Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

नौमूले संयोजकमा हमाल

         ||   56 Views   ||   Published Date : 21st January 2018 |

धमाका संवाददाता
माघ ६, दैलेख
दैलेख उद्योग वाणिज्य संघको चुनाव प्रचार प्रसार तीव्र बन्दै गएका बेला बिभिन्न व्यापारिक केन्द्रहरुमा पनि प्रचार अभियानले तीव्रता पाएको छ ।
प्रगतिशिल व्यापारीको साझा प्यानलको तर्फबाट नौमूलेमा चुनाव प्रचार प्रसार समिति संयोजकमा चक्रबहादुर हमाल छानिएका छन् । सह संयोजकमा धनेन्द्र रोका सहित ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको नौमूलेका व्यापारी कमला रोकाले बताईन् । चुनाव प्रचार अभियान अन्तरगत प्रगतिशिलका तर्फबाट अध्यक्षका उम्मेदवार नरेन्द्र थापा, निर्वाचन संयोजक शान्ति शर्मा, प्रगतिशिल चुनावी मैदानमा उत्रेका उम्मेदवारलाई विजयी गराउने महत्वपूर्ण जिम्मेवारी सम्हालेका नेकपा एमाले र माओवादी केन्द्रका नेता मायाराम अधिकारी र छवी सुवेदीले व्यापारिहरु सँगै अन्तरक्रिया सँगै छलफल गरेका छन् । चुनावी प्रचार अभियानमा पुर्व महासचिव कृष्ण सचिव, ताराकेशर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

जेष्ठ व्यापारी सदस्य नन्दाराम प्याकुरेलको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
त्यस्तै दैलेखको चुप्रा बजारमा पनि रविन्द्र डाँगीको संयोजकत्वमा ३५ सदस्यीय चुनावी प्रचार प्रसार समिति गठन गरिएको छ । सह संयोजकमा श्यामबहादुर राना, शेरबहादुर पराजुली सहितका व्यापारिहरुको उपस्थिती रहेको छ । व्यापारिकहरुका साझा समस्या समाधान र हरेक बजार उपकेन्द्रहरुमा पनि जिल्ला उद्योग बाणिज्य संघले चासो बढाउनुपर्ने सुझाव दिएका छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com