Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

कसरी बिते उम्मेदवारका प्रचारका दिनहरु साझा मुद्धाहरुपनि एउटै जित्ने दावी पनि उत्तिकै

         दैलेख धमाका संवाददाता मंसिर १६ ||   57 Views   ||   Published Date : 4th December 2017 |

मंसिर २१ को निर्वाचनमा आफ्नो पक्षमा पल्लाभारी बनाउने योजनाका साथ निकै मेहनत गरेका जिल्लाका सबै क्षेत्रका उम्मेदवाहरु आफुहरुको विजय पक्का भएको प्रतिक्रिया दिदै चुनावी प्रचारमा आज राती १२ बजेसम्म व्यस्त हुने देखिएको छ । दिन सकिदै गर्दा प्रतिपक्षि उम्मेदवारहरुका संभावित क्षेत्रहरु भत्काउने कसरत पनि निकै बढेको छ । सबै उम्मेदवारहरुका जिल्ला संवृद्ध बनाउने साझा एजेण्डाहरु एउटै प्रकारका देखिएका छन् ।

(सामाजिक संजालबाट) आजको अंकमा तस्विर सहित उम्मेदवारको संक्षिप्त भनाई ।)

निर्वाचन क्षेत्र नं. १ दैलेख प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार
रविन्द्रराज शर्मा (वाम गठबन्धन)
३० वर्षदेखि राजनीतिमा सक्रिए छु, जनताले रविन्द्र शर्मालाई चिनेका छन् । वाम गठबन्धन मतले पनि अगाडी छ हामीसँग स्पष्ट योजना छ ।

निर्वाचन क्षेत्र नं. १ दैलेख प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार
दिपक कुमार शाही (लोकतान्त्रिक गठबन्धन)
लामो समयदेखि राजनीतिमा सक्रिए छु, युवाहरुको जनभावना बुझेर समग्र दैलेखको विकासका लागि लाग्ने सोच बनाएको छु माहोल राम्रो छ ।

निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेशभा सदस्य पदका उम्मेदवार
अमरबहादुर थापा (वाम गठबन्धन)
सांसद हुँदा दैलेखको विकासका लागि निकै प्रभावकारी कार्यक्रमहरु लागु गरेको छु त्यसलाई थप प्रभावकारी सँगै कार्यान्वयन गर्दै दैलेखको संबृद्धिका लागि मेरो उम्मेदवारी हो ।

निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेशसभा सदस्य पदका उम्मेदवार
जगतजंग थापा (लोकतान्त्रिक गठबन्धन)
लामो राजनीति अनुभव छ । जिल्लाका जनताको भावना बुझेर काम गर्ने योजना छ । दैलेखलाई अव कुरामा मात्र नभएर काममा देखाउनुपर्ने भएकोले मेरो उम्मेदवारी हो ।

निर्वाचन क्षेत्र नं. १ (क) प्रदेशभा सदस्य पदका उम्मेदवार
कृष्णकुमार वि.सी (लोकतान्त्रिक गठबन्धन)
जनताको माझमा भिजेको छु लामो राजनीति अनुभव छ । दैलेखलाई नीतिगत रुपमा विकासको मार्गमा पु¥याउनका लागि पनि लोकतान्त्रिक गठबन्धनको जित अनिवार्य छ ।

निर्वाचन क्षेत्र नं. १ (क) प्रदेशभा सदस्य पदका उम्मेदवार
धर्मराज रेग्मी (वाम गठबन्धन)
लामो राजनीति सँगै कानुनी अनुभव छ । दैलेखलाई, कृषि, पर्यटन, सडक पूर्वाधार लगायतका विकाससँग जोडेर ६ नं. प्रदेशको महत्वपूर्ण जिल्ला बनाउने योजना छ । वाम गठबन्धन सबै ठाउँमा पहिलो हुन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com