किताव र ११ गतेदेखि पढाई संचालनको काम सुरु गरेका छौं ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com