Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

कर्णाली प्रदेशको संबृद्धि सरकारको योजना जनताको साथ जरुरी

         ||   75 Views   ||   Published Date : 8th March 2018 |

अव जनताहरु चुप लागेर नबस्नुस्, सरकारबाट राम्रो काम भएन भने, ठूला र आर्थिक सम्बृद्धि हुने कामहरुमा ढिलाई भयो भने सरकारलाई घचघच्याउनुहोस्, त्यतीले भएन भने, मन्त्रालय घेराऊ गर्नुहोस् र आफैले कामको सुरुवात गर्ने प्रयास पनि गर्नुहोस् अनि सरकार सुन्न बाध्य हुन्छ । हाम्रो प्रदेश संबृद्धि हुन्छ । तपाँई हामी सबै सकारात्मक सोचबाट अगाडी बढ्यौं भने अवको २० वर्षपछि कर्णाली प्रदेशमा देश बिदेशका लाखौं मानिसहरु सिक्न आउने छन् ।
पहिलो भ्रमण दैलेखलाई बनाएका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले दैलेखका आम नागरिकहरुलाई दिएको माथिको सुझाव साँच्चै ठण्डा दिमागले सोच्ने हो भने हाम्रो प्रदेशको विकास र हाम्रो प्रदेशको सम्बृद्धि धेरै ठाढा छैन् । अव केवल शाहसको जरुरी छ त्यसको सुरुवात नगरिक समाज, जनताहरुबाटै गर्नुपर्ने छ । सरकारले विकास गरेन भने मन्त्रालय घेर्नुहोस् । यो भनाई भित्र धेरै कुराहरु लुकेका छन् । अव हाम्रो सिंहदरवार घरमै छ मन्त्रालयका रुपमा स्थानीय सरकारका प्रमुखहरु बसेका छन् ।
आम नागरिकहरुले अव हरेक काममा हुने कमिशन तन्त्रको अन्त्य गर्दै विकासमा पारदर्शीता अभियान थाल्नुपर्छ । विगत वर्षहरुमा संचालन भएका अधिकाँस विकास गतिविधिहरुमा कम्तिमा ५० प्रतिशत रकम अनियमितता हुने गरेका उदाहरणहरु हाम्रा गाउँ समाजमा प्रसस्तै छन् । अव यस्ता उपभोक्तावादी संस्कारको बन्द गर्नुपर्दछ । अहिले कतिपय गाउँपालिका प्रमुखहरुले पारदर्शीताको अभियान थालनी गरेका छन् । तर उनीहरुलाई कर्मचारीहरुले असहयोग गरेका कुराहरु पनि बाहिर आएका छन् । कतै कतै त कर्मचारी र स्थानीय सरकार प्रमुखहरु वीच झगडा समेत सुरु भएका छन् । त्यो पनि कमिशन वा आफन्तहरुलाई काम दिने सन्र्दभका कुराहरुमा देखिएका छन् । अव सवै मिलेर यस्ता प्रवृतीको अन्त्य गर्नुपर्ने देखिएको छ ।
कर्णाली प्रदेशको संबृद्धिमा जनता र सरकार सँगसँगै अगाडी बढ्नु अहिलेको आवश्यकता हो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com