Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

भौतिक पूर्वाधार व्यवस्थित गर्न मालिका मा.वि.ले जग्गा खरिद ग¥यो

         ||   58 Views   ||   Published Date : 10th January 2018 |

धमाका संवाददाता
पुस २५, दैलेख
वि.सं. २०२० सालमा ने.रा.प्रा.वि. हुँदै हाल मालिका मा.वि. ठिमुरे ठाँटीकाँधले पक्की भवन निर्माणका लागि जग्गा खरिद गरेको छ । विद्यालयको हाता सम्म जोडिएको ४ हजार वर्गमीटर जग्गा ८ लाख ५३ हजारमा खरिद गरेको विद्यालयले जानकारी दिएको छ । स्थापनाको ४४ वर्ष पछि तत्कालिन वि.व्य.स. अध्यक्ष भूमिनन्द उपाध्याय र प्र.अ. भद्र बहादुर खत्रीले २०६४ सालमा ७ सय २८ वर्गमिटर जग्गा दिएपछि जिल्ला विकास समितिको सहयोगमा ३ कोठे कच्ची भवन र जिल्ला शिक्षाको सहयोगमा २ कोठे


कच्ची भवन निर्माण पश्चात पठनपाठन सुरु भएको उक्त विद्यालयमा अहिले पनि विद्यार्थीको चाप अनुसार भवन अभाव हुँदै आएको छ ।
२०७२ सालमा प्र.अ. को जिम्मेवारी समालेका महेन्द्र कुमार शाही सहित विद्यालयल व्यवस्थापन समितिले पहल गरेपछि २०७३ सालमा खेलकूद मन्त्रालयबाट आएको ४ लाख रकमले फराकिलो खेलमैदान बनाइएको छ ।
नयाँ लिएको जग्गा बिभिन्न व्यक्तिहरुको सहयोग सँगै ठाँटीकाँध गाउँपालिका प्रमुखको सक्रियतामा जग्गा लिन सफल भएको र योे वर्ष आउने जिल्ला शिक्षा कार्यालयको
ब्लक निर्माणमा आफ्नो विद्यालयलाई सहयोग हुने स्थानीय अभिभावहरुले आशा गरेको छन् ।२०७४ भाद्रमा स्रोत केन्द्र स्तरीय प्र.अ.बैठकले ४ कोठे पक्की भवनका लागि प्राथमिकीकरण गर्ने निर्णय सँगै गाउँपालिकाले समेत सिफारिस गरेको विद्यालयले जानकारी दिएको छ । विद्यार्थीको चाप बढे सँगै भवन अनिवार्य भएकोले भवनका लागि जग्गा खरिद भैसकेको शिक्षकहरु बताउछन् । विद्यालयमा पढाई प्रभावकारी गराउन नियमित शिक्षक विद्यार्थी सम्मान विभिन्न अतिरिक्त क्रियाकलाप उत्कृष्ट अभिभावक छनौट जस्ता कामहरु विद्यालयमा भईरहेका छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com