Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बेरोजगारी समस्या समाधान गर्न युवा स्वरोजगारलाई प्रभावकारी बनाऊ

         ||   73 Views   ||   Published Date : 7th March 2018 |

वेरोजगार युवाहरुलाई गाउँमै रोजगारी दिने उद्देश्यले नेपाल सरकारले संचालन गरेको युवा स्वरोजगार कार्यक्रम हरेक जिल्लामा संचालन भएको छ । उद्योग वाणिज्य संघ मार्फत दैलेखमा केही वर्ष अघि देखि संचालन भएको कार्यक्रमको प्रभावकारीता हात नपरेपछि अहिले सहकारी माध्यामबाट लगानी सुरु गरिएको छ ।
लगानीको जिम्मा लिएका कतिपय सहकारीहरुले निकै प्रभावकारी र उपलब्धिमुलक कामहरु गरेको देखिएको छ भने कतिपय सहकारीहरुले युवाहरुको नाम मात्रै राखेर लाखौं रकम व्यक्तिगत रुपमा संचालन गरेका छन् । यस्ता उदाहरण भएका कतिपय सहकारीहरुलाई कारवाहीको दायरामा ल्याउने अभियान पनि दैलेखमा सुरु गरिएको छ । अँझै छानवीन गरेर काम नगरेका वा भनेको ठाउँमा लगानी नगरेका सहकारीलाई कारवाही गरि रकम असुली गर्नुपर्ने अहिलको आवश्यकता हो भने राम्रो र प्रभावकारी रुपमा लगानी गरेका सहकारीहरुलाई थप प्रभावकारीताका लागि लगानी बिस्तार पनि अर्को आवश्यकता हो । स्थानीय जिल्ला प्रशासन कार्यालयको समन्वयमा पछिल्ला दिनहरुमा युवा स्वरोजगार कार्यक्रमको अनुगमन र रेखदेख हुन थालेपनि यसको प्रभावकारीता बढेको देख्न सकिन्छ ।
लगानी डुब्ने डरले कतिपय सहकारीहरुले समेत खुलेर लगानी गर्न नसक्ने अवस्था देखिएको छ । यसका लागि पनि स्पष्ट नीति निर्माण गरेर युवाहरुले रकम लिएपछि उत्पादन क्षेत्रमा मात्र लगानी गरुन् र त्यसको प्रतिफलबाट आम्दानीको वातावरण तयार होस भन्ने कुरालाई प्रभावकारी बनाउँदै गएको खण्डमा युवाहरु बेरोजागरी हुनुपर्ने र विदेश जानुपर्ने समस्या केही हदसम्म कमि आउन सक्ने देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com