Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

दैलेख सँधै पछाडी नपरोस्

         ||   51 Views   ||   Published Date : 11th January 2018 |

दैलेख ऐतिहाँसिक धार्मिक र साँस्कृतिक रुपमा सम्पन्न जिल्ला हो । दैलेखले राज्यलाई धेरै आर्थिक लाभ दिनसक्ने संभावना छ तर राज्यले आर्थिक लाभ लिन नसकको अवस्था विद्यमान छ ।
यहाँ रहेका बिभिन्न स्रोत साधनहरुलाई राज्यले समयमै प्रयोग गर्न सकेको भए दैलेख आर्थिक रुपमा सम्पन्न जिल्ला मात्र हुने थिएन बिभिन्न स्रोत साधनहरु समेत धेरै मात्रामा पुगेको जिल्ला हुने थियो ।
जव विकासको सुरुवात हुन्छ त्यसपछि सडक फराकिलो हुनेदेखि अन्य बिभिन्न कामहरु सुरु हुने गर्दछन् । दैलेखमा संभावना धेरै भएपनि राजनीतिमा भने पहुँचको अहिलेसम्म राम्रो अवसर दैलेखले पाउन सकेको छैन् । तत्कालिन समयदेखि बिभिन्न राजनीतिक दलहरुबाट निर्वाचित धेरै प्रतिनिधिहरु सिंहदरवार सम्म पुगे तर बिडम्बना ओहदाको पद अहिलेसम्म पाउन सकेनन् । एउटा जिल्लामा महत्वपूर्ण काम गर्नका लागि मन्त्रलाय सानो ठूलो जे होस् दैलेखले मन्त्रि पाउन सकेको छैन् । सहायक मन्त्रि र राज्यमन्त्रिहरु दैलेखले पायो तर मन्त्रि पाएपछि राज्य सत्ताको संचालन भने दिगो रुपमा हुन सकेन् केवल नौ महिने, २ महिने र २ महिने सम्मका मन्त्रिहरुले भनेबमोजिम काम गर्न पनि सकेनन् । यस्ता धेरै कारणहरुले दैलेख अहिलेसम्म पछाडी परेको छ । जिल्लाका ठूला विकास निर्माणले गति लिनका लागि र जिल्लाको सुन्दर भविष्य निर्माणका लागि यसपालि गठन हुने सरकारमा दैलेखले मन्त्रि पाउने आशा जिल्लाका नागरिकहरु गरेका छन् जनतको आशा निराशामा परिणत हुने वा साकार हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com