Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

शिक्षक सहकारीको साधारण सभा अध्यक्षमा ः रुद्र थापा

         ||   98 Views   ||   Published Date : 9th January 2018 |

दैलेख पौष २४ ।
शिक्षक हित वचत तथा क्रण सहकारी संस्था लिमिटेड दैलेखको ७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । दैलेख सदरमुकाममा सम्पन्न साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष हिमालयजंग शाहाले वार्षिक प्रतिवेदन सहित संस्थाले हाल सम्म गरेको कार्यको विस्तृत विवरण प्रस्तुत गरेका थियो । यस्तै साधारण सभामा संस्थाका कोषाध्यक्ष रुद्र बहादुर थापाले संस्थाको अहिलेसम्मको आय व्यय विवरण प्रस्तुत गर्दै शिक्षक हित वचत तथा क्रण सहकारी संस्था लिमिटेड दैलेखले कूल ९७ लाख १० हजार ७ सय २ रुपैयाँ ६८ पैसाको कारोवार गरेको जानकारी दिएका छन् ।

कार्यक्रममा संस्थाका सदस्यहरु नर ब. थापा, पुष्पा थापा, कमल देउजा, गणेश रेग्मी , खगेन्द्र श्रैष्ठ, लोमन काफ्ले, जिवराज तिमील्सेना र मिन भट्टराईले लगायतले आफ्ना भनाईहरु राखेका थिए ।
साधारण सभामा सहकारीमा आवद्ध रहेर राम्रा काम गरेवापत शेयर सदस्यहरुमध्ये निर्मला थापा, सुरज जिसी, दिपक हमाल,गीता रेग्मी र शक्तीराम बुढालाई दोसल्ला आढाई सम्मान समेत गरिएको छ ।
यसैबिच शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड दैलेखको अध्यक्षमा रुद्र बहादुर थापा चयन भएका छन् । संस्थाको ७ औं वार्षिक साधारण सभासंगै भएको शेयर सदस्यहरुको भेलाले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवगठीत कार्यसमितिको उपाध्यक्षमा निर्मला थापा, सचिवमा घनश्याम थापा, कोषाध्यक्षमा रोसन सापकोटा चयन भएका छन् ।
सदस्यहरुमा भवदा अधकिारी, श्रृजना केसी, अमृत बिक्रम शाही, गणेश बोगटी, गंगाराम रेग्मी, हस्त महतरा र रणदीप बिक चयन भएको छ । सहकारीमा आवद्ध एक सय ८६ जना सदस्यहरुको सभागीता रहेको भेला जिल्ला सहकारी संघ दैलेखका अध्यक्ष तेज बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com