Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

३८ उम्मेदवारले बुझाए खर्च विवरण सबैको खर्च सिमाभित्रै

         ||   88 Views   ||   Published Date : 10th January 2018 |

धमाका संवाददाता
पुस २५, दैलेख
दैलेखमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन लडेका ३८ जना उम्मेदवार सवैले निर्वाचन खर्च बिवरण जिल्ला निर्वाचन कार्यालय दैलेखलाई बुझाएका छन् ।
गएको मंसिर २१ गते सम्पन्न चुनावबाट निर्वाचित ६ जना सहित अन्य ३२ जना सबै उम्मेदवारले खर्च बिवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख भक्तबहादुर कार्कीले जानकारी दिएका छन् ।


सबैको खर्च विवरण सिमाभित्रै आएको छ । प्रतिनिधि सभाका लागि २५ लाख र प्रदेश सभाका लागि १५ लाख रकम खर्चको सिमाना तोकिएको जिल्ला निर्वाचन कार्यालय दैलेखका सूचना अधिकृत राजेन्द्र पौडेलले जानकारी दिएका छन् ।
निर्वाचन बिजय लगत्तै दैलेख १ का प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्मा, (क) का धर्मराज रेग्मी, (ख) का उम्मेदवार अमरबहादुर थापा, क्षेत्र नं. २ का प्रतिनिधि सभा निर्वाचित राजबहादुर बुढा, (क) का सुशिलकुमार थापा र (ख) का राजबहादुर शाहीले चुनाव खर्च बुझाएको र अन्य बाँकी सबै उम्मेदवारहरुले बुझाएका छन् । प्रमुख प्रतिपक्षको रुपमा रहेका लोकतान्त्रिक गठबन्धन अन्र्तगतका नेताहरुले समेत खर्च रकमम बुझाईसकेका छन् । उम्मेदवारहरु दिपककुमार शाही, जागतजंग थापा, कृष्णकुमार बि.सी, मधु बिक्रम खनाल, दिक्पाल शाही, शिवराज जोशीले समेत खर्च बुझाएका हुन् । अन्य बिभिन्न पार्टीबाट चुनावी प्रतिश्पर्धा गरेका उम्मेदवारहरु कमलापती सुवेदी, मोतिराम लम्साल, लालबहादुर कठायत, किशोर कुमार सिंह, दुर्गबहादुर मगर लगायत अन्तिममा ३८ आंै नम्बरमा देशभक्त गणतान्त्रिक मोर्चा नेपालले समेत मंगलवार चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जानकारी दिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com