Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

चुप्रा बजारमा ५० लाख लगानी गर्दै युवा स्वरोजगार

         ||   53 Views   ||   Published Date : 6th March 2018 |

 


धमाका संवाददाता
फाल्गुन २१, दैलेख


वेरोजगार युवाहरुलाई गाउँमै रोजगारी दिने उद्देश्यले संचालन भएको युवा स्वरोजगार कार्यक्रमले दैलेखको चुप्रा बजारमा ५० लाख रकम लगानी गर्ने भएको छ । कार्यक्रम थप प्रभावकारी भए १ करोड सम्म लगानी गर्न सकिने जिल्ला संयोजन तथा अनुगमन समिति सदस्य सचिव टिकाराम बुढाले बताए । स्वरोजगारको रकम लिएका व्यवसायिहरुलाई अनुशिक्षण समेत सम्पन्न गरिएको छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा गरिने लगानीको प्रभावकारीता, उपयोगिताका बारेमा डुङ्गेश्वर गाउँपालिकाको वडा नं. १ चुप्रा बजारमा अनुशिक्षण सम्पन्न भएको हो । कोषका जिल्ला सदस्य सचिव टिकाराम बुढाले कोषको रकम संचालनका प्रक्रिया र बिधिका बारेमा जानकारी गराएका थिए । दैलेख उद्योग वाणिज्य संघका महासचिव राजेश कुमार हमालले व्यवसाय विस्तारका चुनौतीको बारेमा जानकारी गराएका थिए ।
बेलपाटा कृषि बहुमुखी सहकारी संस्था दैलेखले युवा तथा साना व्यवसायीहरुलाई स्वरोजगार कोष अन्तरगत रकम वितरण गर्दै आएको छ । सहकारीका अध्यक्ष श्याम रानाले पहिलो किस्ता रकम युवाहरुलाई लगानी भैसकेको र लगानीले राम्रो प्रतिफल दिएको बताए । चुप्रा बजारमा रहेका ५० जना व्यवसायीहरुलाई युवा स्वरोजगारको रकम लगानी गर्ने तयारी भएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com