Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

दैलेखका बिभिन्न तहमा नारी दिवस सम्पन्न  पुरुष हिंसाबारे चासो बढाउन सुझाव

         ||   83 Views   ||   Published Date : 9th March 2018 |

धमाका संवाददाता

फाल्गुन २४, दैलेख

तत्कालिन समयदेखि महिलाहरुमाथि हुने बिभिन्न हिंसाहरुको बारेमा वकालत, बहस र पैरवीहरु हुँदै आएका छन् । बिभिन्न बहस र पैरवीहरुका          कारण पनि अहिले महिलामाथि हुने बिभिन्न हिंसाहरु निराकरणका प्रयासहरु भएका हुन् । अँझैपनि महिला हिंसाका घटनाहरु गाउँघरमै मिलाउने प्रयासहरु पनि गरिएका छन् । पछिल्ला दिनहरुमा महिला हिंसाको बारेमा राज्यले कडा कानुन जारी गरेको छ । कानुन अनुसार अधिकार खोज्ने कुराका बारेमा १०८ औं अन्तर्राष्ट्रिय     नारी दिवसका अवसरमा दैलेखका बिभिन्न स्थानहरुमा निकै चर्का भाषणहरु समेत सम्पन्न भएका छन् । दैलेख सदरमुकाम दैलेख बजार लगायत बिभिन्न नगरपालिका र गाउँपालिकाहरुमा अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाको अध्यक्षतामा दैलेखमा सम्पन्न दिवसमा पोषणाबारे दोहोरी प्रतियोगिता समेत सम्पन्न भएको छ । अधिकारको सहि सदुपयोग हुन नसकेको सन्दर्भपनि नारी दिवसका अवसरमा उठाईएका छन् । कमाउन बिदेश गएका श्रीमानहरु घर फर्किदा श्रीमती र सम्पती दुवै अर्काले लैजाने अथावा महिलालेनै पुरुषलाई हिंसा गरेका कतिपय घटनाहरुका बारेमा समेत दिवस अवधिमा मात्र नभै अन्य बिभिन्न छलफलहरुमा पनि बहस र पैरवी हुने गरेका छन् । अधिकारको कुरा गर्नेहरुबाटै अधिकार हनन् भएका बिषयहरुका बारेमा समेत चर्को बहस हुने गरेको देखिन्छ । यस्ता बिषयहरुमा पनि अव अधिकारकर्मीहरुले दुवै पक्षलाई न्याय हुने खालको कार्य थालनी गर्नुपर्ने सुझाव पुरुष अधिकारकर्मीहरुको रहेको    छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com