Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

देश विदेशमा चर्चा बहु प्रतिभाका धनि जि.सी को नक्कली मोरीलाई‘ म्युजिक भिडियो सार्वजनिक

         ||   53 Views   ||   Published Date : 3rd December 2017 |

पुजा भण्डारी
मंसिर १५, दैलेख
दैलेखी माटोमा जन्मिएका गायक लोकेन्द्र जि.सी नेपाली लोक गीत क्षेत्रमा धेरै चर्चित नाम हो । उनले बजारमा ल्याएका धेरै गितहरुले श्रोताको मन जित्न सफल भएका छन् । संगितको क्षेत्रमा जम्दै आएका चर्चीत गायक, रचनाकार संगितकार, मोडल, निर्देशक लोकेन्द्र जि.सी. कुमारको विशेष गरि युवा पुस्ताको चाहाना अनुरुप डिजे दोहोरी गीत तिमी जस्ती नक्कली मोरीलाई‘गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । बहुप्रतिभाशाली कलाकार लोकेन्द्र जी. सि. कुमार र चर्चित गायिका टिका पुनको स्वर रहेको उक्त गितमा लोकेन्द्र जि.सी. कुमारकै संगित रहेको छ भने शब्द सुरेश रानामगर, अभिनय याम थापा र करिष्मा ढकाल,ले गरेका छन् ।

निर्देशन गोविन्द राई, बरिष्ठ छाँयाकार मधुर बस्नेतका चेला सुजन दाहालले उक्त भिडियो छाँयांकन गरेका हुन । उक्त भिडियोलाई याक इन्टरटेन्टमेन्ट प्रा.लि.ले बजारमा ल्याएको हो । भर्खरै मात्रै बजारमा आएको नक्कली मोरीलाई बोलको गितले छोटो समयमै दर्शक श्रोताहरुको मन जित्न सफल भएको छ । संगसंगै उनको नयाँ टप्पा गितको अडियो सार्वजनिक भइसकेको छ भने उक्त टप्पा गितको म्युजिक भिडियो आम दर्शकहरुको माझमा छिट्टै ल्याउने कलाकार लोकेन्द्र जि.सी. कुमारले जानकारी दिएका छन् । कलाकार लोकेन्द्र जि.सी कुमारकै लय÷शव्दमा रहेका नयाँ गितहरु बजारमा आउने तयारीमा छन् । उनले पाँच दर्जन भन्दा वढि स्टेज शोमा आफ्नो दमदार प्रस्तुती दिइसकेका छन् । भने विभिन्न स्टेज शोहरुमा दर्शकहरुको उनिप्र्रित निकै क्रेज रहेको छ । झण्डै १० दर्जन गीतहरु बजारमा ल्याइसकेका लोकेन्द्र जि.सी. कुमारले ३ दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय गरिसकेका छन् । उनले पछिल्लो चरणमा म्युजिक भिडियो निर्देशन समेत गरिसकेका छन् दैलेख जिल्लामा जन्मिएका कलाकार लोकेन्द्र जि.सी. कुमार पेशाले शिक्षक भएपनि नेपाली लोक गित संगितको माध्ययमबाट जिल्ला लाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्रािष्ट्रय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पु¥याएको बताउछन । उनका थुप्रै गितहरुले चर्चा कमाउन सफल भएका छन् । दर्शक श्रोताहरुको मायाको कारणले यो क्षेत्रमा अगाडी बढ्न थप हौसला मिलेको कुमारले बताएका हुन् । उनको कलाकारिता क्षेत्रबाट दैलेखको पहिचान गराउनमा समेत महत्वपूर्ण भूमिका खेलेको देखिन्छ यसरी आफ्नो जिल्लालाई राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय स्तरमा परिचित गराउन अहोरात्र खटिएका बहुप्रतिभाशाली कलाकारलाई जिल्लाबासीले थप हौसला प्रदान गर्नुपर्ने देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com