Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

चुनावलाई भड्किलो होईन व्यवसायीक बनाउनु जरुरी छ

         ||   38 Views   ||   Published Date : 21st January 2018 |

उद्योगीहरुको क्षेत्र बिशेष गरेर अलि कमाएका वर्गको रुपमा परिचित क्षेत्र मानिन्छ । निजी क्षेत्रले राज्यको अर्थतन्त्रलाई मजवुद बनाउने काममा ठूलो सहयोग गरेको कुरा कही कतै लुकाएर लुकेको छैन् । तथापी बिभिन्न बैक वा वित्तीय संस्था वा अन्य निकायहरुको सहयोगमा कारोवार गरेर राज्यको दोस्रो अंग मानिएको उद्योगी व्यापारीहरुको समूह चुनावमा भिड्दा बिभिन्न बाहनामा चुनावलाई भड्किलो बनाउने अभियान पनि उत्तिकै चलेको देखिन्छ ।
दैलेखमा यसअघि देखिएको चुनावी माहोल र अहिलेको चुनावी माहोलमा अलिक फरक देखिएको छ । बिशेष गरेर दुईवटा गठबन्धनकै आधारमा अहिलेको चुनाव अगाडी बढ्ने संकेत देखिएका बेला चुनावलाई भड्कीलो बनाउनुभन्दा व्यवसायिक बनाउनुपर्ने आवश्यकताको महशुस पनि त्यतीकै गरिएको छ ।


सानो व्यवसायक गर्ने वा खर्च गर्न नसक्ने व्यक्ति उद्योगीहरुको चुनावमा कुनैपनि पद लड्न नसक्ने अवस्था सृजना हुने हो कि भन्ने चिन्ता साना व्यवसायिहरुले गरेको देखिन्छ ।
लोकतन्त्रको सुन्दर पक्ष मानिएको निर्वाचन र निर्वाचनको परिणामलाई सहजै स्विकार गर्नका लागि पनि चुनावलाई स्वस्थ प्रतिश्पर्धाको रुपमा लिनुपर्ने देखिएको छ ।
जिल्लामा व्यापार व्यवसायमा देखिएका थुप्रै समस्या समाधान गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी पाएको निजी क्षेत्रले आगामी दिनहरुमा सदरमुकाम दैलेख बजारमा बिग्रदै गएको व्यापार व्यवसायको सुदृढिकरण गर्नुपर्ने छ । ठूला विकासे आयोजनाका नाममा जिल्लाभित्र धेरै संभावना रहेको स्थानीय रोजगारी प्रर्वद्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने छ । यस्ता धेरै बिषयहरुलाई मध्य नजर गर्दै निजी क्षेत्रले दैलेखको दिगो बिकासमा खवरदारी अभियान पनि सँगसँगै अगाडी बढाउनुपर्ने अहिलेको आवश्यकता हो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com