Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

गुराँस गाउँपालिका अध्यक्ष

         ||   46 Views   ||   Published Date : 15th April 2018 |

खेमराज ओली

गुराँस गाउँपालिकाबाट अहिले पनि बिभिन्न समयमा वार्षिक १५ करोड बढीको तरकारी उत्पादन हुने र बिक्रि बितरण हुने गर्दछ । हामस्ले गुराँस गाउँपालिकालाई कृषि र पर्यटनको हव क्षेत्र बनाउने अभियान थालेका छौं ।
सोही अनुसार १ करोड १० लाख बजेट बिनियोजन गरिएको छ ।

माटो परिक्षण औषधि बिऊ बिजन लगायतका कामहरु सुरु भएका छन् । व्यवसायिक किसान उत्पादन गर्नका लागि ५० लाख रकम बिनियोजन गरिएको छ । सोही अनुसार साझेदारीमा अनुदान दिने काम सुरु भएको छ । व्यवसायिक कृषिमा लागेका कृषकहरुलाई कृषकहरुको बारीमै पुगेर व्यवसायको अध्ययन पश्चात बजार व्यवस्थापन र थप उत्पादनबारे गाउँपालिकाको प्रत्यक्ष निगरानीमा काम सुरु भएको छ । गाउँपालिकाका ४ वटा स्थानमा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम संचालन छ । पहिलो चरणका लागि कृषि उत्पादनलाई बढाउन र घरमै रोजगारीका अवसर सृजना गर्न गाउँपालिकाले १ सय जना कृषकहरुलाई एक घर एक पोखरी अभियान अन्र्तगत ४५ वटा प्लाष्टिक पोखरी, ५५ वटा पि.सि.सि.पोखरी निर्माण गर्ने योजना छ । गाउँपालिकाको ६० र कृषकको ४० प्रतिशत लगानीमा यो कार्य सुरु भएको छ ।
गाउँपालिका भरी रहेका सबै योजनाहरु मध्ये केही योजनाहरुमा सामाजिक रुपमा विवाद उत्पन्न भएकोले ८० प्रतिशत कामहरु धमाधम सुरु भैरहेका छन् । हरेक कामको ६० प्रतिशत रकम भुक्तानी भैसकेको छ ।
काम गर्दा पुरानै मानसिकताबाट उपभोक्ता समितिको सोच भएकोले कतिपय स्थानहरुमा समस्या कायमै रहेका छन् । सबै कुरा सरकारले गरोस् भन्ने चाहनाका कारण जनश्रमदान हुन सकेका छैनन् ।
गाउँपालिका केन्द्रको बिवादले केन्द्र सार्ने बिषयमा चुनाव समेत भएको छ । अहिले चुनाव हुँदा नयाँ गुराँसे केन्द्र सार्नुपर्छ भनेर २४ जनाले मतदान गरेका छन्, भने घोडावासमै केन्द्र हुनुपर्ने भन्दै १९ जनाले मतदान गरेका छन् । केन्द्रको लागि दुई तिहाई मत आएन त्यसैले अहिले सदरमुकाम घोडावासमै राखिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com