होटलमा सेमिनार गर्दैमा रोकिन्न महिला हिंसा दैलेखमा महिला तथा बालबालिकाको क्षेत्रमा लगानी बालुवामा पानी
पुजा भण्डारी
महिला हिंसा र बाल विवाह विरुद्ध जति सुकै अभियान चलाए पनि बालुवामा पानी हाले जस्तै भाएको छ । दैलेखका अधिकाँस क्षेत्रमा बालविवाह र महिला हिंसाका घटना हुने गरेका छन । नेपालमा महिलाहरुलाई विशेष अधिकार प्रदान गरिएको भएता पनि दैलेखका अधिकाँस दूर दराजका महिला घरेलु हिंसा बालविवाह छाउपडी प्रथा लगायतका पीडाबाट अछुत नभएको देखिन्छ । सरकारले अधिकार प्रदान गरे पनि दैलेखका अधिकाँस भेगमा बालविवाह र महिला हिंसा भइरहेका छन । महिला हिंसा र बालबालिका विरुद्ध काम गर्ने जति सुकै संघ सस्थाहरु भए पनि ति संस्थाहरुको लगानी खेर गइरहेको छ । श्रीमानले बहुविवाह गरेर अघिल्ली श्रीमती तथा सन्तान प्रतिको जिम्मेवारी पूरा नगर्ने र कतिपय अवस्थामा घरबाट निकालिदिने अवस्थाका साथै महिलाहरू वैवाहिक बलात्कारबाट पनि उत्तिकै सताइएका छन् ।
त्यस्तै सामाजिक तहमा हुने विभिन्न खालका हिंसाबाट पनि महिलाहरू उत्तिकै पीडित हुने गरेका छन् । कामकाजमा रहेका महिलाविरुद्ध विभिन्न किसिमका टिप्पणी गरेर गरिने चरित्र हत्या, सार्वजनिक स्थल तथा सवारी साधनहरूमा दुव्र्यवहार एवं अपशब्दहरूको प्रयोग, काम गर्ने ठाउँमा हुने हिंसाजन्य व्यवहार व्यापक रूपमा हुने भए पनि सामाजिक तहमा भने यस्ता घटनालाई सामान्य ढंगले मात्र हेर्ने गरिएको छ । पितृसतात्मक सोचमा आधारित सामाजिक मूल्य मान्यता तथा सतियौदेखि चलि आएको महिला प्रतिको भेदभाव पूर्ण व्याबहार नेपाली समाजको यथार्थ हो । लैंगिक भेदभावले शोषण र हिंसाका घटनालाई मलजल गर्न मद्दत गरेको हुन सक्छ भने महिलाको अबस्थालाई अग्रामी असर पु¥याएको देखिन्छ । यसले महिलाको आर्थिक सामाजिक तथा राजनैतिक अवस्थालाई समेत कमजोर बनाउछ । समातामुलक दिगो राष्ट्रिय विकासका लागि पुरुष सरह महिलाहरुको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य रहन्छ । महिला भएको कारणबाट खण्डित वा बन्चित गरिएका आधारको खोजी अनि प्रतिस्थापनाको लागि गरिने व्यावस्था र मानव को रुपमा पाउनु पर्ने महिलाको अधिकार निश्चित रुपमा अलग बिषय नभई मानव अधिकार कै बिषय बस्तु हुन । मानव अधिकारको बिषयलाई सामान्यीकरण गरेर वा व्यावहार गरिदा कतिपय अवस्थामा जैविक भिन्नता भएको कारण महिलाले उपयोग गर्न पाउने अधिकार कटौती हुने देखिन्छ । समाजको सन्तुलित विकासका लागि महिलाका क्षमताका पहिचान र त्यसको उपयोगिता आजको अपरिहार्यता हो । भन्ने गरिएको पाईदैन । भने महिला विरुद्ध भएका हिंसाको श्रृङखला अझै पनि थोरै छैन । २१ आंै सताब्दी मा पनि महिलाहरुको पहुँच र केहि सुधार भने आएको छ । तर सुधार नगरपालिकामा केन्द्रित छ । दुर्गम स्थानहरुमा महिलाको हिंसा बढ्दो क्रममा देखिन्छ । दूर दराजका क्षेत्रहरुको कुरा गर्ने हो भने बालविवाह छाउपडी प्रथा उत्तिकै मात्रा मा बिभेदका रुपमा देखिन्छन् महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने एनजिओ आइएनजिओ हरुले काहाँ र के काम गरि रहेका छन । भन्ने प्रश्न उठि रहेको छ । यी संघ संस्थाहरुले बालविवाह र घरेलु हिंसा विरुद्ध करोडौँ रुपैयाँ खर्च त गरिरहेका छन । तर यो पैसा कहाँ र कसरी खर्च गरिएको छ । भन्ने कुरा ति दूरदराजका पीडित महिला तथा बालबालिकालाई केहि जानकारी नभएको पाइन्छ । बालबिबाह,बहुबिबाह, देहब्यापार चेलिबेटी बेचबिखन, बोक्सी, को आरोप, छउपडि प्रथा ले अझै पनि समाज ग्रसित छ । हरेक हिंसाले महिलालाई मानसिक वा सनरिरीक तनाब प्रत्यक्ष वा अप्रत्यक्ष रुपान दिई रहेको देखिन्छ । मानव अधिकारकर्मी अनि महिला अधिकारकर्मी अनि विभिन्न एनजिओ आइएनजिओ हरुको महिला हिंसा विरुद्ध विभिन्न कार्यक्रमहरु ल्ययतापनि अधिक कार्यक्रमहरु नगरपालिका मुखि भैदिनाले अनि भाषण मुखि भैदिनाले दुर्गम बस्तीका महिलाहरुमा न जीवन शैली परिवर्तन देखिन्छ न यति सम्म उनिहरु आधारभूत शिक्षा र आधारभूत स्वास्थ्य सुविधा बाट नै बन्चित देखिन्छन । आज भोली महिला हिंसा र बालबिबाहका उदारण खोज्न आज कुनै किताबहरु पल्टाइ रहनु जरुरी र आवश्यकता देखिदैन । यति भै रहदा पनि करोडौ लागानी गर्ने संघ संस्थाहरु कहाँ र कसरी लगानी गरिरहेका छन भन्ने कुरा उठाउन जरुरी देखिन्छ । नगरपालिका मुखि महिला हिंसा बालबिबाह छाउपडी प्रथा, बोक्सी प्रथा, सम्बन्धित जिल्लाका ठुला ठुला होटलका हलहरुमा गोष्ठी बालविवाह सम्बन्धि कार्यक्रमहरु थुप्रै हुने गरेको पाइन्छ । यसो गर्दा गाउँ बस्ती दूर दराजमा भएका बालविवाह कसरी रोक थाम होलान् । यो कुरा सबैले मनन गर्नु पर्ने देखिन्छ । जिल्लामा महिला हिंसा बालविवाह विरुद्ध जति सुकै भाषण भएता पनि राजवितिक,पेसा, यातायात वा स्वयम् घरमानै किन नहोस महिलाहरु शारीरिक वा मानसिक दबाबमा परेको थुपै्र उदारणहरु जिवित छन् । अहिले भयनाक रुपमा छाउपडी प्रथा, अति क्रुर महिला हिंसा हो । जसलाई राज्यले प्रभावकारी नीति ल्याएर तत्काल रोक्नु पर्छ । यातायात, स्वास्थ्य, र शिक्षामा समाजले निकै फड्को मारेता पनि दुर्गम गाउँमा बसोबास गर्ने महिलाहरुले भने समाज परिवर्तनको न्यून अनुभूति गरिहेका छन । आधा आकाश ओगट्ने महिला भएता पनि विभिन्न अधिकारबाट महिलाहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बन्चित हुनु परेको जग जाहेरै छ राज्य को संरचनाले नै महिलाहरुको सहि र न्यापूर्ण प्रतिनिधित्व गराउन सकेको छैन । भर्खरै २० वर्ष पछि सम्पन्न भएको स्थानीय चुनाब सम्पन्न भएको १०० दिन पुगि सक्दा पनि निर्वाचित जनप्रतिनिधि महिला हिंसा र बालविवाह विरुद्धका धेरै कुरा गरे पनि अहिले सम्म दुर्गम ठाउँहरुमा भने कतिपय महिलाहरुको बिकारल अवस्था र किशोरीहरुको सानै उमेरमा विवाह हुने गरेको पाइएको छ । जब सम्म स्थानीय स्तरमा महिला तथा बालविवाह हिंसाका विरुद्ध कानुन बन्दैन वा बनेका कानुन लागु हँदैन तब सम्म महिलाहरुलाई न्याय र मुक्ति मिल्दैन । सानो कुरामा पनि ठूलो तनाब झेल्नु परेका बालबिबाह किशोरीहरु र महिलाहरुलाई दुर्गम ठाउँमा झन आधारभूत शिक्षाको पहुँच समेत पाउन नसकेको थुप्रै उदारणहर छन । जब सम्म महिलाले आधारभूत शिक्षा पाउन असक्षम हुन्छन । तब सम्म महिला हिंसा र कुरिति दिन दिनै बढ्दै जाने देखिन्छ । हाम्रो समाजमा यदा कता पढ्दा पढ्दै बल जर्वजस्ती छोरिको विवाह गरिदिने अजै कति परिवारमा त छोरीलाई ठूलो बोझको रुपमा लिने अनि विवाह गरेर चाडै दिए पछि ठूलो समस्याको समाधान भएको महशुस गर्ने परिबार पनि यताकदा भेट्न सकिन्छ । छोरिले अक्षर मात्र चिने हुन्छ भन्ने मानसिकता पनि नभएको होइन । जुनकुराले शिक्षामा ठूलो अवरोध खडा गर्दछ । शहर बजारमा महिलाहरु साक्षर अलि माथी देखिन्छ । जसले गर्दा उनिहरुमा आत्म बल, आत्म बिश्वास, अनि आत्मनिर्भर दूर दराजको भन्दा अलि माथि देखिन्छन् । यसो त शहर बजारका महिलाहरु घरेलु हिंसा बालविवाहबाट अछुत त छैनन् । देशका केहि जिल्लाहरु भन्दा अशिक्षा, अज्ञानताका कारण आफुले भोगेका पिडाहरु पनि बाहिर प्रस्फुटन नगरी भित्र भित्र लुकाउन बाध्य छन । कुनै पनि धर्मले महिला प्रति भेलभाव गरेको तथ्य उल्लेख गरेको पाइदैन तर यहाँ धर्मको गलत व्याख्या गरि महिलाहरु प्रति भेदभावपूर्ण ब्यावहार बर्षाै देखि चलिआएको पाइन्छ । दैलेख जस्तो पहाडी जिल्लामा महिला माथिको विभेद र अपराधिक घटना दिनदिनै बढिरहेका पाइन्छ । महिला हिंसा विरुद्ध यति ठूलो जनचेतना फैलाउने प्रयास हुँदा हुँदै पनि नगरपालिकामा समेत बालविवाह महिला हिंसाका घटना हँुदै आएको अवस्था साच्चै लज्जास्पद हो । प्राय जसो ग्रामिण क्षेत्रमा विभेद हुनु गरेका छन । यसका लागि हाम्रो परम्परागत गलत संस्कृतिले पनि जग गाडेको छ भने अर्को तर्फ आधुनिककरणको नाममा पाश्चात्य छाडा संस्कृतिले पनि काम गरेको छ । हुन त समाजमा महिला माथि हुने विभेद हिंसा नयाँ कुरा होइन । यस कुरिती लाई अन्त्य गर्नका लागि विभिन्न अभियान चलाएका एनजिओ आइएजिओ र मानव अधिकारकर्मी, एक जुट भएर लाग्नु पर्छ