Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

राष्ट्रशान्ति पृत मोक्षका लागि १ करोड बत्ती बालियो

         ||   58 Views   ||   Published Date : 9th March 2018 |

धमाका संवाददाता
फाल्गुन २४, दैलेख


दैलेखमा संचालन भएको महायज्ञको अन्तिम दिनमा राष्ट्रशान्ति र पृत मोक्षका लागि १ करोड दिप प्रज्वलन गरिएको छ ।
जिल्लाभरका धर्मावलम्बिहरुले ल्याएका बत्तिहरु महायज्ञ गरिएको स्थान लोकतान्त्रिक चौकमा बालिएको थियो । मृत आत्माको स्वर्गमा बास हुने र राष्ट्रको शान्ति हुने उद्देश्यले १ करोड बत्ती बालिएको महायज्ञका पण्डित कोमल उपाध्यायले बताएका छन् ।
महायज्ञ अवधिमा अखण्ड रुद्री पाठ गरिएको छ, अखण्ड होमन, १ हजार ८ सालिग्रामको पूजा गरिएको र अन्तिम दिनमा १ करोड बत्ती बालिएको पण्डित नरेन्द्र उपाध्यायले जानकारी दिएका छन् ।
१ सय वर्ष पुरानो भाषा पाठशाला विद्यालयको भौतिक पूर्वाधार विकासका लागि गरिएको महायज्ञमा अहिलेसम्म ८ लाख रकम उठेको आयोजक समितिले जानकारी दिएको छ । २५ गते सम्पन्न हुने महायज्ञको अन्तिम दिन सम्म ८ लाख रकम उठेको नारायण आधारभूत विद्यालयका प्राधानाध्यापक धनञ्जय उपाध्यायले जानकारी दिएका छन् । महायज्ञको खर्च १३ लाख अनुमान गरिएको छ ।
महायज्ञमा अजित श्रेष्ठले ६१ हजार ५ सय २५, राम थापाले ६० हजार १ सय २५, धनञ्जय उपाध्यायले ५१ हजार १ सय ५१, कृष्णप्रसाद श्रेष्ठले ५० हजार ५, पुर्णमान श्रेष्ठले २५ हजार ५ सय ५१, नारायण नगरपालिकाले १ लाख, नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तिर्थ नारायण श्रेष्ठले वडा कार्यालयबाट ५० हजार, सनोज श्रेष्ठले २५ हजार सहयोग रकम प्रदान गरेका छन् । अन्य बिभिन्न व्यक्तिहरुबाट समेत महायज्ञमा सहयोग प्रदान भएको आयोजकले जानकारी दिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com