Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सन्दर्भ ६ नं. प्रदेश राजधानी अभियान दैलेखको बारेमा किन कुरा उठेन

         दैलेख समाचार विश्लेषण पुस २६ ||   79 Views   ||   Published Date : 11th January 2018 |

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भउसँगै अहिले बिभिन्न स्थानहरुमा प्रदेश राजधानीको बारेमा कतिपय स्थानहरुमा आन्दोलनहरु चलिरहेकै छन् । प्रदेश नम्बर ६ को राजधानीका बारेमा समेत अहिले बिरोध सुरु भैरहेको छ । सुर्खेतलाई उपयुक्त स्थान मानिएको भन्दै आइएपनि औपचारिक रुपमा निर्णय भने हुन नसकेको अवस्थामा राजधानी जुम्लामा हुनुपर्ने माग गर्दै लगातार आन्दोलन चलिरहेको छ ।
२२ से र चौवीसे राज्य काल हुँदा जुम्लाको सिजा र दैलेखको दुल्लू हिउँदे र वर्षे राजधानी रहेको कुरा ईतिहाँसिमा उल्लेख मात्र हैन प्रमाणित भैसकेको कुरालाई दैलेखका नागरिकहरुले भने राजधानीवारे बाफ फाल्न सकेको देखिदैन् ।
पत्रकार एवं राजनीतिकर्मी कविराज खत्रीले लेख मार्फत दैलेख राजधानीका लागि उपयुक्त स्थान हुन सक्छ भनेर आफ्ना विचार मार्फत कुरा राख्ने काम गरेको बाहेक निर्वाचित सांसदहरु र स्थानीय निकायका जनप्रतिनिधिहरुले समेत दैलेख राजधानीको बारेमा कुरा खोलेको सुन्नमा आएको छैन् ।
जुम्लामा आन्दोलन भैरहेको छ । जुम्लाका प्रभावसाली नेता नरेश भण्डारीले सुर्खेत भन्दा जुम्ला निकै उपयुक्त भनेर प्रतिक्रिया दिने क्रममा दैलेख प्रदेश राजधानिको बिकल्पको रुपमा रहने सक्ने क्षमता राख्छ भनेर कुरा उठाउन मिल्ने तर दैलेखका निर्वाचित सासदहरु र जिम्मेवार निकायहरु भने सुर्खेतप्रति सर्मपर्ण जस्तो भाव देखाउने काम राम्रो नभएको जिल्लाका बौद्धिक वर्गको तर्क छ ।
दैलेख बिकल्पका रुपमा राजधानी अनिवार्य हुनपर्दछ । सुर्खेत राजधानी हुँदा वा जुम्ला राजधानी हुँदा दैलेखलाई हुने फाईदा र घाटावारे सोच्नुपर्ने बेला आएको छ तर अहिलेसम्म कसैले नबोल्नु दुःखको कुरा हो कतिपय बौद्धिक व्यतिहरुको यस्तो तर्क छ ।
अहिले आन्दोलन वा मागलाई राजनीतिक रुपमा लाभ हानिको बारेमा समेत सोचिएको वेला जिल्लाका निर्वाचित सांसदहरुले पनि यसवारे सोच्नुपर्ने देखिएको छ । दैलेख बिकल्पको रुपमा राजधानि हुन सक्ने प्रसस्त संभावना भित्र पर्नु पर्दछ यदी राजधानी नहुने भए दैलेखलाई बिशेष क्षेत्रको रुपमा हेरिनुपर्दछ यस्ता बिषयहरु किन उठ्न नसकेका हुन यो बिषय भने सोचनिय बनेको छ ।

 

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com