Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

धमाकालाई थप प्रगतिको शुभकामना…….

         कविराज विसी ||   51 Views   ||   Published Date : 15th April 2018 |


विगत एघार वर्षदेखि नियमित रुपमा प्रकाशित धमाका राष्ट्रिय दैनिक पत्रिका साप्ताहिक हुँदै ७ वर्ष अघि देखि आफ्नो प्रकाशनलाई दैनिकमा रुपान्तरण गरेको हो । एघारौं वार्षिकी उत्सव मनाई रहदा सम्म कुनै पनि अभाव, प्रभाव र दबाव भित्र नरहेर यस पत्रिकाले आफ्नो यात्रामा निरन्तर फड्को मारेको देखिन्छ सुरुवातमा साप्ताहिक त्यसबाट दैनिक र आफ्ना पाठकहरुलाई सुविधा दिनका साथै विश्वका जुनसुकै कुनामा पनि आफ्नो पहुँचको पु¥याउनको लागि अनलाईमा समेत धमाका दैनिक पढ्न पाईन थालेको पनि ७ वर्ष पुगेको छ ।


यसरी आफ्नो अविरल यात्रा तय गर्ने क्रममा हरेक वर्षको वैशाष १ गते धमाका पत्रिकाले वार्षिक उत्सव मनाउँदै आएको छ । यो वर्ष पनि पत्रिका ११ औ वर्ष पूरा गरि १२ आंै वर्षमा प्रवेश गरेको छ । पहाडी क्षेत्र र बजार क्षेत्र सानो रहेको दैलेखमा दैनिक प्रकाशन थाल्नु चुनौति पूर्णकार्य हो तरपनि पछिल्ला वर्षहरुमा देशमा आएको परिर्वतन सँगै दैलेख लाई आश लाग्दो उर्वर जिल्लाको रुपमा लिन सकिन्छ २०६२÷६३ को जनान्दोलन पछि दैलेखमा दैनिक, साप्ताहिक, पत्रिका प्रकाशन हुन थाले तर निस्केका पत्रिका हरुले समेत आफ्नो मूल्य र मान्यतालाई कायम राख्दैे अगाडी बढेको देखिन्छ पछिल्ला वर्षहरुमा सत्य, तथ्य समाचार र यो पेशालाई व्यवसायिकता तिर उन्मुख गराउनुको साटो व्यवसायिक धर्मलाई नै धरापमा राखेको देख्न सकिन्छ । देश संघियतामा गई रहेको अवस्थामा अव दैलेखी पत्रकारिताका दिनहरु झनै आशा लाग्दा भएको देखिन्छ ।
मुलुक भित्रका स्थानीय सञ्चार माध्यामका समस्याहरु जस्तै दैलेखमा पनि उस्तै समस्याहरु हुन् । मुख्य रुपमा सूचनाको सर्वसुलभ पहुँचमा अभाव हुनु, राज्यले चौथो अंगको व्यवहार र गरिएका सम्झौता कार्यान्वयन गर्न नसक्नु, पत्रकार र सञ्चारमाध्यमको भौतिक तथा पेशागत सुरक्षा नहुनु, ज्ञान, सीप, दक्षता र क्षमतामा कमी, पत्रकारितालाई आफ्नो नियन्त्रणमा राख्न अधिक प्रयास गर्नु (राजनीतिक दल, स्थानीय तथा प्रशासनिक निकाय, विभिन्न संघ–संस्था मार्फत) जिल्लाका कुनै पनि संचार माध्यममा कार्यरत पत्रकारले श्रमको उचित मूल्य नपाउनु, सञ्चार माध्यममा विज्ञापन अभाव राज्यको विभेदकारी विज्ञापन नीति, मापदण्ड विपरित गैरपत्रकार (कार्डधारी÷नामधारी)को व्यापक प्रवेश, संचार माध्यम संचालकहरुको अह्मता, समाचारमा विचलन, विज्ञापनलाई दातालाई धम्काउनु र विद्युत, सञ्चार र यातायातका साधनको अभाव, पत्रकार आचार संहिताको पूर्णतया पालना नहुनु, पत्रकारहरूको एकतामा समस्या देखिनु, सरोकारवाला निकाय तथा प्रतिनिधिमा आलोचना पचाउन सक्ने संस्कृतिको अभाव, सञ्चार माध्यममा अस्वस्थ प्रतिस्पर्धा र विश्वसनीयतामा प्रश्न चिन्ह, निष्पक्ष र कामको मूल्याङ्कनको अभाव मुख्य समस्या र चुनौतीहरु हुन् भने इमान्दार र योग्य पत्रकारहरू नेपाली पत्रकारितामा कुनै योग्यता र मापदण्ड नभएका गैर पत्रकारहरूको व्यापक प्रवेशले अत्यन्त चिन्तित छन् । यसैले पत्रकारितामा डरलाग्दा विकृति र विसंगति भित्रने मादुई मत छैन । जिल्लामा पछिल्लो समयमा पत्रकारहरु बीच एक आशालाग्दो आशाका किरण देखा परेको छ । व्यक्तिगत असमझदारी हरुलाई थाति राखेर पेशागत सुरक्षामा लाग्नु पर्ने अहिलेको आवश्यकता हो । जिल्लामा पत्रकारको वेमेल हुन पक्कै पनि सबैका लागि राम्रो होईन अव विगतका कुरालाई भुल्दै नयाँ शिराबाट नयाँ आयमका साथ अगाडी बढ्नसके मात्र जिल्लामा व्यवसायिक पत्रकारिताको सुरुवात हुने देखिन्छ ।
आज १२ औं वर्षमा प्रवेश गर्न सफल भएको यो धमाका पत्रिकाको र मेरो ब्यक्तिगत तर्फ सबैलाई शुभकामना छ । विगतमा प्रकाशनमा भएका कमीकमजोरिलाई सिकाईको रुपमा ग्रहण गर्दै अवका केहि दिनभित्र पाठकहरुले चाहेजस्तै गुणस्तर बनाउन प्रकाशन समूहले थप प्रयास गर्नुपर्ने देखिन्छ ।
जनसमुदाय माझ हुर्किएका विभिन्न थरीका आशंकाहरुलाई चिर्दै व्यवसायिक रुपमा पत्रिकाको विकास गर्न धमाका दैनिकको टिम प्रतिबद्ध भएर अभियानमा जुटेको छ । विगतमा औलामा गन्न सकिने दैलेखका संचारकर्मिहरु पछिल्ला दिनहरुमा संख्यात्मक रुपमा धेरै छन् । दैलेखको पत्रकारिताको विकासलाई हेर्ने हो भने पनि राम्रै विकास भएको मान्न सकिन्छ । पछिल्ला दिनहरुमा देखिएको संचार संस्थाहरुको दर्ताले पनि संचार क्षेत्रका लागि युवा वर्गहरु निकै उत्साहि भएका छन् । यो जिल्लाको निकै राम्रो पक्ष हो । जिल्लाको समग्र विकास गर्न धमाका दैनिकले आफ्नो प्रकाशनमा कतै कमि गरेको छैन शैक्षिक, धार्मीक, पर्यटन जस्ता कुराहरुलाई निरन्तर उजागर गर्दे भ्रष्टाचार उन्मुलनमा खबरदारी र जिल्लाको विकासका लागि सदैब अगाडी रहने छ जिल्लाका विषय वस्तुलाई प्रमुखता दिएर आफ्नो प्रकाशन गर्ने गरेको छ ।
धमाकालाई अझै निरन्तरताको कामना संगै नव वर्ष २०७५ सालको उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनु हुने पाठक मित्रहरु, लगायत सबैमा नयाँ वर्षले उमंग ल्याओस सबैका मनोकाक्षा पुराहोस् भनि शुभकाना ब्यक्त गर्दछु । विगत देखि अहिले सम्म धमाका दैनिकलाई माया गरि पढ्नुहुने पाठकवृन्द, सकारात्मक आलोचना गर्नुहुने शुभचिन्तक समालोचक, विज्ञापन उपलब्ध गराउने ब्यक्ति÷संघ संस्थाहरु धन्यवादका पात्र हुनुहुन्छ । पत्रकार आचारसंहिता र मर्यादाभित्र रहेर कलम चलाउन धमाका समूह सदैव कटिबद्ध छ । कुनै अंकहरुमा कमीकमजोरी भएका पनि हुन सक्छन् यस्ता कुराहरुको बारेमा धमाका टिमले तत्काल कमिकमजोरी सच्याउदै अगाडी बढेकै कारण अहिले सम्म यसको भविष्य उज्ज्वल छ । अझै सफलताको शुभकामना दिन चाहन्छु ।
लेखक धमाका राष्ट्रिय दैनिकमा लामो समय देखि कार्यकारी सम्पादकमा रहि काम गर्दै आएका हुन्, हाल एवीसी टेलिभिजन काठमाण्डौंमा कार्यरत छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com