Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

निर्वाचनको तयारी पुरा

         ||   30 Views   ||   Published Date : 5th December 2017 |

धमाका संवाददाता
मंसिर १८, दैलेख
आगामी २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ । मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटका अनुसरा जिल्लाका २ वटै निर्वाचन क्षेत्रमा बिहीबार हुने निर्वाचनका लागि कर्मचारी व्यवस्थापन देखि बन्दोवस्तिका सम्पूर्ण काम पुरा भएको बताए ।
अधिकांश कर्मचारीहरु खटाईएका ठाउँमा पुगिसकेका छन । निर्वाचन अधिकृतले मतपत्र, मतपेटिका, छापलगाएका निर्वाचन सामग्री पनि लगिसकेको र कतिपय नजिकका मतदान अधिकृतले सोमवार सम्म सामान बुझेको लवटले बताए ।
‘सबैजसो मतदान केन्द्रमा मंगलबार र बुधबार मतदाता परिचयपत्र वितरणका लागि निर्देशन गरिएको छ लवटले भने मंगलबार सम्म बुथ बनाउने काम पनि सम्पन्न भइसक्ने जानकारी आएको छ ।


नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान समेत ४ वटै सुरक्षा अंगका प्रयाप्त जनशक्ति परिचालन गरी मतदाताले निर्भयपूर्वक मतदान गर्न सक्ने वातावरण बनाइएको प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले बताए ।
जिल्ला निर्वाचन अधिकृत भक्त बहादुर कार्कीले यो निर्वाचनका लागि करिव २२ सय भन्दा बढि कर्मचारी परिचालित भएको बताए । दैलेखका दुईवटा निर्वाचन क्षेत्रमा रहेका प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि चार जना उम्मेदवारहरु चुनिनु पर्ने छ । कुल १ लाख ३२ हजार ९ सय ९२ मतदाता रहेको दैलेख जिल्लामा निर्वाचन क्षेत्र नं. १ मा ७० हजार १ सय ९० मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नं. २ मा ६९ हजार ७ सय ५४ मतदाता रहेका छन् ।
यसैवीच जिल्ला निर्वाचन कार्यालय दैलेखले सदरमुकाम दैलेख बजारमा नमूना मतदान सम्पन्न गरेको छ । जिल्लाका बिभिन्न स्थानहरुमा मतदानबारे जानकारी गराउने उद्देश्यले नमूना मतदानहरु सम्पन्न भैसकेको र दैलेख सदरमुकाममा रहेका सचेत मतदाता, बृद्ध र अन्य सवैको उपस्थिती गराई नमूना मतदान गरिएको हो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com