Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

१४ बुँदे प्रतिबद्धता सहित उम्मेदवार थापाले पठाए पत्र

         ||   69 Views   ||   Published Date : 23rd January 2018 |

हिक्मत नेपाली
माघ ८, दैलेख
दैलेख उद्योग वाणिज्य संघ दैलेखको चुनाव आउन अब केहि दिन मात्र बाँकी छ । निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले गाउँ अभियानलाई तिब्र पारेको छ । चुनावलाई लक्षितगर्दै प्रगतिशिल उद्योगी व्यापारिहरुको साझा प्यानलले दैलेखका विभिन्न स्थानीय तहमा रहेका साना व्यापारिक केन्द्रहरुमा पुगेर स्थानीय उद्योगी, व्यापारीहरु संग भेटघाका साथै छलफल गरिरहेका छन् । चुनाव नजिकिदै गर्दा छलफल र भेटघाटलाई तिव्रता दिएको प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले फरक शैलीबाट चुनावी प्रचार गर्न थालेका छन् ।

“दैलेखको उत्पादन, दैलेखको पहिचान, हराभरा निजी क्षेत्र दैलेखीको अभियान” भन्ने मुल नारा लिएर चुनावी अभियानमा होमिएको प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानललले १४ बुँदे प्रतिबद्धता सहितको एक पत्र पठाएर चुनाव प्रचार अभियान संचालन गरेको छ प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेको वर्तमान महासचिव नरेन्द्र थापाद्धारा हस्ताक्षरित पत्र जिल्लाका सबै उद्योगी, व्यापारिहरुलाई पठाइएको प्रगतिशिल उद्योगी व्यापारिहरुको साझा प्यानललाई जिताउने मुख्य जिम्मेवारी लिएको वर्तमान अध्यक्ष शान्ति प्रसाद शर्माले जानकारी दिएका छन् । जिल्लाका सम्पूर्ण मुख्य व्यापारिक केन्द्रहरुमा पठाइएको पत्र उद्योगी तथा व्यापारीहरुको हातमा पु¥याउनुका साथै स्थानीय उद्योगी, व्यापारिहरु संग भेटघाटका साथै छलफल अभियानलाई पनि तिव्रता दिइएको शर्माले जानकारी दिएका छन् । पत्र मार्फत उल्लेख गरिएका प्रतिबद्धताहरु पूरा गर्नका लागि प्रगतिशिल उद्योगी व्यापारिहरुको साझा प्यानलका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन जिल्लाका उद्योगी व्यापारिहरुसंग आग्रह समेत गरिएको छ ।
यस्ता छन्, प्रतिबद्धता
प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले पठाएको १४ बुँदे प्रतिबद्धतामा विशेष गरि कृषि पर्यटन र जलविद्युतलाई प्राथमिकता राखिएको छ । पत्रमा जिल्लाका प्रत्येक स्थानीय तहमा उद्योग वाणिज्य संघको शाखा कार्यालयको जग्गा व्यवस्थापन गरी भवन निर्माण कार्य तत्काल थालनी गर्न पहलगर्ने उल्लेख गरिएको छ यस्तै स्थानीय तहमा बजारहरुमा आपराधिक घटनाहरुको न्यूनिकरणका साथै शान्ति सुरक्षा कायम गर्नका निमित्त स्थानीय तहहरुसंग समन्वय गरि सि.सि.क्यामेरा जडानका लागि पहल गर्ने उल्लेख गरिएको छ । स्थानीय उत्पादन पर्बद्धन गर्नका लागि आवश्यकता अनुसार उद्योग स्थापना गरि व्यवसायीक शसक्तिकरण संगै बजारको सुनिश्चितता गर्ने, दैलेख उद्योग वाणिज्य संघको भवनमा प्रदेश स्तरीय कार्यक्रम गर्न सकिने आफ्नै घरनिर्माण गर्ने प्रतिबद्धता गरिएको छ । दैलेखलाई पर्यटकिय गन्तव्यको जिल्ला बनाउन दैलेख महोत्सव तथा उद्योग वाणिज्य संघको शाखाहरुमा स्थानीय महोत्सवहरु आयोजना गर्न निरन्तर पहल गरिने उल्लेख गरिएको छ । एक गाउँ एक उत्पादन कार्यक्रमलाई थप प्रभावकारी बनाउनुका साथै स्थानीय, जिल्ला स्तरीय तथा क्षेत्रीय सडक संजालको निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ नेपालगंज, श्रीस्थान, महावु, जुम्ला तातोपानीहुँदै मानसरोवर सम्म पुग्ने पर्यटकिय सडक निर्माण तथा स्तर उन्नतीगरि बजार विकास गर्न सरोकारवाला सबै निकायको ध्यानाकर्षण गरिने उल्लेख छ । स्थानीय स्तरमा रोजगारी सृजनागर्न मद्दत पु¥याउन ठूला तथा मझौला आयोजनाहरुलाई आकर्षीत गर्न तथा सम्पन्न गर्न सहजिकरण गरिने उल्लेख गरिएको छ । नौमूले लगायतका सम्भावित क्षेत्रहरुमा अल्लो तथा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न सम्बन्धित निकायहरुसंग समन्वय गरी पहल गरिने पत्र मार्फत प्रतिबद्धता गरिएको छ । श्रीस्थान लगायत जिल्लाको विभिन्न ठाउँमा रहेका खनिज पदार्थका खानीहरुको सम्भाव्यता अध्ययनलाई निरन्तरता दिई उत्खनन्मा राज्यको ध्यान कार्षण गराउन पहलगर्ने पत्रमा उल्लेख गरिएको छ । जिल्लाका ११ वटै स्थानीयतहहरु संग समन्वय गरी जिल्लामा एक औधोगिक ग्राम स्थापना गर्ने प्रतिबद्धता गरिएको छ जिल्लाका विभिन्न ठाउँमा उत्पादित वस्तुहरुको बजारिकरणका निमित्त कोशेली घर स्थापना गर्ने उल्लेख छ । उद्यमी व्यवसायहरुका सुझाव अनुसारका आवश्यकता हरुलाई तत्काल सम्बोधन गर्नपर्ने अवस्था आए मा त्यसको उचित सुनुवाई गरी कार्यान्वयन पक्रिया अगाडी बढाइने पत्र माउल्लेख गरिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com