Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिला हिंसा, बालविवाह र छाउपडी प्रर्था अन्त्य गर्न निर्वाचित सांसद र स्थानीय सरकारले संयुक्त अभियान थाल्ने

         ||   73 Views   ||   Published Date : 8th January 2018 |

 

धमाका संवाददाता
पुस २३, दैलेख
दैलेखमा जिल्लाभर समस्याको रुपमा रहेको छाउपडी प्रर्था, बालविवाह र महिला हिंसा न्यूनिरण गर्नका लागि निर्वाचित सांसद, स्थानीय सरकारका प्रमुख उपप्रमुख र जनता सबै मिलेर एकै साथ अभियान सुरु गर्नेमा सहमत भएका छन् । जिल्ला सरकार सँगै जिल्ला प्रशासन र जिल्ला प्रहरीले समेत अभियानमा साथ दिने प्रतिवद्धता गरिएको छ ।


कानुनी उपचारका लागि छाउपडी गोठमा बस्ने महिलाहरु स्वयं र बालबालिकाको अधिकार रक्षाका लागि अभिभावकहरु नै जागरुक भएपछि मात्र समाजमा देखिएको कुपर्था अन्त्य हुने प्रमुख जिल्ला अधिकारी विश्वाराज न्यौपानले बताए ।
गत वर्ष मात्रै दैलेख जिल्लाका बिभिन्न स्थानहरुमा एक हजार बढी बालविवाहका घटनाहरु बाहिर आए जिल्ला प्रहरी कार्यालय सम्म ८७ वटा घटनाहरु आएका छन् , महिला तथा बालबालिका कार्यालय र बाल हेल्प लाईनमार्फत आएका जानकारीमा प्रहरीले सक्रियता बढाएर धेरै बालविवाहका घटनाहरु रोकिएका छन् ।
सामाजिक रुपमा मान्दै आएका कतिपय संस्कारहरुले समस्या बढ्दै जान थालेपछि समस्या निराकरण गर्नेबारे जिल्लास्तरमा आईतवार बृहत अन्तरक्रिया गरिएको छ । महिला हिंसाकै बारेमा समाजमा देखिएका समस्या कसरी समाधान गर्ने भन्दै जिल्ला समन्वय समिति दैलेखको आयोजनामा गरिएको सार्वजनिक सुनुवाईमा उपस्थित भएका स्थानीय सरकारका प्रमुखहरु र जनताहरुले हरेक घरमा हुने हिंसाको बारेमा पीडितहरुले खुला रुपमा आवाज उठाउने, समस्याको समाधान गर्नका लागि स्थानीय सरकारका उपप्रमुखहरु र गाउँपालिकाका उपाध्यक्षहरुले अभियानको नेतृत्व गर्ने र कानुनी उपचारको लागि स्थानीय प्रशासन र प्रहरीको सक्रिय सहभागिता बढाउने बारेमा साझा प्रतिबद्धता गरिएको छ ।
दैलेख जिल्लामा अहिलेपनि महिनावारी हुँदा देउताको डरले कतिपय महिलाहरु छाउगोठमा बस्नुपर्ने बाध्यताको बारेमा अव स्थानीय सरकारले त्यस्ता गोठहरु भत्काउने अभियान थाल्नुपर्ने प्रदेश सभा सदस्य अमरबहादुर थापाले सुझाव दिएका छन् । अभियानमा सवैले साथ दिनुपर्ने र दैलेखलाई हिंसारहित जिल्लाको रुपमा विकास गर्न आम नागरिकहरुलाई थापाले आग्रह गरेका छन् ।
प्रतिनिधिसभा सदस्य रविन्द्र शर्माले मुलुकमा लामो समयदेखि देखिएको संक्रमण कालको अन्त्य हुने बेला आएको र कतिपय कानुनी र व्यवहारिक कुराहरुले समस्या पैदा भएको भन्दै बालविवाह, छाउपडी र महिला हिंसा न्यूनिकरणका लागि बस्ति स्तरमा जनचेतना अभियान सँगै सरकारले कानुनमा स्पष्ट पारेका कुराहरुलाई पूर्ण कार्यान्वयन गर्दै लैजानुपर्ने बताए ।
महिला हिंसा, बालविवाह र छाउपडी प्रर्था अन्त्य गर्नका लागि बिभिन्न ४ वटा साझा प्रतिबद्धताहरु गरिएको छ । प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्मा, प्रदेश सभा सदस्य अमरबहादुर थापा, जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापा, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्का, दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारी, चामुण्डा–बिन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्य बहादुर शाही, उप–प्रमुख तारा कुमारी शाही, निमित्त प्रहरी प्रमुख एकेन्द्र खड्का, भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर वुढा उपाध्यक्ष पद्मा कुमारी विष्ट महावु गाउँपालिका कार्यबाहक अध्यक्ष प्रेम कुमारी वुढा लगायत बिभिन्न गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुले संयुक्त प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको स्थानीय संस्था समाजिक सेवा केन्द्र सोसेक दैलेखले सार्वजनिक सुनुवाईका लागि ६९ हजार रुपैयाँ सहयोग गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख एकेन्द्र खड्काले स्थानीय समुदायको सोचाईमा परिवर्तन नभए सम्म सामाजिक विकृति र कुप्रर्थाहरु हटाउन नसकिने बताए । जिल्लाका जुनसुकै ठाउँबाट बाल विवाह भएको खबर जिल्ला प्रहरी कार्यालय दैलेखमा आए प्रहरीको टोली सम्बन्धित ठाउँमै गएर विवाह रोक्ने गरेको खड्काले बताए । उमेर नपुगी विवाह गरेका बालबालिकाहरुलाई प्रहरीले अभिभावकहरुको जिम्मा लगाउने गरेको खड्काले जानकारी दिएका छन् ।
कार्यक्रममा दैलेख जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुखहरुले आ–आफ्नो धारणा राखेका थिए । जिल्लाका सरकारी कार्यालय गैसस महासंघ, पत्रकार महासंघ लगायतको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति दैलेखको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयोगमा भएको सार्वजनिक सुनुवाई कायक्रमको सहजिकरण धमाका राष्ट्रिय दैनिकले गरेको थियो । कार्यक्रमलाई महिला तथा बालबालिका कार्यालय दैलेख, सेभ द चिल्ड्रेन, डिसिए, हेल्भेटास लगाएतका परियोजनाहरुले समन्वय गरेका थिए ।

पुरुष हिंसाको बारेमा पनि सार्वजनिक सुनुवाईमा गम्भिर कुरा उठ्यो
कामको खोजीमा भारत गएका पुरुषहरुले कमाएको रकम सँगै घरमा आउँदा श्रीमती अर्कैले लैजाने वा घरमा आउँदा श्रीमती अर्कासँग बिहे गरेर भाग्ने प्रचालन धेरै भएकोले पनि पुरुषहरु हिंसामा पर्ने गरेको बारेमा समेत बहस भएको थियो ।
पुरुष हिंसाको बारेमा पनि अव गम्भिर भएर लाग्नुपर्ने बारेमा कतिपय सहभागिहरुले जिज्ञासा राखेका थिए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com