Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

स्थानीय सरकार मिच्दैछन् कानुन समन्वय समितिले पाएन बजेटको जानकारी

         ||   119 Views   ||   Published Date : 8th March 2018 |

धमाका संवाददाता
फाल्गुन २३, दैलेख
सूचनाको हक अनुसार हरेक नागरिकले विकासका गतिविधिहरु के र कस्ता भएका छन् भनेर जानकारी लिन पाउँछन् तर दैलेख जिल्ला समन्वय समितिले भने स्थानीय सरकारले कसरी बजेट बिनियोजन भयो भनेर दोस्रो चौमासिक अवधि सम्म कुनै जानकारी पाएको छैन् । हरेक जिल्लामा स्थानीय सरकारले गरेका गतिविधिहरुको अनुगमन, मुल्याँकन गर्दै पृष्ठपोषण प्रदान गर्ने महत्वपूर्ण निकायको रुपमा रहेको जिल्ला समन्वय समितिले आफ्नो भूमिका निर्वाह गर्ने अवसर प्रदान गरेको छैन् । दोस्रो चौमासिक अवधि सकिन लाग्दा समन्वय समिति दैलेखले पाएको अधिकार प्रयोग गर्न नपाएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए ।


जिल्ला समन्वय समिति संचालन गर्न बनेको कार्यविधिको परिच्छेद १२ मा जिल्ला भित्रका सरकारी, गैर सरकारी निकायहरुले संचालन गरेका विकासे वा अन्य कामहरुको अनुगमन गरेर अनुगमनमा भेटीएका कमिकमजोरी र अन्य बिभिन्न बिषयहरु समेटेर प्रतिवेदन तयारी परेर हरेक चौमासिक अवधिको अन्तिममा सम्वन्धित स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई बुझाउनुपर्ने प्रावधान छ । दैलेख जिल्ला समन्वय समितिले प्रावधानअनुसार काम गर्न नसकिएको बताएको छ ।
दैलेखका रहेका ११ वटै स्थानीय तहका सरकार प्रमुखहरुलाई आफ्नो नगरपालिका वा गाउँपालिकामा यस आर्थिक बर्षको बजेट बिनियोजनको विवरण उपलब्ध गराईदिनु भनेर पत्राचार गरेको भएपनि अहिलेसम्म ४ वटा स्थानीय तहबाट मात्रै बजेटको जानकारी आएको जिल्ला समन्वय समिति दैलेखले जानकारी दिएको छ ।
दुल्लू नगरपालिका, गुराँस, भगवतीमाई र नौमूले गाउँपालिका बाहेक अरु कसैले पनि रकमको बिवरण जिल्ला समन्वय समिति दैलेखमा नदिएको जिल्ला समन्वय समिति सदस्य बालकृष्ण के.सी.ले बताए ।
२०७४ साल भाद्र २४ गते दैलेखका ११ वटै स्थानीय तहका सरकार प्रमुख, उपप्रमुखहरुले संयुक्त रुपमा हस्ताक्षर गर्दै संघियतालाई स्थानीय तहसम्म संस्थागत गर्न सुशासन र पारदर्शीतालाई महत्व दिने भनेका छन् तर जिल्ला समन्वय समितिलाई बिवरण माग्दा उपलब्ध गराएका छैनन् ।
जिसस सदस्य के.सी. भन्छन् म आफै गाउँपालिकाका सडक निर्माणको अनुगमनमा पुगे तर अहिलेपनि पूर्ण रुपमा बजेटको सदुपयोग भएको छैन्, गत वर्ष वा अन्य निकायबाटै खनिएका सडकहरुमा लाखौं रकम पुनः खर्च गरिएको छ । सडक छेऊमा बिरुवा रोपिएको छैन्, नालिको राम्रो व्यवस्थापन हुन सकेको छैन् यस्ता धेरै समस्याहरु अहिलेपनि कायमै रहेका छन् हामिले अनुगमन गरेका स्थानहरुमा पृष्ठपोषण सहितको प्रतिवेदन दिएका छौं । सोही अनुसार सुधार हुन्छ भन्ने आशा गरेका छौं । कम्तिमा १५ लाख भन्दा माथिका विकासका कामहरु सम्पन्न गर्नुपुर्व सार्वजनिक सुनुवाई गर्नुपर्ने हो त्यो पनि भएको देखिएन्, यस्ता बिषयहरुमा गाउँपालिका प्रमुख र नगरपालिका प्रमुखहरुलाई सुझाव दिएका छौं ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com