Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

जिल्ला भित्र औधोगिकग्राम स्थापना गर्न पहल गरिनेछ ः थापा

         ||   153 Views   ||   Published Date : 4th February 2018 |

दैलेख उद्योग वाणिज्य संघ दैलेखको यहि माघ २५ र २६ गते हुन लागेको ९ औँ साधारण सभा तथा ८ औ जिल्ला अधिवेशन नजिकिदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । दैलेख उद्योग बाणिज्य संघ दैलेखको निर्वाचनमा यस पटक दुई वटा प्यानल बनाएर छुट्टा छुट्टै निर्वाचनमा होमिएका छन् । निर्वाचनमा होमिएको एउटा शसक्त प्यानल प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले गाउँ अभियानलाई तिब्र पारेको छ । चुनाव लाई लक्षित गर्दै प्रगतिशिल उद्योगी व्यापारिहरुको साझा प्यानलले दैलेखका विभिन्न स्थानीय तहमा रहेका साना व्यापारिक केन्द्रहरुमा पुगेर स्थानीय उद्योगी, व्यापारिहरुसंग भेटघाटका साथै छलफल गरिरहेका छन् । प्रगतिशिल प्यानलबाट अध्यक्ष पदका लागि उम्मेदवार बन्नुभएका दैलेख उद्योग वाणिज्य संघ दैलेखका वर्तमान महासचिव नरेन्द्र थापा संग दैलेखका पत्रकार हिक्मत नेपालीले गरेको कुराकानी आजको अंकमा ।


१) तपाईको चुनावी एजेन्डा के हो ?
म दैलेख उद्योग वाणिज्य संघको वर्तमान महासचिव हुँ । मैले एक कार्यकाल उद्योग वाणिज्य संघ दैलेखको महासचिवको जिम्मेवारी पूरा गरे । त्यस अवधिमा धेरै काम गरेको छु । बाँकी रहेका योजनाहरु अव अध्यक्ष भएर पूरा गर्नेछु निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सरकारसंग समवन्य गरेर सबै दायित्व, सबै भूमिका पूरा गर्नेछु । मेरै कार्यकालमा भवन बनिसकेको छ । प्रत्येक गाउँ, नगर सरकार समवन्य गरेर जग्गा किनेर भवन निर्माण गर्नेछु । अपराधिक गतिविधि न्यूनिकरण गर्न सवै बजारमा सिसि क्यामरा जोड्न पहल गर्नेछु । जिल्लामै कृषि जडिबुटीका लागि नौमूलेमा प्रशोधन केन्द्र बनाउने प्रयास गर्नेछु । औधोगिकग्राम बनाउन प्रयास गर्नेछु । सुन्तला तथा तरकारीका लागि चिस्यान केन्द्र गुराँसेमा बनाउने योजना छ । बाहिरबाट आउने जिल्लामा दर्ता नभएका झोले ब्यापारीहरुलाई रोक्नेछु । दैलेखमा रहेका ज्वाला क्षेत्रको ग्यास उत्खननको लागि नेपाल सरकारसंग समन्वय गर्नेछु । अहिलेको उद्योग वाणिज्य संघको भवनमा ब्यवस्थित हल बनाउने छु । मेरो कार्यकालमा सव बहान ल्याउने छु । हाईडो हव बनाउन माथिल्लो कर्णाली लगायत समर्थन गर्ने गराउन प्रोत्सान गर्ने मुख्य एजेण्डा रहेको छ ।
२) तपाईको जित पछि तत्काल के के काम गर्ने योजना छ ?
(मैले जिते लगत्तै जिल्लामा दर्ता नभएर गरिने घुमन्ते ब्यापारिलाई रोक्नेछु । मध्यपहाडी लोकमार्गलाई कालेपत्रे गर्न दवाव दिनेछु । निजि क्षेत्रबाट ब्यापार ब्यवसाय बढाउनका लागि विभिन्न योजनाहरु बनाउनेछु । जडीबुटी को प्रशोधन केन्द्र बनाउनेछु । जिल्लामा ब्यापारिक सुरक्षाका लागि पहल गर्नेछु । ब्यवस्थित तालिम हल बनाउनेछु ।
३) देश नयाँ संरचनामा गएको छ । जहाँ स्थानीय तह, प्रदेश र केन्द्र तह छन् । तपाई जितेपछि उद्योग व्यापार प्रवद्र्धनका लागि स्थानीय, प्रदेश र केन्द्र तह संग कस्तो समन्वय गर्नुहुन्छ ?
हाम्रो यसपालिको निर्वाचनपछि प्रत्येक गाउँ नगरमा शाखा हुन्छ त्यो पूर्ण अधिकार सहितको हुनेछ । चुनाव सम्पन्न भएको १५ देखि ३० दिनभित्र शाखा विस्तार गरिने छ । शाखाको अध्यक्ष जिल्लाको पदेन सदस्य हुन्छ । कर, लगायत विभिन्न कुराहरु समन्वय गरेर जाने छौं । स्थानीय तहका कुनै पनि ब्यापारीलाई परेको समस्य जिल्लाबाटै शाखा हुँदै समाधान गरिने छ । जिल्लामा उद्योग कम छ । उद्योग बढाउन प्रोत्साहन गरिनेछ । त्यसका लागि कागज, जडिबुटी, घरेलु उद्योग लगायतका उद्योगहरु विस्तारमा सहयोगी बनेर काम गर्ने छु । सवै स्थानिय तह र प्रदेशसंंग समन्वय गर्नेछु ।
४) पर्यटकिय क्षेत्रको विकासका लागि के कस्ता योजना छन् ?
( दैलेख जिल्ला ६ नम्वर प्रदेशकै पर्यटन प्रवद्र्धनमा धनी जिल्ला हो । दैलेखमा धेरै कुरा छन् । पर्यटकिय केन्द्रको रुपमा विस्तार गर्नका लागि ब्यवसायीहरुसंग बसेर योजनाहरु गर्नेछु । प्रचार प्रसारका लागि ब्यापार प्रवद्र्धन हुने आर्थिक स्तर बढ्नेछ । पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा सवैसंग सहकार्य गरेर अघि बढ्नेछु ।
५) विगतभन्दा अहिले चुनावप्रचार शैली भड्किलो देखीएको गुनासो आएको छ नी, के हो ?
(विगतभन्दा अहिले अलि अलि बाहिर कुरा आएजस्तै देखिएको छ । प्रतिस्पर्धिले गरेपछि आफु पनि बाध्य भएर प्रचारमा जानु परेको हो । हामीले रोक्ने प्रयास गरेको छौं । र हामी बढी खर्च गर्ने र चुनावलाई भड्किलो बनाउने पक्षमा छैनांै ।
६) समग्र दैलेख जिल्ला भरिका उद्योगी, व्यापारिलाई के भन्न चाहनु हुन्छ ?
२०४३ सालदेखि ब्यापार गरेको हुँ । म देउराली चुरोटमाथि झोला बोकेर ब्यापार गरेको व्यक्ति हुँ । धेरै दुखहरु गरेर अहिले यहाँ पुगेको हो । सवै उद्योगी ब्यापारलाई धन्यवाद दिन चाहन्छु । म र मेरो टिले जारि गरेको १४ बुँदे प्रतिबद्धताहरु अनुसार आगामी दिनमा काम गर्ने विश्वास दिलाउँदै जिल्ला सबै उद्योगी, व्यापारिहरु प्रति विनम्रका साथ सबैबाट सहयोगको अपेक्षा गरेको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com