Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

मुखमै आएको निर्वाचन र दैलेखको विकासे एजेण्डा

         ||   37 Views   ||   Published Date : 4th December 2017 |

दैलेखका गाउँ केन्द्रित चुनावी सभाहरु मात्र हैनन् सदरमुकाम केन्द्रित चुनावी सभाहरुमा जिल्लाका सबै स्थानहरुको विकास गरेर दैलेख साँच्चै पर्यटकिय क्षेत्र बन्छ कि जस्तो गरि भाषणहरु सुन्न पाईएको छ । कतै केवुल कारको हल्ला चलेको छ त कतै दैलेखको खानी उत्खनन्को कुरा चलेको छ । जनताहरु पनि निकै आशावादी देखिएका छन् यो निर्वाचन पछि देशमा स्थिर सरकार हुने छ र विकासका बिभिन्न योजनाहरु चरणबद्ध रुपमा बन्दै जानेछन् ।
दैलेख २२ से र २४ राज्यकालमा पनि शक्तिसाली जिल्ला हो तर पछिल्ला केही वर्षहरुमा नेतृत्वको पहुँच नपुगेकै कारण दैलेख सदरमुकाम छोएर जानुपर्ने महत्वपूर्ण योजनाहरु अन्यत्रै मोडिएका छन् । संघीयता पछिको दैलेखको पनि राम्रो र सुन्दर भविष्य बन्ने संभावना छ । बिभिन्न समयमा जिल्लाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले जिल्लाको विकासको खाका निर्माण नगरेका होईनन् तर सरकार संचालनमा देखिएको नौ महिने प्रवृतीले कतिपय योजनाहरु दिगोरुपमा संचालन गर्न समस्या पक्कै भएको हो अव प्रदेश सरकारमा दैलेखले निकै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ । जिल्लाको विकासका लागि धेरै विकासे एजेण्डाहरु तेर्साउनुभन्दा पाँच वर्षमा गर्न सकिने ठोस योजनाहरु ल्याई जिल्लाको बिकासमा लाग्नुपर्ने देखिन्छ। जितेर जाने उम्मेदवार मात्र हैनन् निर्वाचनमा पराजय भोग्ने उम्मेदवारहरुले पनि जिल्लाको ठोस विकासमा चासो र चिन्ता उत्तिकै राख्नेगरि अहिलेदेखिनै योजना बनाउनुपर्ने आवश्यकता हो । राम्रो विकासको योजनालाई फलानाको पालाको भनेर सम्पन्न हुन नदिने प्रवृती सबैले त्याग्नु पर्दछ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com