Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

 दैलेखको मुहार फेर्न ६ वटा काम गर्छु  विकासको पहिलो एजेण्डा सडक हुन्छःशर्मा 

         रविन्द्रराज शर्मा ||   53 Views   ||   Published Date : 4th April 2018 |

प्रतिनिधि सभाका सदस्य रविन्द्र राज शर्मा नेकपा एमाले दैलेखका अध्यक्ष पनि हुन् ।     राजनीतिमा लामो अनुभव सम्हालेका शर्मा विकास प्रेमी नेताका रुपमा परिचित हुँदै आएका छन् । २० वर्ष अघि दैलेखको       नारायण नगरपालिकाको प्रमुख बनेर दैलेखको समग्र विकास बुझेका शर्मा प्रतिनिधिसभा सदस्य भएपछि दैलेखलाई कसरी विकास गर्न    सकिन्छ र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने बारेमा धमाका दैनिकका सम्पादक बिष्णु शर्माले गरेको संक्षिप्त कुराकानी । दैलेखलाई आगामी पाँच वर्षपछि कस्तो दैलेख देख्ने सोच बनाउनुभएको छ ? दैलेख ऐतिहाँसिक, धार्मिक, सांस्कृतिक र पर्यटकिय हिसावले निकै महत्वपूर्ण जिल्ला हो । तत्कालिन समयमा सिजा सभ्यतासँगै इतिहास बोकेको जिल्ला भएकोले सुरक्षित र छोटो सडकका रुपमा सुर्खेत, दैलेख          सदरमुकाम हुँदै महावु जुम्ला रारा र हिल्सा सम्म जोड्ने सडकको बिस्तार गरेर प्रदेशका ऐतिहाँसिक महत्वका बस्तुहरु र दैलेखमा       रहेका ऐतिहाँसिक महत्वका बस्तुहरुको अवलोकनमा सहज गराउने मेरो पहिलो अभियान हुनेछ यसका लागि सडक पूर्वाधार पहिलो कुरा हो ।  दैलेखको महत्वपूर्ण स्रोत विद्युत उत्पादन, धार्मिक पर्यटन, खानी उत्खनन् हो यसका लागि सडक अनिवार्य छ अहिले सुर्खेत दैलेख सदरमुकाम महावु हुँदै जुम्ला र हिल्सा सम्मको सडक निर्माणका लागि सरकारले २७ वटा सडकलाई केन्द्रीय योजनामा राख्ने तयारी गरेको बेलामा २७ सडक भित्र यो सडक राख्नुपर्ने कुराको अनिवार्यतागर्न म लगायत, जुम्ला, कालिकोट, मुगुका सांसदहरुले समेत सरकारलाई         संयुक्त रुपमा माग पेश गरेका छौं । यो वर्षबाट योजनामा पर्नेमा आशावादी छौं । दैलेखको अर्को संभावना मध्यपहाडी सडक हो । मध्यपहाडी सडक बिस्तारका लागि दैलेख सदरमुकामको खण्डमा दश मिटर सडक मात्र कायम गरि काम थालनी गर्ने कुरा अगाडी बढेको छ । त्यस्तै दैलेख नौमूले जुनि सडकलाई पनि प्राथमिकतामा राखेका छौं । माथिल्लो डुङ्गेश्वर धरम पोखरा सडक, गुराँसे तल्लो डुङ्गेश्वर, दैलेख खरिगैरा गैडावाज, पंचकोशी क्षेत्रभित्र  रिगंरोड  र कालोपत्रे । यती काम  गरेपछि हरेक             कुरामा सहजता हुनेछ । पर्यटकहरु सहजै दैलेख आउने मात्र  छैनन् कम्तिमा दुई दिन सम्म बस्ने वातावरणको तयारी गर्नु छ । यसका लागि होटल व्यवसायिहरु र उद्योगी              हरुले समेत सरकारको काममा           सहयोग गर्नुपर्ने देखिन्छ ।  पेट्रोलियम पदार्थको कुरा मात्रै हुन्छ काम केही हुन्छ कि हुँदैन ?निकै राम्रो कुरा उठाउनु भो । यो कुरा बिगत ३० वर्षदेखि उठिरहेको छ । प्रक्रियामा भने २०७२ सालमा के.पी. शर्मा ओलीको          सरकारले सुरु गरेको हो । हामीलाई आशा छ पुनः के.पी. शर्मा ओलीको सरकारले नै यो कुरा टुँगोमा पु¥याउँछ । चैत्र या वैशाखमा चाइनाको टोली आउने निश्चित भैसकेको  छ । यहाँ कति परिमाणमा पेटोलियम पदार्थ छ खोजी हुन्छ । यदी परिमाण कम भए यो क्षेत्रलाई सरकारले धार्मिक पर्यटनको क्षेत्र घोषणा गर्नुपर्छ । र पर्यटन विकास गर्नुपर्छ कृषिमा कस्तो प्रगती गर्न सक्ने योजना बनाउनुभएको छ ?कृषिमा एक स्थानीय तह एक कृषि नीतिको अवधारणा ल्याउनुपर्ने देखिएको छ । सवै स्थानीय तहमा माटो परीक्षण गरेर कुन जातका फलफूल, विरुवा,       तरकारी उत्पादन हुने हुन् सोही अनुसार कामको थालनी गर्न तयारी गर्नुपर्ने छ । सवै स्थानीय तहका सरकार प्रमुखहरु सँग यसवारेमा छलफल भएको छ । थप बहस गरेर अगाडी बढ्छौं ।            वातावरणिय प्रभाव मूल्याँकन अनुसार पनि दैलेखको भू–भाग मिलेको छ । माछा मासु देखि अन्य बिभिन्न आवश्यकताका बस्तुहरु उत्पादनको प्रसस्त संभावना दैलेखमा रहेको छ । भैरवी र दुल्लूमा सुन्तला, कागती उत्पादन, धान गहुँ, मकै जन्य उत्पादनको बारेमा प्रधानमन्त्री ओलीले समेत चुनावी भाषणमा बोलेको कुरालाई आफुले स्मरण गरेको छु । माटो परीक्षण गरेर उन्नत कृषि उत्पादनका लागि पहल गर्नु अहिलेको आवश्यकता हो ।  अर्गानिक बस्तुहरुको उत्पादन  गरेर कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउनुपर्ने देखिएको छ । दैलेख, सुर्खेत, जुम्ला, कालिकोट, जाजरकोट क्षेत्रका लेकाली भू–भागहरुमा भूई बदाम उत्पादन गर्न सके आम्दानी लिन सकिने कुरालाई पनि बिचार गरिएको छ । दैलेखको पर्यटन नारा मात्रै भो काम केही भएन् ? मैले माथि पनि भनिसकेको छु । दैलेखको राम्रो संभावना पर्यटन हो यसलाई व्यवस्थित गर्नुपर्ने देखिएको छ । नेपालको महासभ्यता मध्य दैलेखको दुल्लूको सिंजा सभ्यता एउटा हो । सभ्यताको उद्गम स्थल दैलेखको दुल्लू भएकोले दुल्लूमा खुला संग्रालय निर्माणको काम थालनी गरिने छ । स्थानीय सरकारले केही प्रयासहरु गरेको छ । त्यसमा थप सहयोग गर्नुपर्ने छ । पंचकोशी क्षेत्र भित्र पर्यटन सडक निर्माण गरिने छ । पर्यटन प्रर्वद्धनका लागि आवस्यकता   परेका स्थानहरुमा होमस्टे संचालन        गरिने छ । जिल्लामा रहेका काइनेट, तामा, फलाम खानीहरुको खोजी         गरिने र प्रशोधन गरिने छ । यो वर्ष सुरुवाती र पहिलो वर्ष हो यो । अहिलेसम्मको जिल्लाको अवस्था के       रहेको छ भनेर खाका तयार गरिन्छ । डकुमेन्ट निर्माण गरिने छ । पाँच वर्षभित्र हरेक वर्ष के भयो भनेर समिक्षा सहित अन्तिम वर्षमा दृश्य आफै बोल्ने र परिवर्तन हुने खालको विकासका काम गर्ने तयारी रहको छ । दैलेखका      संचारकर्मीहरुले सुरु गरेको इतिहास लेखन कार्यलाई थप मद्दत गरेर अगाडी बढाईने छ ।  दैलेख जिल्लामा जमिन माथि र जमिन तल रहेका प्राकृतिक संम्पदाहरुको अथाहा संभावना छन । यसको उत्खनन् अवश्य गरिने छ । योजनाबद्ध रुपमा उत्खनन् गरिने छ । यसैका माध्यामबाट हरेक वेरोजगार यूवाहरुलाई रोजगारी प्रदान गरिने छ गाउँमा अहिलेपनि मानिसहरुले औषधि पाएका छैनन् ? जिल्ला अस्पतालकै भौतिक अवस्था नाजुक छ ? दैलेखका बिभिन्न दुर्गम स्थानका         नागरिकहरुले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने सरकारको मान्यता हो सोही अनुसार अव स्थानीय सरकारहरु ले काम अगाडी बढाउनुपर्ने देखिएको छ । ११ स्थानीय तहको सबैभन्दा महत्वपूर्ण र सुविधासम्पन्न स्वास्थ्य संस्थाको रुपमा जिल्ला अस्पताल दैलेखलाई निर्माण गर्नुपर्ने अभियान थालिएको छ । अहिले १५ शैयाको अस्पताल छ यसलाई यसै वर्षबाट ५० शैयाको सुविधासम्पन्न बनाउने अभियान थालिएको छ । प्रधानमन्त्रीले जनताको स्वास्थ्यका लागि खेल्ने भूमिकाको       बारेमा स्पष्ट कुरा ल्याउनुभएको छ । प्रधानमन्त्री स्वयंले दैलेखी जनताको स्वास्थ्य समस्या समाधानका बारेमा चासो दिनुहुनेछ भन्नेमा आशावादी छौं  जिल्लाका माननीयहरु सवैले यो बारेमा गम्भिर भएर चासो बढाएका छौं । दैलेख हाईड्रो हव बन्छ कि भन्ने आशा पनि निराशै होला जस्तो छ ? एकदमै महत्वपूर्ण कुरा उठाउनुभयो । दैलेखको मुख्य आर्थिक स्रोत भनेको विद्युत उत्पादन नै हो । संभावना धेरै भएको स्थानपनि दैलेख हो । माथिल्लो कर्णाली आयोजना तत्काल बनाउनु पर्छ आयोजना पक्षले दायाँ बायाँ गरेको आफुहरुलाई शंका लागेको छ । आयोजनाले तत्काल जनतालाई र जनप्रतिनिधिहरुलाई जवाफ दिनुपर्ने छ । आयोजक पक्षसँगै जिल्लाका बासिन्दाहरु असन्तुष्ट छन् । आयोजना बन्नु हुँदैन भन्ने बिरोध कही कतै छैन् । नौमूले गाउँपालिकाका अन्य दुईवटा स्थानको विद्युत उत्पादन कार्यलाई पनि तीव्र पार्न अनुरोध गरेका छन् । अन्य बिभिन्न स्थानमा निर्माणाधिन आयोजनाहरुको बारेमा पनि चासो व्यक्त गरेर निर्माणको जिम्मा लिएका कम्पनीहरुलाई छिटो भन्दा छिटो काम सक्न निर्देशन दिने तयारी भएको छ । सुशासन र पारदर्शीता हराउँदै गएको छ । चुनावी खर्च उठाउन थाले जनप्रतिनिधिहरु भनेर आरोप पनि सुरु हुन थालेका छन् ?  केन्द्रिय सरकारको बुझाई अनुसार हरेक स्थानीय सरकारले जनताको काममा कहि कतै ढिलासुस्ति गरेमा वा पारदर्शीता अभियानमा कही कतै कमि कमजोरी देखिएको खण्डमा केन्द्र         सरकारले नियन्त्रण गर्न सक्ने नीति पनि बनाएको छ । यसको लागि अधिकार सम्पन्न आयोगको पनि तयारी भएको छ । अहिलेको सरकार “कि त केही गर, नभए मर ” भन्ने बाटोमा छ । जनताले अभिमत दिएका छन् ।  अव जनतालाई सरकारले सहज रुपमा सेवा प्रभाव गर्नुपर्छ, बिकास गर्नुपर्छ, वेरोजगारी समस्या समाधान गर्नुपर्छ, किसानको हकहितका बारेमा बोल्नुपर्छ, भ्रष्टाचारीलाई नियन्त्रण    गर्नुपर्छ र देशको आर्थिक अवस्था सुधार गरेर   संबृद्ध मुलुक बनाउनुपर्छ । अव  हरेक घरका नागरिकहरुले घर घरबाट जे स्रोत साधन छ ।  त्यो देशको लागि प्रयोग गर, जहाँ तिमी खुट्टा टेक्छौ  देशका लागि टेक भन्ने नीतिका साथ सरकार अगाडी बढेको छ । हामी सोही अनुसार चल्ने हो मुलुक सम्बृद्ध बन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com