Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

माथिल्लो कर्णाली आयोजना अझै अन्यौलमा म्याद थप्दै सरकार

         ||   19 Views   ||   Published Date : 14th November 2017 |

धमाका संवाददाता
कात्र्तिक २७, दैलेख
निकै सस्तो आयोजना मानिएको माथिल्लो कर्णाली आयोजना अँझै अन्यौलमा पर्ने देखिएको प्रति स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन् ।  निर्माणको आधा चरण पार गरिसक्नुपर्ने बेलामा आयोजना लगानीको सुनिश्चितता नभएपछि आयोजना बन्ने वा नबन्ने बारेमा स्थानीयहरु चिन्तित बनेका हुन् ।  निर्माणको जिम्मा लिएको जिएमआर कम्पनीको ढिलाइले पनि आयोजना बन्न नसक्नुको कारण बनेको स्थानीयको आरोप छ । अर्कोतर्फ जिल्लामा रहेका साना दलहरुले बिगतदेखि नै आयोजनाको चर्को बिरोध गरेकै कारण थप समस्या उत्पन्न भएको छ ।  लगानी बोर्डले माथिल्लो कर्णाली आयोजनाको निर्माण कम्पनी जीएमआरलाई लगानी जुटाउने म्याद थप गरेको छ ।

बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतमा बसेको बैठकले ठूला परियोजना होल्ड गरिरहेका दुबै भारतीय कम्पनीलाई लगानी जुटाउन थप समय दिने निर्णय गरेको छ । बोर्डले जीएमआरलाई भने फाइनान्सियल क्लोजर गर्ने म्याद एक वर्ष थप गर्ने निर्णय भएको हो ।  मन्त्रिपरिषदले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेकै दिन लगानी बोर्डले समयमै लगानी जुटाउन नसकेका भारतीय कम्पनीलाई थप समय उपलब्ध गराउने निर्णय गरेको हो ।
जीएमआरको यसअघि ३ वर्ष समय थप गरिसकेको हो । वनको जग्गा प्राप्ती समयमै अघि नबढेको भन्दै यसले फाइनान्सियल क्लोजरको लागि थप समय चाहिने भन्दै बोर्डमा आवेदन दिएको थियो ।
बारम्वार कम्पनीले म्याद थपको बाहना गरेको र साना पार्टीहरुले गरेको बिरोध जस्ता अन्य बाहना खोज्दै काम गर्ने भन्दा पनि नदिको पानी कब्जा गर्ने रणनीति मात्रै रहेको राष्ट्रिय जनमोर्चा नेपाल दैलेख निकटका कार्यकर्ताहरुको आरोप रहेको छ ।
लगानी बोर्डका प्रवक्ता उत्तम भक्त वाग्लेका अनुसार अहिले सरकारले बनको जग्गा उपलब्ध गराइसकेको छ । गत अगष्टमा क्याबिनेटले बनको जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।’ यहि अनुसार वन विभागसँग रुख काट्नको लागि सम्झौता समेत भइसकेको छ ।
उनका अनुसार आयोजना स्थलको नजिकै रहेको निजी जग्गा प्राप्तीका लागि भने यसलाई अझै समस्या छ । यो समस्या सल्टाउनका लागि स्थानीयसँग छलफल भइरहेको वाग्ले बताउँछन् ।
जीएमआरले ३ सय मेगावाट बिजुली बिक्री गर्न हरियाणा सरकारसँग र ३ सयदेखि ५ सय मेगावाट विद्युत् विक्रीका लागि एनभीभीएन भारत र बंगलादेशसँग पनि समझदारी गरिसकेको छ ।
मुआब्जा र अन्य बिषयहरु समझदारीमा आईसकेको भएपनि पछिल्ला दिनहरुमा लगानीकर्तामा देखिएको समस्याका कारण माथिल्लो कर्णाली आयोजना अँझै बन्ने या नबन्ने बारे दैलेखका स्थानीयहरु भने अन्यौलमै देखिएका छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com