Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

कम्पनीले चाहे समयमै हुन्छ विकास तोकिएको समय भन्दा २ महिना अगाडी सम्पन्न भयो पक्की पुल

         ||   99 Views   ||   Published Date : 9th January 2018 |

धमाका संवाददाता
पुस २४, दैलेख
निर्माण कम्पनीहरुले जिम्मेवारी पूर्वक काम गर्न सके विकासमा सहजता हुने उदाहरण खोज्नु प¥यो भने दैलेख कट्टी जोड्ने कट्टी खोला पुललाई हेर्दा हुन्छ ।
निर्माणको जिम्मा लिएको सपना निर्माण सेवा प्रा.लि. हेटौंडाको सव कन्ट्याक्ट आर.वि.कन्स्ट्रक्शन दैलेखले कट्टी खोलाको पक्की पुल निर्माण सम्पन्न गर्ने मिति भन्दा २ महिना अगाडी सम्पन्न गरेको हो ।


३ करोड २ लाख भ्याट बाहेक रकममा निर्माण सम्पन्न भएपछि यसपालिको वर्षातमा यात्रुले सहज यात्रा गर्न पाउने भएका छन् ।
समयमै निर्माण सम्पन्न गर्दा पनि रकम भुक्तानीमा भने ढिलाई हुने गरेको निर्माण कम्पनीको गुनासो छ । कम्पनीका दैलेख प्रतिनिधि रुपक थापाका अनुसार आफ्नो कम्पनीले कट्टी खोलाको पुल समयमै सम्पन्न गरेको र पुनः नौमूले गाउँपालिकाको रापटमा पर्ने अर्को पक्की पुलको काम पनि जिम्मा लिएको केही समयमै ३० प्रतिशत काम सम्पन्न गरेको बताए ।
राम्रा काम गर्नेलाई पुरस्कार र काम समयमै सम्पन्न नगर्नेलाई जरिवाना को व्यवस्था हुन सके विकास निर्माणले अझै तिब्रता पाउने देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com