Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

“गरिव प्रदेशमा जन्म भो, अव धनी भएर मर्नुपर्छ” कर्णाली प्रदेशको सम्बृद्धिको लागि दैलेखको पेट्रोलियम उत्खनन् पहिलो कार्यःभण्डारी

         ||   164 Views   ||   Published Date : 7th March 2018 |

 

विष्णु शर्मा
फाल्गुन २२, दैलेख


“गरिव प्रदेशमा जन्मनु हाम्रो कुनै दोष होईन गरिव प्रदेशमा जन्म भयो भनेर गरिवै भएर मर्ने होइन अव धनि भएर मर्नुपर्छ । कर्णाली प्रदेशका नागरिकहरुले अव सोच परिवर्तन गरेर धनि बन्ने सोच राख्नुपर्ने बेला आएको छ । हाम्रो प्रदेश कसरी धनि हुनसक्छ, हामी कसरी धनी हुन सक्छौं, सम्बृद्धि हुन सक्छ । हामीले बृहत सोच गर्दा कसैले हामीलाई पागल पनि भन्न सक्छन्, त्यसको हेक्का नराखिकन हामी काम गर्ने तयारीमा छौं जनताले साथ दिनुपर्छ । ”
मन्त्रीको सपथ पश्चात राजधानी सुर्खेत बाहेक पहिलो भ्रमण दैलेख गरेका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रदेशको विकासमा जुनसुकै नागरिकहरुले दिएका राम्रा सुझाव र सल्लाहहरु सहजै ग्रहण गरेर उपयुक्तताका आधारमा लागु गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् । छिमेकी मुलुकहरु चिन र भारतले गरेका आर्थिक विकासका सकारात्मक पाठहरुलाई सिको गर्नुपर्नेछ, भण्डारीले भने, “कर्णाली प्रदेशको सम्बृद्धिका लागि पहिलो काम दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् हो ।” विगतमा दुईपटक नाकाबन्दी हुँदा अरुलाई धम्क्याउनका लागि मात्रै खानी खोजि गरिएको भन्ने आरोप पनि अहिले लागेको छ । अब त्यसो हुँदैन् केन्द्र सरकारसँग तत्काल समन्वय गरेर यसको बास्तविक खोजी गर्छौं । खोलामा वगेको सेतो सुनलाई प्रयोग गर्नुपर्छ, दैलेखमा निर्माण तयारीमा रहेको माथिल्लो कर्णाली जलविद्युत आयोजना तत्काल निर्माण गर्नुपर्छ अव निर्माण कम्पनीले बाहना बनाएर भाग्न पाउँदैन् । हामी हरेक नागरिकको सुरक्षा सँगै कर्णाली प्रदेशमा रहेका सवै विकासे आयोजनाको पूर्ण सुरक्षाको ग्यारेन्टि गर्छांै ।
२० वर्षपछि कर्णाली प्रदेशको सम्बृद्धि सिक्न लाखौं मानिसहरु आउनेछन् ।
अव जनताहरु चुप लागेर नबस्नुस्, सरकारबाट राम्रो काम भएन भने, ठूला र आर्थिक सम्बृद्धि हुने कामहरुमा ढिलाई भयो भने सरकारलाई घचघच्याउनुहोस्, त्यतीले भएन भने, मन्त्रालय घेराऊ गर्नुहोस् र आफैले कामको सुरुवात गर्ने प्रयास पनि गर्नुहोस् अनि सरकार सुन्न बाध्य हुन्छ । हाम्रो प्रदेश सम्बृद्धि हुन्छ । तपाँई हामी सबै सकारात्मक सोचबाट अगाडी बढ्यौं भने अवको २० वर्षपछि कर्णाली प्रदेशमा देश बिदेशका लाखौं मानिसहरु सिक्न आउने छन् ।
सुरुङ्ग मार्गको तयारीमा जुट्नुहोस् ः
कल्पना गर्दा कसैले पागल पनि भन्न सक्छन्। कर्णाली प्रदेश भौगोलिक हिसावले बिकट छ । बिटक छ भन्दैमा सपना बुन्न नपाईने भनेर कसैले छेक्दैन्, हवाई सँगै अव सुरुङ्ग मार्गबाट यो प्रदेशमा यातायात सहज बनाउनुपर्ने सपना आफुले बुनेको भण्डारीले बताए । राजधानीबाट छोटो र सहज यात्रा गर्नका लागि सुरुङ्ग मार्ग प्रदेशको आवश्यकता हो । अहिले सुरुङ्ग खन्ने मेसिनहरु नेपालमा आईसकेका छन् । प्रयोग पनि हुन थालेको छ । अवस्थाको बिश्लेषण गरेर प्राविधिक आधारमा डोजर लगाएर भएपनि सुरुङ्ग मार्गको सुरुवात गर्न स्थानीय सरकार प्रमुखहरुपनि लाग्नुहोस् हामीपनि थालनी गर्छौं असम्भव भन्ने केही छैन् । भण्डारीले भने ।
संबृद्धिका लागि शान्ति सुरक्षा ः
आफुले सपथ ग्रहण गरेको चौथो दिनमै शान्ति सुरक्षाको खाका तयार पारेर यो अभियान प्रदेशभरी लैजानका लागि पहिलो कार्यक्रम दैलेखमा गरिएको भण्डारीले बताए । शान्ति सुरक्षा भनेको यो प्रदेश सम्बृद्धिको लागि हो हामीले यहाँका सबै कुराको शान्ति सुरक्षा प्रदान गर्छौं । यो प्रदेशमा लगानीमैत्री वातावरण तयार गर्छौं । ठूला आयोजनाको जिम्मा लिएकाहरुले ढिलाई गरे कालोसूचिमा राख्छौं । पुन ः जनताको पैसाबाट लगानी गर्न सकिने संभावना भएका स्थानहरुको खोजी गर्छौैं र काम सुरु गर्छौं । अव विकास र शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन् ।
दैलेखका प्रदेश सभासद शुसिल थापाले माथिल्लो कर्णाली आयोजनाको जिम्मा लिएको कम्पनी आफै बाहना बनाएर भाग्न लागेको संकेत पाएको भन्दै कुनै हालतमा भदौंसम्म कामको सुरुवात नभए, सरकारले कुनै पनि क्षेतिपूर्ति नदिने र अर्को माध्यामबाट भएपनि आयोजना अगाडी बढाउन पहल गर्ने बताए ।
कर्णाली प्रदेश सरकारले लिएको सुरक्षा रणनीतिको बारेमा, स्थानीय सरकार र नागरिक समाजको सरकार प्रतिको भावना के छ भनेर पहिलोपटक दैलेख जिल्ला भ्रमणमा आएका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले स्थानीय सरकार प्रमुख उपप्रमुख, दैलेखका सरकारी कार्यालयका प्रमुख, नागरिक समाज लगायतसँग अन्तरक्रिया समेत गरेका छन् ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख रणबहादुर चन्दले सरकारले जारी गरेको ४० बुदे घोषणापत्र निकै महत्वपूर्ण रहेको र सोही अनुसार जनताहरुले प्रहरीसँग सहकार्य गरेर अभियान सफल पार्न सहयोग गर्नुपर्ने बताए । प्रदेशको भौगोलिक बिकटता अनुसार जनशक्ति न्यून रहेपनि हरेक गाउँपालिका र नगरपालिकाका जनताहरुको पूर्ण सुरक्षाका लागि प्रहरी तयार रहेको चन्दले बताए ।
अहिले समाजमा भएका महिला, बालबालिका बिरुद्धका अधिकाँस घटनाहरुको मुख्य कारण मदिरा हो, यसको नियन्त्रण गर्न हरेक गाउँपालिका र नगरपालिकाका सरकार प्रमुखहरुको पहिलो दायित्व हुनुपर्ने सुझाव दिए । मदिरा सँगै अहिले युवाहरु लागु औषध कारोवारमा धेरै फसेका छन्, लागु औषधको कारोवार गर्ने व्यक्तिहरुको पहिचान गरेर प्रहरीमा खवर गर्न चन्दले सुझाव दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलको तर्फबाट बोल्दै नेपाली काँग्रेसका कार्यवाहक सभापती पूर्णबहादुर खत्रीले अव राजनीतिक रुपमा यो वा त्यो भनेर लडाँई गर्ने दिनहरु सकिएका छन् । सबै मिलेर प्रदेशको विकासमा लाग्नुपर्ने देखिएको छ । भारत, मलेसिया गएका युवाहरुलाई देशमा फर्काउनुपर्ने छ, ठूला ठूला विकासका आयोजनाहरु निर्माण गर्नुपर्ने बेला आएको छ । अव सम्बृद्धिको लडाँई जरुरी रहेको खत्रीले बताए ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले हरेक स्थानीय तहका सरकारहरुले आफ्नो गाउँ वा नगरको संबृद्धिका लागि आवश्यक योजनाहरुको सुरुवात आफैबाट गर्नुपर्ने र थप आवश्यक परेको खण्डमा प्रदेश र केन्द्र सरकारसँग समन्वय र सहकार्यको काम गर्नुपर्ने बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुलाई बिभिन्न बाहनामा सुरक्षा चुनौती पनि आएको भन्दै यसको लागि प्रदेश सरकारले दैलेखमा थप सुरक्षा वल तत्काल पठाउन आग्रह गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ दैलेखका पूर्व अध्यक्ष बिष्णु शर्मा, नमन शाही, भूपेन्द्र शाही, अमर सुनार र अन्य नागरिक समाजको तर्फबाट बिरबहादुर भण्डारी लगायतले दैलेखको पंचकोशी क्षेत्रको विकास सँगै पर्यटकीय क्षेत्र घोषणा, सुर्खेत देखि दैलेख सदरमुकाम हुँदै महावु जुम्ला जोड्ने सडक दुई लेनको बिस्तार गर्न सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । जिल्ला समन्वय समिति दैलेखले कोटीलामा मानवनिर्मित ताल निर्माण गर्नुपर्ने, माथिल्लो कर्णाली जलविद्युत आयोजना र दैलेखको पेट्रोलियम पदार्थ उत्खनन्मा प्रदेश सरकारको पहिलो ध्यान जानुपर्ने लगायतका बिभिन्न मागहरु राखेर मागपत्र पेश गरेको छ । मन्त्रीको स्वागत सहित दैलेखको सुरक्षाको बारेमा प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले प्रष्ट पारेका थिए भने कार्यक्रम संचालन सामाजिक विकास अधिकृत खमबहादुर थापाले गरेका थिए ।

 

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com