Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

यस्तो थियो कर्णालीमा युद्ध पत्रकारिता 

         ||   157 Views   ||   Published Date : 20th February 2018 |


नविन रिजाल

केन्द्रिय सदस्य प्रेस सेन्टर नेपाल  नेकपा (माओवादी) ले वि.स. २०५२ फागुन १ गते जनयुद्धको घोषणा ग¥यो । यस जनयुद्धमा जनसेनाको जस्तै प्रचार कार्य पनि महत्वपूर्ण थियो । त्यस कार्यमा कर्णाली क्षेत्रमा आँउदा मैले अवसर पाएँ । मेरो रोजाईको विषयबस्तु मिसन पत्रकारिता भएकाले पार्टीले दिएको जिम्मा मैले गम्भीरताका साथ          लिए । युद्धलाई वस्तुवादी ढंगवाट विश्लेषण गरी समयसापेक्ष बनाउन आवश्यक थियो । तत्कालिन सरकारले दमन अभियान अगाडि बढायो । तर गरिब, निमुखा वर्गको मुक्ति चाहनेहरु झनै संगठित हुन थाले । मैले यही कुरा सम्प्रेषण गरेँ ।  राज्यले हाम्रो कामलाई समेत आतंककारीको बिल्ला भिरायो । हामीले आफ्ना कलमलाई झन् तिखो बनाउदै जनतालाई क्रान्तिको पक्षमा लाग्न र स्वतन्त्रताको गीत गाउन आह्वान गर्दै कलम चलायौं । साहित्यिक पत्रिका कलम, जनादेश र जनदिशा दैनिकका प्रधानसम्पादक कृष्णसेन इच्छुकसहित कञ्चन प्रियदर्शी, देवकुमार आचार्य, कमल एसी, विनोद चौधरी, डि. कौडिण्य, ज्ञानेन्द्र खड्का लगायतलाई कब्जामा लिएर हत्या ग¥यो । राज्यले त्यतिखेर नेपालमा पत्रकारहरुको लागि विश्वकै ठूलो जेल बनायो । प्रायः क्रान्तिकारी पत्रकारहरु जेलमा बन्दी बनायो ।  दैलेखको सन्दर्भमा पनि क्रान्तिकारी पत्रकार देउरुपा सलामी, सुकुल सिंह,                राजेश शाही, प्रकाश न्यौपाने जस्ता योद्धाहरुको विभत्स हत्या गरियो । मिलन नेपाली, दण्डपाणी शर्मा जस्ता दर्जनौं पत्रकार राज्यपक्षबाट बेपत्ता पारियो । युद्धको मोर्चामा जीवनको प्रवाह नगरी समाचार संकलन गर्ने पत्रकार नै साहसिक पत्रकार हुन् । फौजी आक्रमणमा माओवादी विद्रोहले पुराना सत्ताका क्याम्पहरु जतिजति हमला गरे, ती सबै मोर्चामा क्रान्तिकारी पत्रकारहरु सहभागी भएका थिए । युद्ध मोर्चाहरुमा संगसंगै दुश्मनसंग पौठेजोरी खेलीरहेका जनसेना र शाहीसेनाका गोलीका पर्राको बीचमा कलम   रेकर्डर क्यामेरा चलाउनु कम चुनौती         थिएन । बाजुराको पाण्डुसेन, रुकुमको रुकुमकोट, अछामको मंगलसेन, अर्घाखाचीको सन्धिखर्क, जुम्लाको खलंगा, डोल्पाको दुनै, रोल्पाको होलेरी, म्याग्दीको बेनी, रोल्पाको सिस्नेगाम, पाल्पाको तानसेन, दैलेखको नौमूलेमा दुनियामा साहसिक पत्रकार सहभागी भएका थिए । नेपालमा सरकारभन्दा बाहिर रहेर रेडियो प्रशारण गर्नु कल्पनाको विषय थियो । तर असम्भव भन्ने कुरा केहि हुदो रहेनछ । काठमाण्डांै महानगरपालिकाले सञ्चालन गरेको         रेडियो मेट्रो सँगै अरु पाँच टान्समिटर आएका थिए । त्यसलाई पार्टीले प्रयोग गर्न सफल भएकैले देशभर जनताको पक्षमा रेडियो गणतन्त्र घन्कन पाएको थियो । मैले यिनै रेडियोमा कालिकोट पिली आक्रमणलाई प्रशारण गर्ने मौका पाएँ । त्यतिबेला भेक आवाजका चंख       रोकाया पनि थिए । योजनाबद्ध आक्रमण भएकाले माओवादीले पिली आक्रमण सफल पा¥यो । २५० तत्कालिन नेपाली सेनामध्ये एक सय ६९ जनाको मृत्यु     भयो । ६० जना कब्जामा परे । विद्रोही सेनाका उच्च तहका कमाण्डरसहित २२ जनाको मृत्यु भयो । यो अभियानमा ज्यानको बाजी थापेर भेरी कर्णाली प्रदेशका सञ्चारमाध्यमका रुपमा जनसन्देश पत्रिका, रेडियो भेक आवाज थियो । रेडियो भेक आवाजमा रामलाल विकको नेतृत्व थियो । अछाममा सेतीमहाकाली रेडियो र पत्रपत्रिका     थिए । यस्ता सबै क्षेत्रमा विभिन्न नामका मिडियाहरु माओवादीले सञ्चालनमा ल्याएको थियो । रेडियोमा दुई पक्षहरु लडेको आवाजसमेत सुनाउनका लागि दोहोरो बन्दुकको बिचमा रुखको आड लिएर आवाज रेर्कड गराउनुपर्ने पीडा पत्रकारलाई छदैं थियो । त्यही अभियानमा मैले मेरो दायित्व बढेको बोध गरेँ । खासगरी समाचार संकलनका साधनहरु क्यामरा, रेकर्डर संरक्षण गर्नु अझै बढी जोखिमपूर्ण थियो । क्यामरा रिल, क्यासेट, ब्याटी, डायरीको संरक्षण पनि उत्तिकै जोखिमपूर्ण थियो । युद्धको भीषणतासंगै विष्फोटन आगोपानी, चिसो गर्मी र रसायन आदिले गर्दा यस्ता सहयोगी साधनहरु कहिलेकाही विग्रने, नष्ट हुने चिन्तासंगै ज्यानको जोखिम          राखेर गरिएको यो पत्रकारितालाई आजभोलि कहिकतैबाट हल्का रुपमा विश्लेषण गरेको देख्दा उदेक पनि लाग्ने गर्दछ । तत्कालिन समयमा उच्च हिमाली भेगमा युद्ध मोर्चाहरुमा जाडोले ब्याट्रीका शक्ति नष्ट हुन्थे । बजारको अभावले आवश्यक सामग्री हुदैन्थ्यो । युद्ध यात्रामा नदी तर्नुपर्ने, वर्षामा हिलोमा हिड्नुपर्दा समाचारका सामग्री भिजेर बिग्रन्थे ।     यसरी बाच्ने र मर्ने ठेगान नभएको जोखिमपूर्ण काम गरेका कारण युद्ध   पत्रकारिताको परिभाषा भएको हो । तत्कालिन समयमा माओवादीले सञ्चालन गरेका विभिन्न सञ्चारमाध्यम मध्ये केन्द्र भागमा जनादेश र जनदिशा लगायतका पत्रपत्रिका थिए । लिथो मसीबाट जंगलका ओडारमा राखेर प्रकाशित हुन्थे । रेडियो बजाउनका लागि अग्लो रुखका टुप्पामा टावर  राखेर बजाउनुपर्ने बाध्यता थियो । असुरक्षा हुनासाथ एक ठाउबाट अर्को ठाउमा रेडियोका सामग्रीहरु डोकोमा बोकेर हिडिन्थ्यो । डोके रेडियो भन्ने चलन पनि थियो । यी मिडियामा युद्ध पत्रकारहरुले जोखिम मोलेर ल्याएका समाचारहरु बज्ने गर्दथे ।           भेरी कर्णाली प्रदेशको जाजरकोटको खुरु गर्खाकोट जंगलमा रहेको अग्लो डाँडामा रेडियो टावर         थियो । उता, रुकुमको तीन बहिनी हिमालमा जनगणतन्त्र रेडियो नेपाल थियो । त्यसको सम्पूर्ण जिम्मा सचिन              रोकाको थियो । उहा रेडियो प्रबन्ध निर्देशकसमेत हुनुहुन्थ्यो । उहाको टिममा लक्ष्मी पुन, मौसम रोका पनि हुनुहुन्थ्यो अहिले उहाको सक्रियतामा  सुर्खेतमा प्रदेश एफएमको परीक्षण प्रसारण           भैरहेको छ । उहाले युद्धको समयमा साहसिक पत्रकारको भूमिका पाएपछि प्रचारप्रसारका गतिविधिहरु पनि आफ्नो उद्देश्य अनुसारको श्रमजीवि सर्वहारा वर्गकै पक्षमा बढी हुने गर्दथे । युद्ध पत्रकारिताको इतिहास हामीसितै छ । रोका अहिले नेपाल टेलिभिजनको          डाइरेक्टर हुनुहुन्छ्र । हरिमाया शर्मा आशा) युद्ध पत्रकारितामा छदा उनका परिवारका चार जना सदस्य राज्य पक्षबाट मारिएका छन् । बाबु, दाजु, बहिनी र आफ्नो नजिकको नातेदार गुमाउदा उनले जीवनको ठूलो पीडा भोग्नुपरेको थियो । अहिले उनी ६ नंं प्रदेशको संयोजक छिन् । यसले युद्धको समय कस्तो थियो भन्ने समेत प्रतिनिधित्व गर्दछ ।  दश वर्षको अवधिमा १७ हजारबढीको ज्यान गएको छ । दर्जनौ दर्जन घाइते र अंग भंग र बेपत्ता           परिएका छन । अब त्यो कथा भैसक्यो भन्नेहरु पनि छन् । किनकी, त्यसलाई लिपीबद्ध गर्न सकिएन । तर, जिउदा योद्धाहरु अहिले पनि प्रमाणका रुपमा रहेका छन् । युद्धको काम सजिलो हुने भएको भए जोकोहीले पनि मोर्चा कस्न तम्सने थिए । तर, त्यस्तो सम्भव छैन् । जनयुद्ध आफैमा अभियान हो । त्यो       गरिब, निमुखा, अभावमा जेलिएका, भ्रष्टाचारबाट आक्रान्त भएको मुलुकमा    हुन्छ । यो अभियान सफल गराउनमा युद्ध पत्रकारको पनि ठूलो बलिदानी छ । मानव समाजका शोषणका सबै जालोबाट मुक्त गराउन महान विचार दिनुहुने माक्र्स, लेलिन माओले आफ्नो जीवनकाल पत्रकारिताबाटै सुरु गर्नुभएको थियो । दुनियाका महान व्यक्तिको जीवन पत्रकारिताबाटै सुरु भएको पाइन्छ । युद्ध विरासतबाट आएका क्रान्तिकारी पत्रकारहरुले नेपाल पत्रकार महासंघको नेतृत्व पाएसम्म उदाहरणीय काम गर्न सफल भएका छन् । तत्कालिन युद्धकालिन समयदेखि अहिलेसम्म बिभिन्न आरोह र अवरोह पार गर्दे आएका गोविन्द आचार्य, ओम शर्मा, सचिन रोका, बिष्णु सापकोटा  ओपेन्द्र शर्मा र बलराम थापा लगायतका पत्रकारहरु अग्रज पत्रकारका रुपमा परिचित सँगै अहिलेसम्म नेतृत्वदायि भूमिका निर्वाह गरिरहेका छन् । सुर्खेत महासंघ गणेश कञ्चन भारतीका कारण उत्कृष्ट महासंघ भएको छ । उनले नयाँ नेपाल दैनिक पत्रिका पनि चलाएका छन् । अहिले नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा हिजोका युद्ध पत्रकारका कमान्डर गोविन्द आचार्य रहेका छन् । युद्धमा घाइते पत्रकारहरु पनि छन् । यिनीहरु जीवन निर्वाहमा जटिलता पैदा भएको छ । औषधि         खाइरहनुपर्ने, उपचार गरिरहनुपर्दछ । घाइते पत्रकारहरुमा निम बहादुर बुढाथोकी, दिपेन्द्र रावल, भवानी ऐर, मौसम रोकालगायत छन् । म पनि जनयुद्धको घाइते र पछि पनि योजनाबद्ध आक्रमणबाट घाइते छु । मैंले अहिले पनि समय समयमा निरन्तर औषधि खाइरहेको छु । दुईपटकसम्मको घाइते युद्धकालिन पत्रकारको सूचीमा म पनि पर्दछु । तत्कालीन राज्य पक्षको सेनाको यातनाका कारण म शरिरीक र मानसिक रुपमा असक्त छु । युद्ध पत्रकारिताको इतिहाँसमा क्षेत्रप्रताव सुवेदी र अन्जीरसिहं वि.क को पनि कम भूमिका छैन् । युद्धको समयमा थुप्रै जोखिम मोलेर जीवनको प्रभाह नगरि रिपोर्ट संकलन गर्ने मेरो सहपाटी योद्धा मध्येका उनीहरु पनि एउटा पात्र हुन् । कति दिन त खानाको छाक टारेर पनि रिपोर्ट संकलन गर्न हिडियो । खाना मागेर खाने काम सजिलो थिएन । जनताको घर आगाँनमा गएर नमस्कार ग¥यो भने कसै कसैले त खानाको नमस्कार त होलानी भनेर प्वाक्कै भनिहाल्थे । धेरै दिनहरु भोको पेटमा पनि विताइएका छन कतिपयले भने मिठो बोल्ने, खुशी हुन्थे, सम्मान जनक ब्यबहार पनि गर्थे । युद्ध पत्रकारिताको क्रममा धेरै ठाउँमा बलिदान कोटा पूरा गर्न पालो कुरेर बस्दा पनि त्यो अबसर मिलेन ।  धेरै पटक  मरेछु क्यारे भनेर  मुटूको धड्कन छामे तर ढुकढुकी     चलिरहेको पाए बाँचियो भनेर रमाउदा रमाउदै धेरै पटक मरेको अनूभूति पनि छ ।   जुनसुकै मूल्य र मान्यतामा पनि चाहे युद्ध होस् वा शान्ति होस् पत्रकारहरुको आफ्नो नियम र अनुशासन हुन्छ । तर आजभोलि अव्यवस्थित बन्दै गएको पत्रकारितालाई संवेदनशिल बनाउन सबैको ध्यान जानुपर्ने देखिन्छ । मनपरी बढेको छ । गल्ती नगर्नेहरु कमै मात्रामा भेटिन्छन्  यस्ता सबै कुरालाई निर्मूल गर्न एकजुट हुनुको साटो एकले अर्कालाई अस्तित्व स्वीकार गर्न नसक्ने असहज परिस्थिति अहिले पनि विद्यमान छ  । मालिक पत्रकारले मजदुर पत्रकारको पीडा जहिलेसम्म बुझ्दैनन्, तबसम्म यो समस्याको           निराकरण हुन सक्दैन् । फरक बिचार           राख्नेहरुले यसलाई गलत भनेर ब्याख्या गर्न सक्छन्, तर हामी मिशन पत्रकारिता गर्नेहरु कहिलै बिचलित भएका छैनांै ।  शान्ति प्रकृया सुरु भएपछि   मेरो १३ वर्ष पत्रकारितामै बितीसकेका छन् । हिजोका दिन र आजका दिनमा सोचाई बुझाई र काम गराईमा धेरै भिन्नता छ । हिजोका दिनहरु अतितको सम्झनामा सिमित भैसकेका छन् । युद्ध पत्रकार अहिले व्यवसाय पत्रकारको छाता संगठन नेपाल पत्रकार महासघको बिभिन्न नेतृत्वमा          छन् । २०६४ सालमा नेपाल पत्रकार महासंघ दैलेखको उपाध्यक्ष हुँदै अहिले   पार्षद छु । हामीलाई नेपाल पत्रकार महासघको नेतृत्व लिने कुरा चुनौतिपूर्ण बन्दै आएको छ । परम्परागत सोच र क्रान्तिकारी पत्रकारहरुलाई देख्न नचाहने केही तत्वका कारण अहिले पनि क्रान्तिकारी पत्रकारहरु दरिलो संगठन बनाउन समस्यामा छन् । अहिले पनि धेरै ठाउँमा आस्थाका आधारमा धेरै अपमान सहनु             परेको छ । अहिले राज्य व्यवस्थाको नाम फेरिएको छ । तत्कालिन शाही नेपाली सेनाको नाम पनि फेरिएको छ । व्यवस्था फेरीए पनि जनताको अवस्था फेरीन बांकी नै छ । व्यवस्था           परिवर्तनका लागि युद्ध लड्ने माओवादीहरु एक दर्जन समूहमा विभाजित भएपनि फेरी जुट्ने क्रम चलिसकेको छ । यसबाट समाजमा पारेको असर कयौ सताब्दीसम्म मेटिने छैन । नराम्रो पक्षलाई मात्र नहेरी राम्रो पक्षलाई हेर्दा धेरै सकारात्मक           परीवर्तनहरु भएका छन् । नेपाली जनताले अपेक्षा गरे जती नतीजा नआएपनि राजनैतिक क्षेत्रमा ऐतीहाँसिक उपलब्धीहरु हाँसील भएका छन् । स्थानीयतहको चुनाव सम्पन्न लगत्तै भएको प्रदेश र प्रतिनिधि सभाको चुनावमा त कम्युनिष्टहरुले ऐतिहाँसिक सफलता प्राप्त गर्ने जर्मको गरेका         छन् । मिलेर चुनाव लडेका ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र अहिले एक हुने चर्चा पनि छ । जनताहरु कम्युनिष्टहरु एक भएर मुलुक सवृद्धिका लागि जुटेको हेर्न चाहेका रहेछन भन्ने उदाहरण सावित भएको छ जसका कारण अहिले करिव दुई तिहाई बहुमत             कम्युनिष्टहरु लाई दिएका छन् ।  यो परिवर्तनलाई माओवादीहरुले विगत, वर्तमान र भविष्यलाई समिक्षा गरेर अगाडी बड्न आवश्यक छ ।  अब धेरै कुरामा आफु पनि सुधार्नु आवश्यक छ । मानिसहरु भन्छन् हिजो र आजको समयलाई हेर्दा माओवादीहरुले सबै कुरा छाड्यो, ईतिहाँस र गरिमा छाड्यो,        परिवर्तनको मुद्दा छाड्यो, सिद्धान्त छाड्यो, परिवर्तनमा साथ दिने सहयोगिहरुलाई पनि छाड्यो । माओवादी केन्द्र भन्छ हामीले केही छाडेका छैनौं । मुलुक हाम्रो ऐजण्डामा घुमिराखेको छ । जनतालाई बुझाउन नसक्नु हाम्रो कमजोरी हो । माओवादी समय समयमा कमजोर हुँदै जानु एउटा कारण यो पनि हो । दश वर्षै जनयुद्धमा राज्य परिवर्तनका लागि जीवन मरणको लडाँई लडेका माओवादी कार्यकर्ताहरु र आम जनताको जनताको आर्थिक, आवस्था नाजुक छ । माओवादी पटक पटक सत्तामा जाने गरेको छ । जिल्ला देखि केन्द्र सम्म नाता पाता आफ्ना सम्बन्ध भएका मानिसहरुले मात्र सहयोग पाउँछन् जनयुद्धले बिजोग बनाएको कार्यकर्ता र कतिपय जनताहरुको अवस्था झनै नाजुक बन्दै जानुले अरु मुद्दा नछोडेपनि परिवर्तनका सहयोगिहरुलाई सम्मान दिन नसको हो कि जस्तो देखिन्छ । यि यस्तै कमजोरीहरु सुधार गर्न सकेको खण्डमा मात्र माओवादी सँग जोडिएको क्रान्तिकारी पत्रकार संघ पनि अगाडी बढ्न सक्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com