Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

चुप्रामा औधोगिक ग्राम जरुरी ःथापा प्रगतिशिल उद्यमी व्यवासायी साझा प्यानल पनि प्रचारमा

         ||   40 Views   ||   Published Date : 21st January 2018 |

 

धमाका संवाददाता
माघ ६, दैलेख
दैलेख उद्योग वाणिज्य संघले यही माघ २५ गते निर्वाचन गर्ने निर्णय भएसँगै प्रगतिशिल उद्यमी व्यवसायी साझा प्यानल पनि प्रचारमा होमिएको छ । नौमूले, चुप्रा, डुङ्गेश्वर लगायतका स्थानहरुमा प्रचार सँगै प्रचार प्रसार बजार उपसमिति समेत निर्माण गरिएको उपसंयोजक कृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।


चुप्रामा सम्पन्न उद्योगीहरुको भेलामा बोल्दै अध्यक्ष पदका उम्मेदवार नरेन्द्र थापाले चुप्रामा औधोगीक ग्राम स्थापना गर्न निकै जरुरी रहेको बताएका छन् । संभावना भएका बिभिन्न स्थानहरुमा आवश्यकता अनुसार उद्योगहरु स्थापना गरेर दैलेखको आर्थिक अवस्था सुधार गर्न अव निजी क्षेत्रको भूमिका बढाउनुपर्ने थापाले बताए । हामिले जिल्लाका प्रत्येक स्थानीय तहमा स्थानीय सरकारसँग मिलेर उद्योग वाणिज्य संघका शाखा कार्यालयहरुको जग्गा व्यवस्था गरि भवन निर्माण कार्य सुरु गर्ने योजनामा छौं । दैलेखलाई पर्यटन गन्तब्यको जिल्ला बनाउने अभियानको थालनी मात्र हैन अव हरेक स्थानीय बजारमा पर्यटकहरुका लागि आर्कषक स्थानहरुको खोजी गरि संरक्षण, संर्वद्धन गर्ने कार्य पनि अगाढी बढाउनुपर्ने आवश्यकता रहेको थापाले बताए । थापाले भने हामीले तपाँईलाई व्यक्तिग पत्र पनि पठाउने छौं पत्रमा हाम्रा प्रतिबद्धताहरु समेत राखेका छौं । तपाँईले त्यो पत्र राम्ररी पढीदिनुहोला र मतदान गरिदिनुहोला ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com