Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

गुराँसे क्षेत्रलाई कृषि पर्यटनको रुपमा विकास गर्छु ः थापा

         ||   65 Views   ||   Published Date : 21st January 2018 |

धमाका संवाददाता
माघ ६, दैलेख
राज्य पुर्नसंरचना पश्चात स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिए लगत्तै राज्यको दोस्रो अंगको रुपमा मानिदै आएको निजी क्षेत्रको चुनावले दैलेख सदरमुकाम लगायत विभिन्न स्थानीय तहहरुमा माहोल तातिएको छ । यहि माघ २५ र २६ गते हुने दैलेख उद्योग वाणिज्य संघ दैलेखको ८ औ अधिवेशन तथा ९ औ साधारण सभा नजिकिदै गर्दा सदरमुकाम लगायतका स्थानमा चर्चा परिचर्चा सुरु भएको हो । दैलेख उद्योग वाणिज्य संघमा आवद्ध सदस्य र पदाधिकारीहरुको बैठकले २५ गते नवौ साधारण सभा तथा ९ औ अधिवेशन गर्ने निर्णय गरेसँगै तातिएको चुनाव अहिले तीव्र गतिमा प्रचार प्रसार अगाडी बढेको छ । यसअघि सम्पन्न प्रदेश र प्रतिनिधि सभाका निर्वाचनहरुमा मुख्य गठबन्धन मानिएका एमाले, माओवादी केन्द्र लगायत अन्य दलहरु र लोकतान्त्रिक गठबन्धनका रुपमा रहेका नेपाली काँग्रेस, राप्रपा लगायतका अन्य दलहरुवीच दोहोरो प्रतिश्पर्धा जस्तै दैलेख उद्योग वाणिज्य संघको निर्वाचनमा पनि त्यस्तै देखिएको छ ।


निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट उद्योगी व्यापारिहरुको प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेको वर्तमान महासचिव नरेन्द्र थापा सहितको टोलीले गाउँ अभियानलाई तिब्र पारेका छन् ।
प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानल शनिवार दैलेखको गुराँस गाउँपालिकाको घोडाबास र गुराँसे बजारमा पुगेको छ । चुनावी प्रचार प्रसार संगै स्थानीय उद्योगी व्यापारिहरु संग भेटघाटका लागि गुराँसे क्षेत्रमा पुगेका प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र थापाले गुराँसे क्षेत्रमा उत्पादन भएका कृषि जन्य वस्तुको उचित बजारिकरणका लागि पहल थाल्ने बताएका छन् । गुराँस गाउँपालिकाको घोडावास र गुराँसे बजारमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार थापाले यस क्षेत्रको कृषि जन्य बस्तुको उत्पादनमा बृद्धिको लागि सित घरको स्थापनाका लागि पहल थाल्ने बताएका हुन् । यहाँ उत्पादित कृषि जन्य बस्तुको बजारिकरण गर्न आफ्नो सबै भन्दा पहिलो कार्ययोजना रहेको बताउदै थापाले गुराँसे क्षेत्रमा ठूला होटल र रिर्सोटको सम्भावना भएकोले त्यस क्षेत्रमा लगानीको वातावरण सृजना गर्ने दावी गरेका छन् । नजिकिदै गरेको उद्योग वाणिज्य संघको निर्वाचनमा प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको जित सुनिश्चित भएका बताउदै थापाले आफ्नो प्यानललाई मत दिएर विजयी बनाए जिल्लामा कृषि, पर्यटन, जलविद्युत लगायतको क्षेत्रमा थुप्रै काम गर्ने ठोकुवा गरेका छन् । उनले गुराँस गाउँपालिकाका मुख्य व्यापारिक केन्द्रहरुमा कृषि पर्यटनको क्षेत्रमा विकास गरिने वताएका छ । थापाले जिल्लामा रहेका ठूला विकासका कामहरु थालनी गर्न सम्बन्धित निकायहरुलाई खवरदारी गर्ने, जिल्लामा खस्कदै गएको व्यापार व्यवसायलाई प्रभावकारी रुपमा बिस्तार गर्ने जस्ता कामहरु गर्ने प्रतिबद्धता गरेका छन् । यस्तै सदस्य पदका उम्मेदवार रहेका पूर्व महासचिव कृष्णप्रसाद श्रेष्ठले प्रगतिशिल प्यानलले अध्यक्ष देखि सवै पद विजयी हुने दावी गर्दै सवै व्यापारिहरुलाई संयुक्त प्रगतिशिल प्यानलका सवै उम्मेदवारलाई विजयी गराउन आग्रह समेत गरेका छन् ।
यस्तै दैलेख उद्योग वाणिज्य संघ दैलेखका वर्तमान अध्यक्ष एवम प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलका निर्वाचन प्रचार प्रसार संयोजक शान्ति प्रसाद शर्माले प्यानलका सबैको सिटमा विजय निश्चित भएको भन्दै व्यापारिहरुले निकै चनाखो भएर मतदानमा सहभागि हुन आग्रह गरेका छन् । गुराँस गाउँपालिकाको घोडाबासमा भएको कार्यक्रममा अध्यक्षता शेर बहादुर शाहीले गरेका थिए भने गुराँसे बजारमा भएको कार्यक्रमको अध्यक्षता श्याम कडेलले गरेका थिए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com