Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सांसदले ५९ हजार पाउने मुख्यमन्त्रीको तलब झण्डै ६३ हजार

         ||   131 Views   ||   Published Date : 8th March 2018 |

 

धमाका संवाददाता
फाल्गुन २३, दैलेख
प्रदेश ७ का मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलव सुविधा तोकिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पारिश्रमिक लगायत सेवा सुविधासम्बन्धी निर्णय गरेको हो ।अब मुख्यमन्त्रीले पारिश्रमिकसहित मासिक ६२ हजार ९ सय ७० रुपैयाँ पाउने छन् । प्रदेश मन्त्रीहरुले पारिश्रमिक सहित मासिक ५४ हजार बुझ्नेछन् । सभामुखले ५६ हजार ५ सय पाउनेछन् । मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुले सरकारी आवास सुविधा पनि पाउने छन् ।

‘सरकारबाट तोकिए बमोजिम प्रदेश मन्त्रीपरिषद्का सदस्य र सांसदहरुको सेवा सुविधा निर्धारण गरेका हौं’, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले भने ।त्यसैगरी उपसभामुख र विपक्षी दलको नेताले मासिक ५३ हजार २ सय ५० प्राप्त गर्नेछन् । साथै आवास भत्ताका लागि १२ हजार थप बुझ्नेछन् ।
दलका सचेतक र समितिका सभापतिहरुले पनि १२ हजार रुपैयाँ आवास भत्तासहित ६२ हजार ७ सय रुपैयाँ पाउनेछन् । प्रदेश सांसदहरुले आवास भाडासहित एकमुष्ट ५९ हजार मासिक रुपमा प्राप्त गर्नेछन् ।
बैठक तथा भ्रमण भत्ता र फर्निचर वाफतको रकम मुख्यमन्त्री, मन्त्री, सभामुख लगायत सांसदहरु सबैलाई उपलब्ध हुनेछ ।
प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ मन्त्रालय छन् । राज्यमन्त्री र सहायक मन्त्री समेतको सेवा सुविधा निर्धारण गरिएको भएपनि राज्य र सहायक मन्त्री भने नियुक्त भएका छैनन् ।
बुधवारको बैठकले कुलानन्द उपाध्याय प्रदेश मुख्यन्यायाधिवक्ता नियुक्त गर्न प्रदेश प्रमुखसामू सिफारिस गरेको छ । मुख्य न्यायाधिवक्ताले उच्च अदालतका न्यायधिशले पाउने सुविधा सरह सेवा सुविधा पाउनेछन् ।
बैठकले कानुन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहको अध्यक्षतामा ४ सदस्यीय कानुन मस्यौदा समिति गठन गरेको प्रमुख सचिव लक्ष्मीराम पौडेलले बताए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com