Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

वाम गठबन्धनको सभा सम्पन्न

         ||   12 Views   ||   Published Date : 14th November 2017 |


धमाका संवाददाता
कात्र्तिक २७, दैलेख
वाम गठबन्धनद्धारा आज दैलेखको महाबु गाउँपालिका ५ काशिकाँधको कोटडाँडामा चुनावी आमसभा सम्पन्न भएको छ । आमसभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलीटव्यूरो सदस्य एवं दैलेख क्षेत्र नम्बर १ का समानुपातिक उम्मेदवार कर्ण बहादुर बस्नेतले अहिले निर्माण गरिएको संविधान समाजवाद उन्मुख भएकोले पुरानो युगको अन्त्य र नयाँ युगको सुरुवात संगै समाजवादमा जानका लागि वामगठबन्धन गरिएको बताए ।

बस्नेतले अब अरु देशको नक्कल गरेर समाजवाद होईन हाम्रै देशको अनुकुलतामा समाजवादमा जाने बताए ।  कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी दैलेखका अध्यक्ष एवं दैलेख क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार रविन्द्रराज शर्माले कोटडाँडाको उपस्थिति हेर्दा वाम गठबन्धनले चुनाव जितीसकेको आभाष भएको बताए । क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार अम्मर बहादुर थापाले आफुहरुले निर्माण गरेको संविधान संसारकै सबैभन्दा उत्कृष्ट संविधान भएको दावी गर्दै यसलाई कार्यान्वयन गर्नकालागि वामगठबन्धनले चुनाव जित्नुपर्ने बताए । उनले बाम गठबन्धन कसैको बिरुद्धको गठबन्धन नभई यो देशका गरीव पिछडिएका बर्गको हक अधिकार स्थापना गर्नका लागि भएको बताए । 

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com