Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

किन चाहिन्छ स्थायी सरकार

         ||   53 Views   ||   Published Date : 30th November 2017 |

कविराज विसी
२०६४ साल चैत २८ गते पहिलो पटक संविधानसभाको निर्वाचन भयो । गणतन्त्रका नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री तत्कालिन नेकपा माओवादी अध्यक्ष पष्पकमल दाहाल प्रचण्ड भए । २०६५ भदौं २ गते बहुमतले निर्वाचित भएका प्रचण्डले पहिलो पटक जनताको नाममा सपथ खाएका थिए । सिंहदरबार पुगेर कुर्सी सम्हाले लगत्तै उनले संविधान जारी गर्ने र जनताका आधारभूत आवश्यकता पुर्ति गर्ने बताएका थिए । कटवाल प्रकरणको प्रपञ्च रच्दै प्रचण्ड सरकारलाई ९ महिना मै सत्ताबाट बाहिरिनु पर्यो । संसदिय पद्धतीलाई पछ्याउंदैे प्रचण्ड सरकारलाई २८० दिनमै पूर्णविराम लाग्योे गणतन्त्र नेपालको स्थापना भएपछि पनि मुलुकमा अस्थिरता ल्याउने सुरुवात प्रचण्ड सरकारको विस्थापन कै दिनबाट सुरुभएको थियो । प्रचण्ड सरकार ढलेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल २०६६ जेठ ११ गते प्रधानमन्त्री बने । सबैभन्दा लामो समयसम्म कामचलाउ प्रधानमन्त्री बनेका नेपाल ६२२ दिन पदमा रहे । गणतन्त्रपछिको दोस्रो सरकार पनि घोषित लक्ष्य हासिल नगरि ढल्यो । त्यसपछि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल २०६७ सालमा माघ २३ गते प्रधानमन्त्री बने । प्रधानमन्त्री भएको २०४ दिनपछि खनाल प्रधानमन्त्रीबाट पदमुक्त भए । भलनाथ सरकारको अन्त्यसंगै तत्कालिन एकीकृत माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई २०६७ साल भदौं ११ गते प्रधानमन्त्री बने । ५६३ दिन प्रधानमन्त्री भएका भट्टराईपछि भने मुलुकको शासन सत्ता राजनीतिमा नभई न्यायलयले सम्हाल्ने परिस्थिति आयो । दलहरुको अस्थिर चलखेलकै कारण सर्वोच्च अदालतका प्रधानन्यायधीश पदमा बहाल रहेका खिलराज रेग्मीलाई अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षता गर्ने भाग्य खुल्यो । दलहरुले रेग्मीलाई मुलुक हाक्ने जिम्मा दिए । पहिलो संविधानसभा भंग भएको र राजनीतिक संक्रमणकाल भएको समयमा २०६९ चैत १ गते रेग्मी सरकार प्रमुख भए । दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गरी रेग्मीले ३३४ दिनमा दललाई नै सत्ता हस्तान्तरण गरे दलहरुले स्थिर सरकार किन चलाउन सकेनन् त ?
संविधानसभाले संविधान जारी गर्ने र मुलुकको नयां संरचनाको नयां बाटो कोर्ने जिम्मेवारीसहित नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइराला २०७० माघ २८ गते प्रधानमन्त्री बने । निर्वाचित जनताका प्रतिनिधीहरुले एकातिर संविधान लेखीरहंदा अर्कोतिर कोईराला सरकार कसरी ढाल्ने भन्ने खेल पनि संगसंगै चलिरहेको थियो । तर, २०७२ सालको विनासकारी भूकम्पले दललाई एकै थलोमा आउन बाध्य बनायो र संविधान जारि हुने अवसर मिल्यो । कोइरालाले ६ सय ८ दिन सरकार चलाएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली २०७२ साल असोज २४ गते प्रधानमन्त्री बने । ओली प्रधानमन्त्री भएको समयमा भारतीय नाकाबन्दी र मधेशमा आन्दोलन निकै उत्कर्षमा पुगेको थियो । यस्तो अवस्थामा ओली मुलुक सञ्चालनको निकै महत्वपूर्ण अग्निपरीक्षाको कसीमा उत्रिएका थिए । विगतकै इतिहास दोहो¥याउंदै ९ महिना सरकार चलाए लगत्तै ओली सरकारको पनि अवसान भयो र फेरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बने । प्रचण्डले २०७३ साउन २० गते पदभार ग्रहण गरे । शेरबहादुर देउवा २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्री भएका छन् । माओवादी केन्द्रसंग समिकरण गर्दै सरकारको नेतृत्व गरेका देउवालाई माओवादी केन्द्रको समर्थन कायम् रहेपनि देउवाले भने माओवादी समर्थन आवश्यक नभएको संकेत यस अघि नै दिईसकेका छन् । यसरी अस्थिर सरकारको निर्माण हुने प्रचलनले नेपालको दिगो विकास अवरुद्ध भएको मात्र छैन, सरकार र सरकार संचालन गर्ने दलका नेताहरुसंग मिलोमतो गरि भ्रष्टाचार गर्ने प्रवृति पनि बढेको छ । स्थिर सरकारको नारासहित वामपन्थी दलहरुले गरेको चुनानी समिकरणले दिगो सरकार दिन सक्ला त ? यतिबेला सबैको प्रतिक्षाको बिषय बनेको छ । अस्थिर सरकारका कारण आन्तरिक विकासका गतिविधि मात्र सिथिल बनेका छैनन, अन्तर्राष्ट्रिय दातृ निकायले नेपाललाई गर्दै गरेको सहयोगमा पनि गम्भिर असर पुगेको छ । दातृ निकायले सहयोग पूर्व सोध्ने एउटै प्रश्न बनेको छ, नेपालमा स्थिर सरकार कहिले आउंछ ? जसरी ४६ पछिको प्रजातन्त्रमा अस्थिरताका कारण जनतामा निरासा छायो र जनयुद्धको जन्म भयो त्यसरी नै नेपाली राजनीतिमा गणतन्त्र पछिको अस्थिरताले जनतामा निरासा छाएको वास्तविकता हो । पछिल्लो समय राजनीतिमा जसरी ध्रुविकरण देखिएको छ त्यसबाट दलहरुमा अस्थिरताको अन्त्यका लागि केहि चेत खुलेरै होला । विशेषगरि बाम गठबन्धनले दिर्घकालीन आर्थिक एजेण्डासहित स्थिर सरकारको नारा दिएर बनाएको घोषणापत्रले जनतमा केहि आशाका किरण भने देखिएका छन् । प्रमुख बाम दलहरुले गठबन्धन गरि स्थायी सरकारको नारा दिएपछि राजनीतिमा कांग्रेसले पनि लोकतान्त्रीक गठबन्धनको नारा दिन सुरु गरेको छ यी दलहरुले जुनसुकै बहानामा गठबन्धन बनाएपनि यो गठबन्धनले मुलुकमा २ धु्रव खडा हुने र जसले निर्वाचनमा बाजी मारेपनि स्थिर सरकार बन्ने आशा गर्न सकिन्छ । वर्षौदेखि संसदीय अभ्यास गरिरहेका दलबाट भोलिका दिनहरुमा स्थायीत्व दिन्छन् त भन्ने आशंका जनमास अहिले पनि छ । तर बाम गठबन्धनले स्थायी सरकार दिने भएकाले गठबन्धन प्रति आशंका नगर्न युवा नेताको आग्रह छ । नेपाली राजनीतिमा अस्थिरताका धेरै कारण हुन सक्छन्, तर जबसम्म आफैमा आत्मनिर्णय गर्ने हिम्मत दलहरुले राख्दैनन् त्यतिबेलासम्म अस्थिरताका लागि प्रयत्न गर्नेहरु सधै असफल हुने निश्चित नै छ । नारामा राष्ट्रिय स्वाधिनता र राष्ट्रिय गौरवलाई प्रमुखता दिएपनि अन्ततः नेपालका बाम दलहरु पनि कतै न कतैबाट संचालित हुने आरोप पनि लाग्ने गरेको छ । घोषणापत्रमा प्रतिवद्धता गरिएजस्तै बाम गठबन्धनको एकता कसरी कायम हुन सक्छ त ? नेकपा एमालेका नेता बिष्णु रिमाल पहिले–पहिले निर्वाचनका लागि मात्र समिकरण हुने गरेकोमा यसपटक पार्टी एकताका लागि गठबन्धन बनेकाले गठबन्धन पनि नटुटी स्थिर सरकार निर्माणका केन्द्रित हुने दाबी छ । समयसीमा नपुग्दै सरकार परिवर्तनका समाचार पढेर दिक्क भएका नेपालीहरुलाई बाम गठबन्धनले भने जस्तै गरि एकता र स्थिरता कायम हुन सके मुलुकमा आर्थिक विकास र समृद्धिको बाटो नजिकै हुने छ । जनतामा बढ्दै गएको निरासा पनि विस्तारै हटेर मुलुक रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता प्रगति भई पूर्वाधार निर्माणमा टेवा पुग्ने छ ।
२००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछि यति लामो समय बितिसक्दा पनि कम्युनिष्टहरुले कुनै प्रकारको परिवर्तन ल्याउन नसकिरहेको आरोप लाग्ने गर्छ । निर्वाचनमा भएको तालमेल र बाम एकताले नेपाली राजनीतिक इतिहासमा नया परिवर्तन ल्याउने संकेतको रुपमा बुझ्न सकिन्छ बिभिन्न मुलुकमा भएका परिवर्तनको देखासिकी गर्दै नेपालका कम्युनिष्टहरु एक हुनुको विकल्प नभएको देखिन्छ यतिबेला । पछिल्लो समय स्थिर सरकार नभएकै कारण भ्रष्टाचार बढेको र बिकास निर्माण, आर्थिक समृद्धिका मुद्दाहरु ओझेलमा परेका अधिवक्ता तथा बिश्लेषक गोबिन्द बन्दी बताउँछन् । उनले स्थिर सरकार निर्माण भएमा मात्र विकासले गति लिने भएकाले अहिले निर्माण भएको गठबन्धन मुलुकको हितमा हुने तर्क गर्छन । जालझेलबिना निस्वार्थ रुपमा सबै कम्यूनिष्टहरु एकताको शुत्रमा बाँधिए मात्रै देशमा परिवर्तन सम्भब छ । गठबन्धनपछिको सरकारले देशमा पक्कै पनि विकासका लहर ल्याउने आशा गर्न सकिन्छ । एकतामा नै बल हो भन्ने उक्तिलाई बाम एकताले बाम विचारको समर्थनमा ६२ प्रतिशत मतदाता भएको नेपाली जनतामा आशा पलाएको हुनुपर्छ । नेपाली जनताको चाहाना भनेको देशमा स्थायी शान्ति हत्या, हिंसा,अराजकताको अन्त्यसहितको विकसित नेपाल निमार्ण हुने छ । जहाँ स्वास्थ्य, शिक्षा, रोजगारको ग्यारेन्टि होस् । सरकार जसले बनाएपनि नेपालमा स्थायी सरकार बन्न सकेमात्र श्रमिक वर्गले श्रम गरेर खान सक्ने वातवरण निर्माण हुने पक्षमा आम नागरिक उभिएका छन् दलहरुले स्थायी सरकारको प्रतिबद्धतासहित जारी घोषणापत्रले पनि स्थायी सरकार बनाउने र मुलुकलाई आर्थिक समृद्दीमा लैजाने बिषयलाई प्राथमिकतामा राखेका छन् । घोषणापत्रमा उल्लेख भएको बिषय कार्यान्वयन गर्न पनि स्थायी सरकार भने अवश्यक भएको बिश्लेषक अधिवक्ता गोबिन्द बन्दीको भनाई छ । देशमा उद्योग धन्दा कलकारखानाहरु खोल्दै वैदेशिक रोजगारिमा जान विवस दक्ष जनशक्तिले आफ्नै देशमा राजिरोटीको व्यवस्था हुने राज्य व्यवस्था सञ्चालन हुनु अहिलेको आवश्यकता हो । यी सबै विकासमा पूर्वाधारको दिगो व्यवस्थापन र निर्माणका लागि मुलुकमा नागरिकको चाहाना बमोजिम सत्ता हाक्ने शक्तिको निरन्तर खाँचो परेको छ । नेपाल निमार्ण भएका सम्पूर्ण सरकारहरु आफ्नो हनिमुन मनाउन नपाउदै कुर्चि छोड्नु पर्ने बाध्यताले नै नेपालमा विकासका गति पाउन नसकेको हो वास्तविकता हो । त्यसैले अब प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि निर्माण हुने सरकारलाई पूर्ण कार्यकालसम्म काम गर्न दिन स्वयम् दलहरुले सोच्नुपर्छ । कुन दलको नेतृत्वमा सरकार निर्माण हुन्छ भन्ने भन्दापनि कसले कस्तो काम ग¥यो भन्नेमा आम दलदेखि नागरिकसम्मले ध्यान दिनु आवश्यक छ । हालसालै मात्र नेपालमा कम्युनिष्ट पार्टीहरुबीच बाम तालमेल र एकता सुरु भएको पनि स्थायी सरकार र मुलुक विकासमा अघि बढेको सकेतको रुपमा लिन सकिन्छ । एबीसी रिपोर्टर कविराज विसी, काठमाडांै ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com