Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

नगरपालिकामा पहिलो पटक गाडियो १ सय ५० पोल तीन वर्षभित्र सबै वडामा बत्ति बाल्ने योजना

         ||   61 Views   ||   Published Date : 6th March 2018 |

 


धमाका संवाददाता
फाल्गुन २१, दैलेख


दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा पहिलोपटक १ सय ५० पोल गाडिएको छ । नगरपालिकाले तीन वर्षभित्र सबै वडामा बत्ती बाल्ने अभियान अन्तर्गत पोल र तार बिस्तारको कामलाई प्रभावकारी रुपमा अगाडी बढाईएको चामुण्डाबिन्द्रासैनी नगरपालिका दैलेखका प्रमुख शुर्यबहादुर शाहीले बताए ।
पोल र तार बिस्तारको लागि यो वर्ष ७१ लाख रकम खर्च गर्ने योजनामा नगरपालिका रहेको छ । नेपाल सरकारको ६ लाख सांसद क्षेत्र विकास कोषको ५० लाख, नगरपालिकाले १५ लाख रकम यो वर्ष खर्च गर्ने योजनामा रहेको नगर प्रमुखले बताए ।
पहिलो चरणमा नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ मा मेन लाइन विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको छ, बैशाख भित्र कम्तिमा ५ वटा वडाहरुमा बत्ति बल्ने योजना रहेको नगर प्रमुख शाहीले बताए ।
नगरपालिका घोषणा सँगै निर्वाचित जनप्रतिनिधिहरुले राम्रो कामको सुरुवात भएको भन्दै स्थानीयहरु हर्षित भएका छन । विद्युत सँगै साना ठूला उद्योग धन्दा संचालन हुने आशा स्थानीयको छ ।
चामुण्डाविन्द्रासैनीमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखको प्राविधिक सहयोगमा लाइन विस्तार गरिएको हो ।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा ४ हजार ४ सय ४२ घरधुरी रहेका छन । विद्युतको लाइन विस्तार गर्दा पहिलो चरणमा १ हजार ५ सय भन्दा बढी लाभान्वीत हुने नगरपालिकाको भनाई छ ।
नगरपालिकाले कृषि क्षेत्रमा सुधार ल्याउने अभियान पनि थालनी गरेको छ अहिले प्रवृधीयुक्त कृषिको अभियान सँगै हाते ट्याक्टर, धान गहुँ केलाउने मेसिनको प्रयोगमा बृद्धि गर्ने अभियान थालिएको नगरप्रमुख शुर्यबहादुर शाहीले बताए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com