Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

निजी क्षेत्रले उठाउने मुद्धाका बारेमा अँझै गम्भिर छलफल गर्नु जरुरी

         ||   60 Views   ||   Published Date : 22nd January 2018 |

चुनावका बेलामा जो सुकैले पनि बिभिन्न खालका महत्वकाँक्षी योजनाहरु ल्याउने, प्रचार प्रसार गर्ने कामहरु हुने गर्दछन् यसलाई सामान्यनै रुपमा लिनुपर्दछ । किनकी चुनावी नाराहरु प्रयाजसो महत्वकाँक्षी हुने गर्दछन् । राज्यको तीनखम्बे नीति अनुसारको महत्वपुर्ण जिम्मेवारी पाएको निजी क्षेत्रले राज्यको आर्थिक मेरुदण्डको पहिलो भूमिका निर्वाह गरेको हुन्छ । यसका लागि पनि राज्यले निजी क्षेत्रलाई महत्वका साथ लिने गर्दछ ।
दैलेखमा चर्चामा रहेको चुनावको मुख्य बिषयहरुलाई केलाउने हो र दुवै तर्फका साझा प्रतिबद्धताहरुको बिश्लेषण गर्ने हो भने । जिल्लाको समग्र विकास र व्यवसायीहरुकै विकासका लागि बढी केन्द्रित भएका छन् । ऐतिहाँसिक महत्वको जिल्ला भएको तर पहुँचमा पर्न नसकेको भएकोले अव निजी क्षेत्रले दैलेखको ऐतिहाँसिक पहुँच बिस्तार गर्नुपर्ने अहिलेको अर्को महत्वपूर्ण पाटो हो । बिशेष गरेर दुईवटा गठबन्धनकै आधारमा अहिलेको चुनाव अगाडी बढ्ने संकेत देखिएका बेला चुनावलाई मितव्ययी र भद्र तरिकाले सम्पन्न गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
लोकतन्त्रको सुन्दर पक्ष मानिएको निर्वाचन र निर्वाचनको परिणामलाई सहजै स्विकार गर्नका लागि पनि चुनावलाई स्वस्थ प्रतिश्पर्धाको रुपमा लिनुपर्ने देखिएको छ । दुवै तर्फका उम्मेदवारहरुले जिल्लाका व्यापारिहरुको साझा समस्या समाधानका लागि थप पहल थाल्नुपर्ने अहिलेको आवश्यकता हो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com