Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

दुर्घटना न्यूनिकरण गर्न सरकार, ड्राईभर र मालिक सवैको दायित्व बरावर

         ||   71 Views   ||   Published Date : 14th November 2017 |

दुर्घटना सानो तर मानवीय क्षती धेरै भएका दुईवटा दुर्घटनाबाट अव स्थानीय प्रशासन, निर्वाचित जनप्रतिनिधिहरु, नेता, सवारी चालक र सवारी धनिहरुले धेरै कुराको ख्याल गर्नुपर्ने देखिएको छ ।
साँगुरो सडकमा तीव्र गतिमा गाडी चलाउने, गाडी तीव्र गतिमा भएकै बेला देखाउनका लागि भएपनि फोन गर्ने, गाडी चलाउनु अघि बे्रकको अवस्था र गाडीको अवस्था कस्तो छ भनेर कुनै ख्याल नगर्ने सवारी चालकहरुको ठूलो कमजोरीका कारण दुर्घटनाहरु धेरै हुने गरेका छन् ।
अर्कोतर्फ सवारी धनीले सवारी साधन खरिद गरेपछि त्यसको सुरक्षा भन्दा पनि कसरी धेरै रकम कमाउन सकिन्छ भनेर मात्र सोच गर्नु, सवारी चलाउने व्यक्ति कस्तो अवस्थाको हो भनेर मुल्याँकननै नगरि जसले कम पैसामा काम गर्छ उसैलाई जिम्मेवारी दिने प्रचलन बढेका कारण पनि दुर्घटनाहरु धेरै हुने गरेका छन् । सवारी चलाउनुपुर्व चालकको अवस्था कस्तो छ भनेर एकपट सवारी धनिले ख्यालगर्नुपर्ने देखिन्छ ।
अर्कोतर्फ सडक सुरक्षा र सडकको भौतिक पुर्वाधार बिकास गर्ने जिम्मेवारी लिएको नेपाल सरकार, स्थानीय सरकार र त्यसलाई निर्देशन गर्ने जिम्मा लिएका स्थानीय राजनीतिक कर्मीहरुले पनि यस्ता बिषयहरुमा चासो नदिने प्रचलनका कारण पनि समस्याहरु बेला बेलामा आइरहने गरेका छन् । सडक दुर्घटना न्यूनिकरणका लागि जिम्मेवारी बोकेका सवै निकायहरु थप जिम्मेवार बन्नु अहिलेको आवश्यता हो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com