Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

ठूला विकासे निर्माणमा सबैले चासो देऊ

         ||   43 Views   ||   Published Date : 10th January 2018 |

दैलेखमा लामो समयदेखि काम संचालन भएका तर पूरा हुन नसकेका विकास निर्माणका कारण अहिलेसम्म बिभिन्न समस्याहरु बढ्दै गएका छन् । बेला बेलामा विकासका नाममा हुने अवरोध सँगै निर्माणको जिम्मेवारी लिएको निकायले समेत चासो नदिएका कारण कतिपय ठूला विकास निर्माणका कामहरु अहिलेसम्म सम्पन्न हुन सकेका छैनन् ।
उदाहरणका रुपमा लिने हो भने ६ वर्षदेखि सुरु भएको मध्यपहाडी राजमार्गले अहिलेसम्म निकास पाउन सकेको छैन् । लामो समयदेखि निर्माणको चरणमा पुगेको तर कामको सुरुवात हुन नसकेको माथिल्लो कर्णाली जलविद्युत आयोजना समेत अहिलेसम्म अन्यौलमा देखिएको छ । तत्कालिन समयदेखि जिल्ला विकास समिति मार्फत निर्माण थालिएका कतिपय पुल लगायतका अन्य विकासे योजानहरु समेत अहिलेसम्म गति लिन सकेका छैनन् ।
निर्माण समयमै सक्ने कम्पनी र काममा इमान्दारिता गर्नेलाई कमिशनको नाममा रकम भुक्तानी रोकिने सरकारी प्रचलन र मोटो रकम कमिशन दिनेहरुले काम सम्पन्न नगर्ने समस्या समाधान गर्नका लागि अव स्थानीय सरकार र निर्वाचित सांसदहरुले गम्भिर रुपमा ध्यानाकर्षण गर्नुपर्ने बेला आएको छ । दैलेख सदरमुकामको भाग्य र भविष्यसँग जोडिएको दैलेख महावु हुँदै जुम्ला जोड्ने सडकखण्डको बारेमा समेत निर्वाचित सांसदहरुले चासो राख्नुपर्ने स्थानीय व्यापारिहरुको मागलाई समेत सम्बोधन गरेर ठोस र प्रभावकारी काम अगाडी बढाउनुपर्ने देखिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com