Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

नागरिक समाजका अगुवा भन्छन् दैलेखले मन्त्रि पाउनुपर्छ

         ||   115 Views   ||   Published Date : 10th January 2018 |

समाचार विश्लेषण
पुस २५, दैलेख
दैलेखमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा एमाले र माओवादी केन्द्रले सबै स्थानमा बिजयी हाँसिल गरेसँगै अहिले दैलेखले प्रदेशसभा र प्रतिनिधि सभामा महत्वपूर्ण पद पाउनुपर्नेमा जिल्लाका नागरिक समाजले अडान सुरु गरेका छन् । २०७० को निर्वाचनमा सांसद पदमा विजयी अमर बहादुर थापा यसपालि प्रदेश सभामा पनि बिजयी भएका कारण प्रदेश सरकारमा थापालाई मन्त्रि बनाउनुपर्नेमा जिल्लाका नागरिक समाज, व्यापारी र बुद्धिजिवीहरुले अडान सुरु गरेका छन् । बिशेष गरेर भौतिक पूर्वाधारको क्षेत्रमा थापाको बिशेष योगदान हुँदै आएकोले थापाले मन्त्रि पाउनुपर्ने र दैलेखको सम्मानका लागि प्रदेश सरकारमा मन्त्रि बनाउने बारेमा चर्चा परिचर्चाहरु सुरु हुन थालेका छन् ।


दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्तिप्रसाद शर्माले दैलेख जिल्ला र सदरमुकाम दैलेख बजारको बिग्रदै गएको व्यापार व्यावसायलाई थप सुदृढ गर्नका लागि दैलेख सदरमुकाम हुँदै महावु जुम्ला जोड्ने सडक तत्काल पूरा गर्नुपर्ने बिषयलाई प्रदेश सरकारले महत्वका साथ दिनुपर्ने र दैलेखबाट अमरबहादुर थापानै मन्त्रिको लागि अनिवार्य व्यत्तित्व भएकोले सो को बारेमा नेकपा एमालेले बिशेष सोच गरेर अगाडी बढ्नुपर्ने सुझाव दिएका छन् ।
जिल्लाका उद्योगी र व्यापारिहरु मात्र हैन आम मतदाताहरुले समेत दैलेखले यसपालि अनिवार्य रुपमा मन्त्रि पाउनुपर्नेमा जोड दिएका छन् । प्रेस चौतारी दैलेखका अध्यक्ष पुष्कर थापाले भने दैलेखमा यसपालि बाम गठबन्धनको पुरै प्यानल विजयी गरेको छ । यस्तो अवस्थामा पनि सरकारको नेतृत्व गर्ने जिम्मा दैलेखले नपाए आन्दोलन हुने चेतावनी दिएका छन् ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले भने दैलखमा नेताहरु प्रभावसाली हुँदा हुँदै पनि पार्टी केन्द्रले बिशेष जिम्मेवारी नदिने प्रचलनका कारण दैलेख सँधैभरी पछाडी पर्ने गरेकाले यसपाली जसरी भएपनि दैलेखले प्रतिनिधिसभा र प्रदेशसभामा मन्त्रि पाउनुपर्छ ।
गैर सरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले भने दैलेखका जनताले यसपाली नेकपा एमालेलाई भारी मतले बिजयी गराएका छन् । जनमतको कदर गर्ने काम केन्द्रिय नेतृत्वले गरेर केन्द्र र प्रदेशमा अनिवार्य मन्त्रिपद दिनुपर्ने खत्रीको धारणा छ । दैलेखको निर्वाचनमा माओवादी केन्द्रको एक स्थान बाहेक अन्य सबै स्थानमा नेकपा एमालेका उम्मेदवारहरुलाई बिजय गराउने महत्वपूर्ण अभियान सम्पन्न गरेका पार्टी अध्यक्ष एवं प्रतिनिधिसभाका माननीय सांसद रविन्द्र शर्मा समेत विजयी भएकोले पनि यसपालीको केन्द्र सरकार र प्रदेश सरकार निर्माणमा दैलेखलाई बिशेष योगदानका रुपमा मूल्याङ्कन गर्नुपर्ने सुझाव जिल्लाका सबै मतदाताहरुको रहेको छ । केन्द्र सरकारमा रविन्द्र शर्मा र प्रदेश सरकारमा अमर थापालाई अनिवार्य स्थान दिनुपर्ने माग जिल्लाका नागरिकहरुले राख्दै आएका छन् । दैलेख ऐतिहाँसिक महत्व बोकेको जिल्ला भएको र यसपालिको निर्वाचनमा बाम गठबन्धनले क्लिनस्वीप गरेका कारण दैलेखलाई कसैले पनि अन्याय गर्न नहुने तर्क राख्छन् प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोविन्ददेव भारती ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com